काठमाडौं – चितवनको भरतपुर महानगरमा मेयर पदमा उम्मेदवारी दिएकी रेणु दाहालले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेकी छिन्। पछिल्लो मतपरिणामअनुसार उनले ४० हजार ५८९ मत प्राप्त गरेकी छिन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा नेकपा (एमाले) का विजय सुवेदीले ३१ हजार ५७० मत प्राप्त गरेका छन्। यसअनुसार दाहालले आफ्नो अग्रतालाई ९ हजार १९ मत पुर्याएकी छिन्।
त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने १३ हजार २०६ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरतर्फ नेपाली काग्रेंसका चित्रसेन अधिकारीले ४४ हजार ९७ मत ल्याउँदै आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् । त्यस्तै उपमेयर पदमा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले २५ हजार ९९९ मत प्राप्त गरेकी छिन्।
Facebook Comments Box