Author: महेन्द्रनगर पोष्ट

कैलाली- कैलालीमा बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको चुरे गाउँपालिकाका २६ वर्षीय दोगेन्द्र बिष्टलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि गाउँपालिकाको वडानम्बर ६ खेतबारीमा घाँस काट्ने क्रममा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । जबरजस्ती करणी गरी फरार भएका बिष्टलाई ईलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । पार्टीको नवौं महाधिवेशन १ देखि ८ असोजसम्म काठमाडौंमा गर्ने भएको हो । १२ देखि १७ जेठसम्म बसेको नेकपा केन्द्रीय समिति बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन अघि ५ भदौसम्म वडा र पालिका सम्मेलन तथा १५ भदौसम्म जिल्ला सम्मेलन गर्ने निर्णय समेत गरेको छ । यसअघि गत फागुनमा नै महाधिवेशन गर्ने तयारी थियो । तर, स्थानीय तह निर्वाचनमा जाने विषयमा अन्तरविरोध बढेपछि पार्टी विभाजन भएपछि महाधिवेशनको नयाँ मिति तय भएको हो । बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले पार्टी विभाजन गर्नेहरूलाई…

Read More

दार्चुला – दार्चुलाको जिल्ला अस्पतालमा केही दिन यता झाडापखालाका बिरामी बढेका छन् । एक सातायता जिल्ला अस्पतालमा झाडापखालाका बिरामी उपचारका लागि बढी पुग्ने गरेको बताइएको छ । उपचारका लागि आउने यी बिरामीमध्ये बालबालिकाको सङ्ख्या वृद्धि भएको जिल्ला अस्पताल दार्चुलाले जानकारी दिएको छ । मौसम परिवर्तनका साथै पछिल्लो समय जिल्लामा काचा फलफूल खाने समय भएकाले बिरामीको सङ्ख्या बढेको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिनु भएको छ । झाडापखालाका बिरामी उपचारका लागि बढी आउने गरेको जिल्ला अस्पतालका सुचना अधिकारी भट्टले बताए । निमोनियाका साथै ज्वरो आउने, श्वासप्रश्वासमा समस्या बढी भएका बिरामी जिल्ला अस्पतालमा भर्ना हुने गरेको पाइएको छ…

Read More

काठमाडौं – काठमाडौं विश्वविद्यालयका २७औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा विभिन्न सङ्कायका गरी एक हजार सात सय १२ जना दीक्षित भएका छन् । विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित भएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पिएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भए । सत्ताइसौँ दीक्षान्त समारोहसम्ममा गरी काठमाडौँ विश्वविद्यालयबाट अहिलेसम्ममा ३८ हजार तीन सय ३६ उत्तीर्ण हुनेछन् ।

Read More

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० बजेट निर्माण गर्दा आर्थिक अनुशासनमा रहेको बताएका छन् । बजेटमाथि सदनमा उठेका सवालको जवाफ दिने क्रममा उनले यो बजेट निर्वाचन केन्द्रित नभएर जनतामुखी भएको प्रस्ट्याएका छन् । शर्माले भने, ‘यसभन्दा अघिको बजेट अघिल्लो वर्षको तुलनामा १० प्रतिशत हुने गरेकोमा नयाँ बजेटमा ९ प्रतिशत मात्रै रहेको छ ।’ बजेट धेरै सचेत र समियमित भएको ल्याएको उनको भनाइ छ । अर्थमन्त्री शर्माले संविधानमा कति समयका लागि बजेट बनाउने भनेर लेखेको नभेटेको बताएका छन् । छलफलमा नेकपा एमालेका संसदले प्रदेश र केन्द्रको निर्वाचनभन्दा अगाडिसम्म मात्रै रहने सरकारले ५ वर्षको लागि भनेर विभिन्न आयोजनामा बजेट हालेको…

Read More

काठमाडाैं – राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा खाना पकाउने ग्यास, डिजल, पेट्रोल, मट्टीतेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर कम गर्ना लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भइ सदनमा पेस भएको हो । देवेन्द्र दाहाल प्रस्तावक रहेको तथा भैरवसुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भइ अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर कम गर्नका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुभएको हो । जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गर्दै राष्ट्रिय…

Read More

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा महाअभियोग लागेसँगै हाल निलम्बनमा छन् । १ फागुनमा सत्तारुढ दलका ९८ जना सांसदहरुले संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । महाअभियोग दर्तासँगै राणा निलम्बनमा परे । तर, उनी अझै पनि महाअभियोग पुष्टि नहुने ठम्याई गर्दै बालुवाटारस्थित सरकारी निवास छाडेका छैनन् । संसद सचिवालयमा प्रधानन्यायाधीशलाई महाअभियोग प्रस्ताव दर्ता गरे लगतै निलम्बनमा परेसँगै उनी स्वत निलम्बन परेका हुन् । जबराको निलम्बनसँगै सर्वोच्चमा बरिष्ठम न्यायाधीश दीपककुमार कार्की कायम मुकामय प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् । कार्कीले जिम्मेवारी पाएको पनि तीन महिना भन्दा बढी भइसकेको छ । तर, अझै पनि महाअभियोगमाथि संसदमा छलफल हुन नसक्दा अलपत्र परेको…

Read More

महेन्द्रनगर – यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिरोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्मा गाउँपालिका–१ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहनुभएको बताइएको छ । बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेका बेला माथिबाट खसेको हिमपहिरामा परी बोहराको मृत्यु भएको हो । उहाँसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका छन् । मृतक बोहराको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो । मृतक बोहराका एक छोरा एक छोरी रहेका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि सुर्मा, साइपाल र बुङ्गलका बासिन्दा…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या २६ जना रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ६०५ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको छ । त्यस्तै देशभर थप ९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा ८२ हजार ४१३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार अहिलेको अवस्थामा नेपालमा १११ जना सक्रिय संक्रमित रहेका छन् ।

Read More

एजेन्सी – संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले बालबालिका र परिवारको सुरक्षाको लागि घातक हतियार प्रतिबन्धित गर्नुपर्ने बताएका छन । यदि त्यसो गर्न नसकिए हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पुर्याउनुपर्नेमा उनले जोड दिनुभएको छ । हाल अमेरिकामा १८ वर्षका जोकोहीले हतियार खरिद गर्न पाउने कानुनी प्रावधान छ । “हामीले घातक हतियारमा प्रतिबन्ध लगाउन आवश्यक छ । यदि हामी त्यसो गर्न सक्दैनौं भने २१ वर्ष नपुगकालाई हतियार बेच्न हुँदैन,” हालै टेक्सासको उभल्देस्थित रोब प्राथमिक विद्यालयमा भएको गोलाबारीमा १९ बालबालिकासहित कैयौँको मृत्यु भएको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले हतियारमा प्रतिबन्ध लगाउन र त्यसो गर्न नसकिए खरिदको उमेर…

Read More