Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरे । “नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाका रूपमा रहिआएको छ”, भेटमा उनले भने । विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १२२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिएका थिए । पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीयरूपमा बढ्दै गएको छ । सन् १९६९ मा १६.९ लाख अमेरिकी डलरको…

Read More

काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका न्यायाधीशद्वय दिपककुमार कार्की र कुमार चुडालको पूर्ण इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । यसअघि गत जेठ ३० गते पनि बहस नसकिएका कारण आजका लागि अर्को पेसी तोकिएको थियो । आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Read More

धनगढी – सुदूरपश्चिममा मनसुनी वायु भित्रन अझै केही दिन लाग्ने देखिएको छ । देशको पुर्वी क्षेत्रबाट भित्रिएको मनसुन आइतबारसम्म गण्डकी प्रदेशमा भित्रिएको छ । तर, सो मनसुन सुदूरपश्चिममा भित्रन भने अझै केहि दिन लाग्न सक्ने जल तथा मौसम पुर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए । मनसुन कहिले छिटो सर्ने र कहिले एउटै ठाउँमा रोकिरहने हुँदा सुदूरपश्चिममा कहिलेसम्म मनसुनी वायू सक्रिय हुन्छ भन्ने बारेमा भन्न नसकिने उनले बताए । तर, यसै साताभित्रै सुदूरपश्चिममा मनसुनी वायु भित्रिने उनको अनुमान छ । ‘मनसुनी वायु गण्डकी प्रदेशसम्म पुगे पनि सुदूरपश्चिममा पुग्न भने अझै केही दिन लाग्ने देखिन्छ,’ मौसमविद् प्रधानाङ्गले भने, ‘छिनछिनमा मनसुनको गति परिवर्तन…

Read More

काठमाडौं- जनकपुरधाम उपमहानगरपालिकाका उपमेयरमाथि आक्रमण भएको छ।जनकपुरधाम–२३ लादोबेलास्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापनपत्र बुझाउन आएको वडा नं. २३ का वडाध्यक्ष राघवेन्द्र साहको समूहले उपमेयर किशोरी साहमाथि मुक्का प्रहार गरेको हो । रामजानकी दुल्हा भगवान कुट्टीलाई स्थानीय समाजसेवी एवम् दाताहरुले १७ बिघा १५ कठ्ठा जग्गा दिएकोमा केही समययता त्यो जग्गा बेचबिखन हुन थालेकोले त्यसलाई रोक्न माग गर्दै आइतबार नगरप्रमुख मनोज साहलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए। मेयर साह कार्यालयमा नभेटेपछि उपमेयर साहलाई ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझेर उपमेयर साहले कार्यालय प्रांगणमा सम्बोधन गर्न सुरु गर्दा उनीमाथि आक्रमण गरिएको हो। उपमेयर साहमाथि आक्रमण भएपछि प्रहरीले उनलाई सुरक्षा दिएर कार्यकक्षमा लगेको…

Read More

काठमाडौंः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बोल्दाखेरि होस पुर्‍याउनुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा समाजवादी प्रेस संगठनको आयोजनामा भएको सम्पादकसँगको अन्तरक्रिया कार्यक्रममा पर्यटन मन्त्रीको पछिल्लो क्रियाकलापमाथि राखेको प्रश्नको जवाफ दिँदै उनले बोल्ने बेलामा होस् पुर्‍याउनुपर्ने बताए। अध्यक्ष नेपालले बोल्ने विषयमा सचेत नहुँदा चोट पाएपछि हैरानी खेप्नुपरेको भन्दै सचेत हुन सुझाए। ‘पर्यटनमन्त्रीबारे सोध्नुभयो, मान्छेबारे सोध्दा गाह्रो हुन्छ,’ उनले जवाफ दिए ‘बोल्दाखेरि विचार गर्नुपर्छ।’

Read More

काठमाडाैं – नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले १५ दिने पुस्तक प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७९ को जेठसम्म प्रकाशन भएका पुस्तक बिक्रीमा राखेको हो । रु तीनदेखि रु दुई हजार ७० सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको जनाइएको छ । आज सुरु भएको प्रदर्शनी यही असार १९ गतेसम्म प्रतिष्ठानको भानुभक्त कक्षमा चल्ने छ । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगन लगायतका धेरै विषयका पठनीय एवं अति उपयोगी करिब ५०० थरिका पुस्तक एवं…

Read More

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम तर्जुमासम्बन्धी अन्तरक्रियामा पौडेलले गाउँमा रोजगारी र गाउँमै आम्दानी हुने योजना बनाएर जनतालाई गाउँमै बसुँबसुँ लाग्ने वातावरण बनाउनेतर्फ स्थानीय तहको ध्यान जानुपर्ने बताए । गाउँमै बाटो, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् पुगेपनि रोजगारी र आम्दानी नपुगेकाले मानिस गाउँबाट भागिरहेको उल्लेख गर्दै पौडेलले भने, “पहिला–पहिला गाउँमा केही सुविधा थिएन, तर अहिले गाउँमा सबै सुविधा पुगिसक्यो, तर रोजगारी पुग्न सकिरहेको छैन । त्यही कारण मानिस गाउँ छाडेर सहर झरेका छन्…

Read More

काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालसम्म टुङ्गोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी अघि बढ्न प्रहरीलाई निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित भिडियो कन्फ्रेन्स मार्फत् प्रहरी महानिरीक्षक सिंहले सातवटै प्रदेश प्रहरी कार्यालयहरू तथा मातहत नेपाल प्रहरी प्रदेश कार्यालयहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू, सशस्त्र प्रहरी गणहरू, दंगा नियन्त्रण प्रहरी गण लगायतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका हुन् । प्रहरी महानिरीक्षक सिंहले सिमावर्ती क्षेत्रमा हुने अपराध, तस्करी, मिटरव्याजी जस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी निर्ममताका साथ लाग्नुपर्ने बताए । आपराधिक क्रियाकलाप एवं गतिविधिहरूमाथि विषेष निगरानी राख्न पनि उनले निर्देशन दिएका थिए । त्यस्ता…

Read More

झापा – मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई)मा मेडिकल कलेज खोल्ने बताएका छन् । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् । ‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्,’ उनले भने, ‘बिएण्डसी दुबई भनेर म त्यहाँ (दुबई) मेडिकल कलेज खोल्छु । हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी साटासाट गरेका छौं।’ नेपाल भ्रमणमा रहेका दुबईका ‘राजकुमार’ शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम र आफूबीच यस विषयमा आपसी समझदारी पनि भएको उनको दाबी छ ।

Read More

काठमाडौँ – विवादित बनेको अमेरिकी स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सर्वदलीय बैठक बोलाइने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वदलीय बैठक बोलाएर यसबारे यथार्थ जानकारी गराउनुपर्ने बताएका थिए । नेताहरुको सुझावमा प्रधान देउवा सहमत भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए । ‘स्टेट पार्टनरसिप प्रोग्रामबारे अहिले अन्योल छ । यसको वास्तविकता के हो भन्नेमा सर्वदलीय बैठक बोलाएर छलफल गरौँ र यथार्थ जनतामाझ ल्याऊ भनेर प्रधानमन्त्रीजीलाई भनेका छौ’, अध्यक्ष नेपालले भने, ‘उहाँले हुन्छ भन्नुभएको छ ।’ नेताहरुकाअनुसार एक दुई दिनभित्रै सर्वदलीय बैठक बोलाएर एसपीपीबारे…

Read More