दार्चुला – दार्चुलाको जिल्ला अस्पतालमा केही दिन यता झाडापखालाका बिरामी बढेका छन् । एक सातायता जिल्ला अस्पतालमा झाडापखालाका बिरामी उपचारका लागि बढी पुग्ने गरेको बताइएको छ ।
उपचारका लागि आउने यी बिरामीमध्ये बालबालिकाको सङ्ख्या वृद्धि भएको जिल्ला अस्पताल दार्चुलाले जानकारी दिएको छ । मौसम परिवर्तनका साथै पछिल्लो समय जिल्लामा काचा फलफूल खाने समय भएकाले बिरामीको सङ्ख्या बढेको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिनु भएको छ । झाडापखालाका बिरामी उपचारका लागि बढी आउने गरेको जिल्ला अस्पतालका सुचना अधिकारी भट्टले बताए । निमोनियाका साथै ज्वरो आउने, श्वासप्रश्वासमा समस्या बढी भएका बिरामी जिल्ला अस्पतालमा भर्ना हुने गरेको पाइएको छ ।
आज सम्म पनि ४ जनालाई जिल्ला अस्पतालमा भर्नागरी उपचार भइरहेको अस्पताल स्रोतले जनाकारी दिएको छ ।केही दिन पहिले देखि अस्पतालमा दैनिक ८/१० जना विरामी झाडापखालाका आउने गरेको पाइएको छ । १५ शैया रहेको जिल्ला अस्पतालमा पछिल्लो केही दिन यता बालबालिकाको सङ्ख््या ह्वात्तै बढेपछि उपचारमा केही समस्या रहेको पनि अस्पतालले जनाएको छ ।
बिरामी बालबालिका बढेपछि अस्पतालका श्यया बिरामी र कुुरुवा हरुले भरिन थालेका छन । यसैविच जिल्ला अस्पताल दार्चुलामा सरसफाई अभियान थालिएको छ । आज देखि अस्पताल सरसफाई समिति र अस्पताल व्यवस्थापन समितिको सहकार्यमा अस्पताल क्षेत्रमा सरसफाई अभियान थालिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक जोशीले जानकारी दिए । उनका अनुसार आजदेखि प्रत्येक शुक्रबार अस्पतालमा सरसफाई गरिने बताइएको छ ।
प्रत्येक शुक्रबार सबै स्टाफहरु मिलेर अस्पताल परिसरमा सरसफाई गरिने जोशीले जानकारी दिए । अस्पताल सरसफाईले वर्खायाममा सर्ने रोगहरुमा कमि आउने अस्पतालको विश्वास छ ।