Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजपनि दोहोरो अंकको सुधार आएको छ । पछिल्लो समय निरन्तर घट्दै आएपनि नेप्से परिसूचक हिजो आइतबार १७ अंकले र आज सोमबार १२ अंकले बढेको हो । दुई दिनको वृद्धिसँगै नेप्से परिसूचक बढेर २२३८ अंकबाट २२६८ अंकमा पुगेको छ । हिजो आइतबार १ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएकामा आज १ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ । बजार १२ अंकले बढेको दिन ४ समूहमा गिरावट आएको छ । जीवन बीमा समूहमा ८२ अंकको गिरावट आउँदा होटेल/टुरिजममा २५ अंकको तथा विकास बैंक समूहमा २० अंकको गिरावट आएको छ । यस्तै, लगानी समूहमा ०.०७ अंकको…

Read More

धनगढी– प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै विघटन हुन सक्ने बताएका छन् । धनगढीमा सोमबार आयोजित पाँँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेको एमालेले स्थानीय तहमा जिते स्थानीय तह नै विघटन गर्न सक्ने बताए । ‘संसद विघटन गर्ने एमालेले जिते, उसले स्थानीय तह नै विघटन गर्न सक्छ,’ देउवाले भने, ‘संसद विघटन गर्ने, चल्न नदिने एमालेलाई जिताउनु भनेको स्थानीय तह, प्रदेश र संसद नै विघटन गर्न सक्छ ।’ ३० वैशाखमा देशभर स्थानीय तह निर्वाचन हुँदैछ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच…

Read More

काठमाडौं – बाँकेको राप्तीसोनारी गाउँपालिका–८ गल्ली कुटानमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका ५ का २९ वर्षीय मान बहादुर विश्वकर्मा र सोही मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय किशोर बसौली रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १० प २७८४ नम्बरको मोटरसाइकल आज बिहान पौने १० बजे नियन्त्रण गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते भएका दुबै जनाको उपचारको क्रममा नेपालगञ्ज स्थित मेडिकल कलेज कोहलपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

धनगढी – नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले गणतन्त्र उल्ट्याउने र संविधान जोगाउनेबीच प्रतिस्पर्धा भइरहेको बताएका छन् । धनगढीमा सोमबार आयोजित पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्र उल्ट्याउन खोज्ने एमाले र संविधान जोगाउने गठबन्धनबीच प्रतिस्पर्धा भइरहेको बताएका हुन् । देशलाई २०१८ सालमा फर्काउने एमाले अध्यक्ष केपी ओलीको योजना असफल पार्न गठबन्धन बनेको उनको भनाइ छ । सदन चल्न नदिएर देशलाई अन्धकार बनाउन खोज्नेले जनताको आँखामा छारो हालेर चुनाव जित्न खोजेको प्रचण्डको आरोप छ ।

Read More

पोखरा – एमाले अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धनलाई पशुपतिको बाँदरसँग दाँजेर मतपेटिका लुट्न सक्ने आरोप लगाएका छन् । ‘पशुपतिमा फूलपाती लिएर गयौं भने फूलपातीको टोकरी बाँदरले खोजेर लान सक्छ,’ उनले भने, ‘त्यहाँ त एउटा बाँदर आउँछ । यहाँ (चुनावमा) पाँचवटा छन् । हामी सतर्क हुन जरुरी छ । धाँधलीबाट परिणामलाई तलमाथि हुन दिनुहुँदैन ।’ गठबन्धनले धाँधली गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन उनले कार्यकर्तालाई सुझाएका छन् । ‘पाँचदलीय गबठन्धन भोटले जित्ने होइन । भोटले हारेपछि मतपत्र च्यात्ने, चपाउने, निल्ने गर्छन् । के के गर्न सकिन्छ नचाहिँदो त्यही गर्छन्,’ उनी भन्छन्, ‘गठबन्धनमा आफ्ना मात्रै मान्छेलाई प्रवेश गर्न दिने नीति छ । एमालेलाई पार्टी…

Read More

काठमाडौं – नेपालले जिम्बाबे ए विरुद्धको अन्तिम एकदिवसीय खेलमा जितका लागि २१४ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको जिम्बाबे एले ३२.१ ओभरमा २१३ रन बनाउँदा सबै विकेट गुमाएको हो । नेपालका लागि डेब्यू म्यान किशोर महतोले ५ विकेट लिएका थिए । विस्फोटक सुरुवात गरेको जिम्बाबेलाई रोक्न नेपाललाई ज्यादै गाह्रो भएको थियो । नेपालका लागि महतो बाहेक अन्य बलर खासै प्रभावशाली बन्न नसकेको आजको खेलमा कप्तान सन्दीप लामिछाने सर्वाधिक असफल बने । उनले ६ ओभरमा ५६ रन दिएर कुनै विकेट लिन सकेनन् । नेपालका लागि करण केसी र दीपेन्द्र सिंह ऐरीले…

