Author: महेन्द्रनगर पोष्ट

बझङ- राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङले स्थानीय तह सदस्य निर्वाचनका क्रममा असहयोग गरेको भन्दै पार्टीका ९ जनालाई कारबाही गरेको छ । आइतबार पार्टीको जिल्ला कार्यसमितिले एक विज्ञप्ति निकाल्दै पार्टीमा रहेका ९ जनालाई साधारण सदस्य समेत नरहने गरी ५ वर्षका लागि निलम्बन गरेको जनाएको हो । राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही र सर्वसाधारणको जानकारी लागि भन्दै पार्टीका पूर्व पार्टी सहअध्यक्ष विश्वप्रकाश जेठारा, पूर्व पार्टी सल्लाहकार लालबहादुर खड्का, पूर्व पार्टी सचिव जनकबहादुर ओली, पूर्व कोषाध्यक्ष्य सुरतबहादुर च्वाँन, पूर्व पार्टी सदस्य जगतबहादुर सिंह जरोबरलाई कारबाही गरेको छ । त्यसैगरि पूर्व पार्टी उपाध्यक्ष जुनादेवी सिंह, वर्तमान पार्टी उपमेयर मनादेवी सिंह, वर्तमान महिला उपाध्यक्ष जानकीदेवी खाती र…

Read More

काठमाडौं – चितवनको भरतपुर महानगरमा मेयर पदमा उम्मेदवारी दिएकी रेणु दाहालले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेकी छिन्। पछिल्लो मतपरिणामअनुसार उनले ४० हजार ५८९ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा नेकपा (एमाले) का विजय सुवेदीले ३१ हजार ५७० मत प्राप्त गरेका छन्। यसअनुसार दाहालले आफ्नो अग्रतालाई ९ हजार १९ मत पुर्‍याएकी छिन्। त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने १३ हजार २०६ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरतर्फ नेपाली काग्रेंसका चित्रसेन अधिकारीले ४४ हजार ९७ मत ल्याउँदै आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् । त्यस्तै उपमेयर पदमा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले २५ हजार…

Read More

काठमाडौं- नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गरेको छ । प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन आयोजना गरेका हुन् । पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । स्थानीय तह निर्वाचनका विषयमा केन्द्रित रहने गरी पत्रकार सम्मेलन आयोजना गरिएको हो । त्यसक्रममा समसामयिक विषयमा पनि प्रष्ट पारिने बताइएको छ ।

Read More

अछाम- नेकपा एमालेका नेता भीम रावलको वडा अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन् । एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला विष्टलाई मत बराबर आएपछि गोलाप्रथाबाट हराउँदै स्वतन्त्र उम्मेदवार मीनबहादुर बोहरा विजयी भएका हुन् । विष्ट र बोहराको समान २२६ मत आएपछि गोला प्रथा गरिएको थियो । गोलाप्रथा गर्दा स्वतन्त्र उम्मेदार बोहराले जितेका हुन् । दुबैको समान मत आएपछि पुनः गणना गर्न माग उठ्दा केहीबेर तनाव भएको थियो । अन्ततः दुबै पक्ष गोलाप्रथा गर्न सहमत भएका थिए ।

Read More

बैतडी– बैतडीको सुर्नया गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आइतबार सुर्नया गाउँपालिकाको केन्द्रमा आयोजित शपथ ग्रहण समारोहमा गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले शपथ लिएका छन् । गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले नवनिर्वाचित उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । पालिका अध्यक्षले उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउनुपर्ने कानुनी व्यवस्था अनुसार नवनिर्वाचित पदाधिकारीहरुले शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा सुर्नयाका निर्वाचन अधिकृत सिद्धराज जोशी, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिमांशु भट्ट लगायतको सहभागिता थियो । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट सुर्नयामा अध्यक्ष, उपाध्यक्ष सहित ४२ जना…

Read More

बैतडी- बैतडीको सिगास गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सिगास गाउँपालिकाको केन्द्र गर्जेमा आयोजित शपथ ग्रहण समारोहमा गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुले शपथ ग्रहण गरेका हुन् । सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले नवनिर्वाचित अन्य जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराएका हुन् । सिगास गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित ४७ जना जनप्रतिनिधिहरु निर्वाचित भएका छन् ।

Read More

चितवन- चितवनको पश्चिम क्षेत्र बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१३ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षीया फूलकुमारी बोटेको शव भेटिएको हो । उनलाई आइतबार दिउँसो २ बजे बाघले आक्रमण गरेको थियो । बाघको आक्रमण गरेपछि सो क्षेत्रमा हात्ती प्रयोग गरेर उनको खोजी गरिएको थियो । हात्तीसहितको टोलीद्वारा बोटेको खोजीपछि साँझ वन क्षेत्रमा उनको शव फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

Read More

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्दै पेट्रोलको मूल्य १८० पुर्‍याएको हो । यस्तै डिजेल, मट्टितेलको मूल्य पनि बढेको छ । डिजेल, मट्टितेल अहिले १६३ पुगेको छ । खाना पकाउने एलपी ग्यासमा दुई सय रुपैयाँ वृद्धि गर्दै १८०० पुर्‍याइएको छ ।

Read More

डडेल्धुरा- प्रधानमन्त्री आधुनिकीकरण परियोजना ईकाई डडेल्धुराका प्रमुख खेमराज जोशीलाई अभिनन्दन गरिएको छ । जिल्लाका किसानहरूले आइतबार विगत ५ वर्षदेखि आलु सुपरजोनको क्षेत्रमा काम गर्दै आएका वरिष्ठ कृषि अधिकृत जोशीलाई ३० किलोको माला, अविर, बाजागजासहित जिल्ला सदरमुकामको बागबजार परिक्रमा गराइ अभिनन्दन गरेका हुन् । कृषि क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै डडेल्धुराका किसानहरूले जोशीलाई सम्मान कार्यक्रमको आयोजना गरेका थिए । जोशी कार्यालय प्रमुख भएयता डडेल्धुराको आलु खेतीमा नयाँ आयाम आएको छ । आलु सुपरजोनमार्फत् प्रविधि प्रर्दशन, मल्चिङ प्रविधिबाट आलुखेती सुरु, व्यवसायीक आलु खेतीमा किसानहरूलाई अभिप्ररित गर्नुका साथै आलु खेतीका रूपमा जिल्लाको अमरगढी– १ भेटा, गन्यापधुरा गाउँपालिका–१ भातकाडा, अजयमेरु गाउँपालिकाका विभिन्न वडाहरूलगायत नवदुर्गा…

Read More

कैलाली- लिभिङ विथ आईसीटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा सुदूरपश्चिममा स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुने भएको छ । धनगढीमा वैशाख भोलि (सोमबार) स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुन लागेको कार्यक्रमका संयोजक निर्देश मास्केले जानकाकारी दिए । स्टार्टअप एण्ड आईडिया फेस्ट दिउँसो १ बजेदेखि र डिजिटल सुदूरपश्चिम संवाद दिउँसो २ः ३० बजेदेखि सुरू हुने आयोजकले जनाएको छ । सोही समयमा स्टार्टअपहरुको एक्सपिरियन्स सेयरिङ तथा मेन्टरिङ सेसन तथा आईडिया पिचिङ आयोजना हुनेछन् । स्टार्टअप एण्ड आईडिया फेस्टमा सुदूरपश्चिम प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा प्रोडक्टमा आधारित कम्पनीहरुले…

Read More