Author: महेन्द्रनगर पोष्ट

झापा – मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई)मा मेडिकल कलेज खोल्ने बताएका छन् । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् । ‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्,’ उनले भने, ‘बिएण्डसी दुबई भनेर म त्यहाँ (दुबई) मेडिकल कलेज खोल्छु । हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी साटासाट गरेका छौं।’ नेपाल भ्रमणमा रहेका दुबईका ‘राजकुमार’ शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम र आफूबीच यस विषयमा आपसी समझदारी पनि भएको उनको दाबी छ ।

Read More

काठमाडौँ – विवादित बनेको अमेरिकी स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सर्वदलीय बैठक बोलाइने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वदलीय बैठक बोलाएर यसबारे यथार्थ जानकारी गराउनुपर्ने बताएका थिए । नेताहरुको सुझावमा प्रधान देउवा सहमत भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए । ‘स्टेट पार्टनरसिप प्रोग्रामबारे अहिले अन्योल छ । यसको वास्तविकता के हो भन्नेमा सर्वदलीय बैठक बोलाएर छलफल गरौँ र यथार्थ जनतामाझ ल्याऊ भनेर प्रधानमन्त्रीजीलाई भनेका छौ’, अध्यक्ष नेपालले भने, ‘उहाँले हुन्छ भन्नुभएको छ ।’ नेताहरुकाअनुसार एक दुई दिनभित्रै सर्वदलीय बैठक बोलाएर एसपीपीबारे…

Read More

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसद सचिवालयमा उजुरी परेको छ । अधिवक्ताहरू किशोर पौडेल र अनुपम भट्टराईसहित तीनजनाले आलेविरुद्ध आइतवार संसद सचिवालय सिंहदरबारमा उजुरी दिएका हुन्। पौडेल, भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले संसद सचिवालयस्थित आचरण अनुगमन समितिको कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

Read More

काठमाडौं – प्रमुख प्रतिपक्ष दल एमालेका सांसद प्रदीप ज्ञवालीले महाअभियोग समितिलाई किन काम गर्न नदिएको भन्दै प्रश्न उठाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाअभियोग लगाएर त्यसपछि कुनै काम कारबाही अघि नबढाएपछि ज्ञवालीले अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘व्यक्तिगत रिसले प्रधानन्यायाधीशलाई महाभियोग लगाएका छौं,’ ज्ञवालीले बैठकमा भने, ‘छानबिन समितिलाई काम गर्न नदिएर महाभियोग लगाएका छौं, यसरी कसैको तुस आत्मसन्तुष्टि होला, तर प्रणाली भने बलियो हुन्न ।’ प्रधानन्यायाधीश राणामाथिको महाअभियोगका बारेमा प्रतिनिधिसभा बैठकले छानबिन समिति बनाउन निर्देशन दिए पनि सो समितिको बैठक त परै जाओस् समितिको संयोजक पनि तोकिएको छैन । सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रले…

Read More

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेन डेलावेयरस्थित आफ्नो बिच हाउस नजिकै साइकलबाट लडेका छन्। शनिबार केप हेन्लोपेन स्टेट पार्क नजिकै साइकलबाट ओर्लन खोज्दा उनी लडेका हुन्। बाइडेनले आफूलाई कुनै चोट नलागेको बताएका छन् । घटनालगत्तै अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले राष्ट्रपतिलाई उठ्न मद्दत गरेका थिए। त्यसको लगत्तै बाइडेनले भने, ‘म ठीक छु। मेरो खुट्टामा मात्रै अड्किएको हो। मलाई कुनै चोटपटक लागेको छैन।’ बाइडेन श्रीमतीसँग साइक्लिङ गर्दै थिए । ७९ वर्षीय राष्ट्रपति बाइडेन र उनकी पत्नी जिल बाइडेन बिहान साइक्लिङमा निस्किएका थिए । उनीहरु आफ्ना शुभचिन्तकलाई भेट्न अघि जाँदै थिए। हेलमेट लगाएका उनी साइकलबाट ओर्लन खोज्दा लडे। दायाँतिर लडेपछि, बाइडेन तुरुन्तै उठे।

