बुटवल – अखिल नेपाल महिला संघ क्रान्तिकारीकाे नाम परिवर्तन गर्दै बुटवलमा विशेष राष्ट्रिय भेला सम्पन्न भएको छ ।
भेलाले अखिल नेपाल महिला संगठन नाम राखेको छ । भेला हिजो उद्धघाटन सकेपछि हिजो ६ बजेदेखि राति बाह्र सम्म र विहान ७ बजे देखि ९ बजे सम्म चलेको बिशेष राष्ट्रिय भेलाकाे बन्दसत्रले नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
देशैभरिबाट उपस्थिति प्रतिनिधि परिपेक्षककाे तीन सदस्य अध्यक्ष मण्डल निर्माण गरि कार्यक्रम शुरु भएको थियो । भने बन्द सत्रकाे अध्यक्षता रेखा चाैहानले गर्नु भएको थियोे । मण्डलका सदस्य पवित्रा शाहीले कार्यक्रम संचालन गर्नु भएको थियोे भने प्रमुख अतिथि बन्द शत्रका नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का सचिवालय सदस्य तथा फ्याक्सन ईन्चार्ज सार्दुल हुनुहुन्थ्यो ।
यस्तै प्यानल प्रस्ताव भक्तिमाया मगरले गर्नु भएको थियो भने राजनीतिक तथा साँगठनिक प्रतिवेदन अन्जना तामाङले गर्नु भएको थियोे । उक्त प्रस्ताव र प्यानललाई हलका प्रतिनिधि परिपेक्षकहरुले तालि पिटेर एकमत पास गर्नु भएको थियोे । उक्त भेलाले अध्यक्षमा अन्जना तामाङ,उपाध्यक्षमा पार्वती सिंह,महासचिवमा रेखा खनाल,सचिवमा क्रान्ति पाण्डे र काेषाध्यक्षमा भक्तिमाया मगर सहित २७ सदस्यीय निर्वाचित कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिलाई अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारीका केन्द्रीय सदस्य जुना दाहालले बधाई तथा सुभकामना मन्तव्य दिनु भएको थियोे ।