Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी) मा नेपालले कुनैपनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् । एसपीपी सम्झौताबारे भन्दै बाहिर आएको मस्यौदा नेपालको हितमा नरहेको रायमाझीको दाबी छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले यस्तो बताएका छन् । उनले अहिले नेपालका सबै दलहरु एसपीपी सम्झौता गर्न नहुने पक्षमा उभिएको पनि सुनाए । उनले भने–‘एसपीपीको ऐतिहासिक पृष्ठभूमिको बारेमा अझै प्रष्ट र यथार्थ बाहिर आईसकेको छैन । अमेरिकाको प्रस्ताव हो कि नेपालको आँफैले प्रस्ताव गरेको हो कि ? को–को त्यहाँ संलग्न थिए भन्ने यथार्थ विवरण आएको…

Read More

इनरुवा– सुनसरीको कोसी गाउँपालिका–१ की मुन्नी मरिक लामो समयदेखि बङ्गुरपालन गर्दै आएका छन् । उनीसँग उन्नत जातका बङ्गुर भने थिएनन् । मरिकले सोचेअनुसारको आम्दानी गर्न सकेका थिएनन् । बङ्गुरपालन गर्दा मरिकको अत्यधिक खर्च भएको छ । तर खर्चअनुसारको आम्दानी भने हुन सकेको छैन । ललिता मरिकको समस्या पनि मुन्नीको जस्तै छ । केही समय अघिसम्म बङ्गुरपालन गर्दा दाना, औषधि उपचार र स्याहारसुसारमा समय लाग्ने गरेकाले ललिता पाल्ने न पाल्ने भन्ने दोधारमा हुन्थे । पछिल्लो समय भने उन्नत जातको बङ्गुरपालनबाट सोचेकोभन्दा बढी आम्दानी हुने आशले उनी यसमा कम्मर कसेर लागेका छन् ।  त्यसैगरी कोसी गाउँपालिका–५ की महावती सदाले पनि बाख्रापालन गर्दै आएका थिए । कोसी कटान क्षेत्रमा अधिकांश खेत बगर रहेका कारणले सदाले स्थानीय जातको बाख्रापालन गर्दै आएका थिए । बाख्रापालन…

Read More

काठमाडौँ – राष्ट्रिय व्यापार संघले व्यवसायीका समस्या समाधान गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेको छ । सङ्घले आज यहाँ आयोजना गरेको काठमाडौँ महानगरपालिका–२२ र २४ का नवनिर्वाचित जनप्रतिनिधिलाई ‘बधाई तथा स्वागत कार्यक्रम’मा व्यवसायीहरूले व्यवसाय दर्तादेखि घर भाडामा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन् । कार्यक्रममा काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चीनकाजी महर्जनले न्यूरोड क्षेत्रमा देखिएका व्यवसायीको समस्या समाधान गर्न जनप्रतिनिधिको सधैँ साथ र समर्थन रहने बताए । ‘जनप्रतिनिधि र व्यवसायी मिल्ने हो भने न्यूरोड क्षेत्रको अधिकांश समस्या समाधान हुन्छ’, उनले भने । अध्यक्ष महर्जनले आफ्नो वडाले व्यवसायीबाट वार्षिक १२ करोडभन्दा बढी रकम राजस्व उठाउने गरेको बताउँदै यस क्षेत्रको समस्या समाधानका लागि…

Read More

रुपन्देही – नवनिर्मित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल अगाडि सुविधासम्पन्न चार तारे होटल ‘एसियन बुद्ध’ले सेवा सुरु गरेको छ । पर्यटकहरूलाई पारिवारीक वातावरणमा गुणस्तरीय सेवा दिने उदेश्यसहित विमानस्थलको ठ्याक्कै अगाडि होटलले सेवा सुरु गरेको हो । युवा व्यवसायी पोमनारायण अधिकारीसहितका व्यवसायीले करिब एक अर्बको लागानीमा ‘एसियन बुद्ध होटल’ आजबाट अनौपचारिक रुपमा संचालनमा ल्याएका हुन् । क्यासिनो, हेल्थ क्लब, स्पा, स्वीमिङ पुलसहित फोर स्टारको लागि आवश्यक सबै सेवासुविधा रहेको अधिकारीले जानकारी दिए । ८४ वटा रुमसहित फोर स्टार लेवलको लागि आवश्यक सबै सुविधासहित होटल शुभारम्भ गरिएको हो । अधिकारीले भने अनौपचारिक रुपमा सुरु गरिएको भए पनि औपचारिक रुपमा भने केही समयपछि विशेष…