Read More

काठमाडौं – नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनभित्र पनि रहेको टिप्पणी गरेका छन् । जनताका पक्षमा राजनीतिक नेतृत्वले गरेका कामलाई प्रभावकारीरुपमा कार्यान्वयन हुन नदिने तथा त्यसको मर्मलाई आत्मसात् गर्न नचाहने प्रवृत्तिकाविरुद्ध कर्मचारीले नै सकारात्मक हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ । नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको केन्द्रीय समिति बैठकलाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष दाहालले कर्मचारीतन्त्रको यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न कर्मचारीभित्रै अभियान चलाउनुपर्ने र सशक्त प्रतिवाद गर्नुपर्ने बताए । परिवर्तन संस्थागत गर्ने सङ्घर्षमा हामी सबैको साझा प्रयास र सङ्कल्प आवश्यक रहेको उनको भनाइ छ । विगतमा विभिन्न कारणले फरक फरक…

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकबाट बाहिरिएका छन् । अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवा नआएपछि अध्यक्ष नेपाल बैठकबाट बाहिरिएका छन् । समितिको बैठकमा पुगेका नेपाल प्रधानमन्त्री देउवा अनुपस्थिति हुने जनाएलगत्तै बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक छ भन्दै बाहिरिएका हुन । समितिको बैठक भने जारी छ ।

Read More

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि नेकपा एमालेका सांसद भीम रावलले खेद प्रस्ताव पारित गर्न प्रस्ताव गरेका छन् । अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जानकारी लिन बोलाइएका प्रधानमन्त्री देउवाले अन्तिम समयमा अनुपस्थित हुने जानकारी दिएपछि रावलले सो प्रस्ताव गरेका हुन् । ‘हिजो लोकतन्त्र खतरामा पर्‍यो भनेर प्रधानमन्त्री बन्नु भएको हो, खै त (बैठकमा अनुपस्थित) लोकतन्त्रको रक्षा गरेको ? उहाँलाई प्रधानमन्त्री बनाउन मैले हस्ताक्षर गरेको इतिहासले समीक्षा गर्ला,’ रावलको आक्रोश थियो, ‘उहाँ अनुपस्थित हुनु भनेको हिजोको गलत कार्यको निरन्तरता भएन र ? उहाँ अनुपस्थित भएर सांसदहरूको अपमान भएको छ, त्यसैले यो खेदजनक…

Read More

काठमाडौं – नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला तीनसय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा झरेको छ।त्यस्तै तेजावी सुनको भाउ पनि ९७ हजार रुपैयाँमा आइपुगेको छ। महासंघका अनुसार चाँदीको भाउ पनि आइतबार प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उपस्थित नभएर बैठकको अपमान गरेको टिप्पणी भएपछि नेपाली कांग्रेसका सांसदहरूले बचाऊ गरेका छन । सिंहदरबारमा जारी समितिको बैठकमा प्रधानमन्त्री देउवा उपस्थित नभए पछि सभापति पवित्रा निरौलाललगायतले समितिको ‘अपमान’ गरेको अभिव्यक्ति दिएपछि कांग्रेस सांसदहरू बचाउमा उत्रेका हुन् । प्रधानमन्त्री देउवालाई अमेरिकी कार्यक्रम स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जानकारी लिन समितिले आज बोलाएको थियो । सभापति पवित्रा खरेलले बैठकमा उपस्थिति नभए प्रधानमन्त्री देउवाले अपमान गरेको भन्ने टिप्पणी गरे लगत्तै कांग्रेस सचेतक पुष्पा भुसालले अपमान भन्ने शब्द उचित नभएको भन्दै बचाउ गरेकी हुन् । ‘हामीले बोलाउँदा उहाँ (प्रधानमन्त्री) आउनुपर्छ, तर प्रधानमन्त्रीको समय के भयो, त्यस…

Read More