काठमाडौं – नेपालले जिम्बाबे ए विरुद्धको अन्तिम एकदिवसीय खेलमा जितका लागि २१४ रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको जिम्बाबे एले ३२.१ ओभरमा २१३ रन बनाउँदा सबै विकेट गुमाएको हो ।
नेपालका लागि डेब्यू म्यान किशोर महतोले ५ विकेट लिएका थिए ।
विस्फोटक सुरुवात गरेको जिम्बाबेलाई रोक्न नेपाललाई ज्यादै गाह्रो भएको थियो । नेपालका लागि महतो बाहेक अन्य बलर खासै प्रभावशाली बन्न नसकेको आजको खेलमा कप्तान सन्दीप लामिछाने सर्वाधिक असफल बने । उनले ६ ओभरमा ५६ रन दिएर कुनै विकेट लिन सकेनन् ।
नेपालका लागि करण केसी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे ।
Facebook Comments Box