Read More

जाजरकोट – जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्ती सुतेकै ठाउँमा मृत फेला परेका छन् । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए ।

Read More

एजेन्सी –   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आमाको पाउ धोएर जन्मदिन मनाएका छन् ।मोदीले आज गुजरातको गान्धीनगरस्थित घर पुगेर आमाको १००औं जन्मदिन मनाएका छन् । मोदीले जन्मदिनमा आमाको पाउ धोएर आमासँगै बसेर दीयो जलाएर पूजा गरेका उनले मीठाई पनि खुवाएका छन् । यी दृश्यहरु मोदीले ट्वीट गरेका छन् । मोदीकी आमा हीरावेन मोदी स्वस्थ छिन् । उनले आमाको आशिर्वाद थापेका छन् ।

Read More

काठमाडौं – प्रधानसेनापति पर्शुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनान प्रस्थान गरेका छन् । सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा आज लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान गएका हुन् । प्रधानसेनापति शर्मा नेतृत्वको भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका छन् । भ्रमणको क्रममा, प्रधान सेनापति शर्माले लेवनान, सिरियाका विभिन्न मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ । यस भ्रमणपश्चात प्रधानसेनापति शर्माले यही असार १३ गते संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ ।…

Read More

काठमाडौं – दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम आज नेपाल आएका छन् । तीनदिने नेपाल भ्रमणका लागि आएका उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् ।

Read More

झापा – नेपाली कांग्रेस झापाले आफ्नो १४ नेता तथा कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरेको छ। स्थानीय तह सदस्य निर्वाचनमा पार्टीको निर्देशन विपरीत बागी उम्मेदवारी दिने र तिनका प्रस्तावक र समर्थक १४ जना कारबाहीमा परेको कांग्रेस झापाका सभापति देउकुमार थेबेले जानकारी दिए। कारबाहीमा पर्नेहरूमा बिर्तामोड नगरपालिका ९ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने जयराज ढकाल, प्रस्तावक भीमराज प्रसाईँ र समर्थक भरत न्यौपाने, बिर्तामोड ४ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने हेमकुमार खड्का, प्रस्तावक राजकुमार प्रसाईँ र समर्थक उत्तम खनाल छन्। यस्तै कनकाई नगरपालिका ९ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने धर्म राजवंशी, प्रस्तावक टार्जन राजवंशी, समर्थक वेदप्रसाद राजवंशी, सोही वडामा सदस्य…

Read More

बुटवल – अखिल नेपाल महिला संघ क्रान्तिकारीकाे नाम परिवर्तन गर्दै बुटवलमा विशेष राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले अखिल नेपाल महिला संगठन नाम राखेको छ । भेला हिजो उद्धघाटन सकेपछि हिजो ६ बजेदेखि राति बाह्र सम्म र विहान ७ बजे देखि ९ बजे सम्म चलेको बिशेष राष्ट्रिय भेलाकाे बन्दसत्रले नयाँ कार्यसमिति पनि चयन गरेको छ । देशैभरिबाट उपस्थिति प्रतिनिधि परिपेक्षककाे तीन सदस्य अध्यक्ष मण्डल निर्माण गरि कार्यक्रम शुरु भएको थियो । भने बन्द सत्रकाे अध्यक्षता रेखा चाैहानले गर्नु भएको थियोे । मण्डलका सदस्य पवित्रा शाहीले कार्यक्रम संचालन गर्नु भएको थियोे भने प्रमुख अतिथि बन्द शत्रका नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का…

Read More