Read More

काठमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन दलको चुनावी ‘कमान्डर’ बनेर देश दौडाहमा छन् । चुनावी अभियानको क्रममा गठबन्धन दलका उम्मेदवारहरूलाई मत दिएर विजयी गराउन उनले आग्रह गर्दै आएका छन् । यही २१ वैशाखयता देउवा गठबन्धनका उम्मेदवारहरूलाई मत माग्न प्रदेश १ को राजधानी विराटनगर पुगेका थिए । त्यस यता उनी दिनहुँ चुनावी अभियानमा छन् । उनी पाँच दलीय गठबन्धनको चुनावी सभामा प्रमुख वक्ताको बन्ने गरेका छन् । २२ वैशाखमा उनले प्रमुख वक्ताको हैसियतबाट चितवनको भरतपुरमा गठबन्धन दलको संयुक्त चुनावी सभालाई सम्बोधन गरे । गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार रेणु दाहाल र उपप्रमुख पदका उम्मेदवार चित्रसेन अधिकारीलाई मत दिएर विजयी बनाउन उनको…

Read More

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा निर्वाचन आचारसंहिता विपरित राखिएका प्रचार सामग्री हटाउन सुरु गरिएको छ । स्थानीय तह निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितालाई कडाइका साथ लागू गर्न थालेको हो । निर्वाचन आचारसंहिता विपरितका गतिविधि रोक्न सोमबारदेखि निर्वाचन आयोगका सहन्यायाधिवक्ता उद्धव पुडासैनी सहितको टोली, सुरक्षाकर्मीलगायतले बजार अनुगमन गरेर बजार क्षेत्रका दायाँबायाँ दलहरूले राखेको पार्टीका झन्डा तथा चुनाव चिह्न हटाउन सुरु गरिएको हो । सार्वजानिक तथा निजी सवारी साधनमा राखेको झन्डा तथा सार्वजानिक घर विद्युतको पोल लगायत स्थानमा राखेको झन्डा हटाइएको छ । निर्वाचन आचारसंहितामा सार्वजानिक ठाँउमा झन्डा, पोस्टर निर्वाचन चिन्ह नास्न राख्न नपाउने व्यवस्था भएकाले सुरक्षाकर्मी परिचालन गरेर हटाउन थालिएको जिल्ला मुख्य निर्वाचन अधिकृत विकास शर्माले जानकारी दिए । जिल्लामा क्रियाशील दलहरूसँग बसेर निर्वाचन आचारसंहितासम्बन्धी छलफल समेत गरेको…

Read More

चितवन – धारिलो हतियार प्रयोग गरी हत्या गरिएका भरतपुरका अनिल परियार (कान)को शव पोष्टमार्टका लागि भरतपुर अस्पताल लगिएको छ । हत्यामा संलग्नलाई तत्काल पक्राउको माग गर्दै कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका थिए । बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको रोहवरमा परियारको शव पोष्टमार्टम गर्न कार्यकर्ताहरुले सहमति दिएका हुन् । सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको लागि पहल गर्ने श्रेष्ठले आश्वासन दिएपछि परियारको शव चितवन मेडिकल कलेजबाट निकाल्न दिइएको हो । हत्याको विरोधमा भरतपुरमा एक घण्टा चक्का जाम गरिएको थियो भने कार्यकर्ताले एउटा म्याजिकमा तोडफोड पनि गरेका छन् । भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर खेल मैदान नजिकै आइतबार राति करिब साढे…

Read More

काठमाडौं – राप्रपाका उम्मेदवारमाथि नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरेका छन्। धनुषाको सबेला नगरपालिका वडा नम्बर ४ का राप्रपा वडा सदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि एमालेका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेको राप्रपाले जनाएको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आज विज्ञप्ति निकालेर राप्रपा वडा सदस्यका उम्मेदवारलाई एमालेका कार्यकर्ताले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र फिर्ता लिन नमानेपछि उम्मेदवारसहित परिवारमाथि नै आक्रमण भएको उल्लेख गरेका छन्। मियाको परिवारका सात जना सदस्यमाथि एमालेले आक्रमण गरेको राप्रपाको दाबी छ। ‘यस घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न राप्रपा जोडदार माग गर्दछ,’ प्रवक्ता श्रेष्ठले निकालेको विज्ञप्तिमा उल्लेख छ। यसैगरी रुकुम पश्चिमको…

Read More