Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकाले हालै प्रस्ताव गरेको १० बुँदेबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले नेपालमा अमेरिकी भित्राउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेत लागेको आरोप लगाए । ‘एमसीसी सम्झौता सैन्य मोर्चा भनेर हामीले विरोध गरेका थियौं । त्यतिबेला अमेरिकी सेना कसरी आउँछ भनेर साथीहरु भन्नुहुन्थ्यो । अहिले सरकारले १० बुँदे सम्झौता गर्न लागेको छ । त्यसमा नेपाली सेनाको व्यारेक अमेरिकी सेनाले प्रयोग गर्ने । नेपाली हल्का वायुयान अमेरिकाले प्रयोग गर्ने, उत्तरी क्षेत्रमा सैन्य अभ्यास गर्ने, अमेरिकाले ल्याउने सामानमा कर छुट दिने भन्ने छ,’ उनले…

Read More

काठमाडौं – सुनको मूल्य मंगलबार तोलामा एक हजार ८०० रुपैयाँले घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार ८०० रुपयाँले घटेर ९७ हजार १०० रुपैयाँमा नेपाली बजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा किनबेच भएको हो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम गरिएको छ । त्यस्तै चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ

Read More

सुर्खेत – सुर्खेतमा शनिबारदेखि पेट्रोल अभाव भएको छ । सुर्खेतका पाँचवटा आयल स्टोरमा सोमबार अपराह्न २० हजार लिटर आपूर्ति भए पनि अझै सहज बनेको छैन । वीरेन्द्रनगरका शङ्खर, गङ्गामाला, नारायण, दीपमाला र बुलबुले पेट्रोलपम्पमा आपूर्ति भएको उक्त परिमाणको पेट्रोल सोमबार नै सकिएको छ । यहाँका पम्पमा आज बिहानैदेखि मोटरसाइकल, स्कुटर र अटोरिक्सा चालकको बाक्लो भीड लागेको छ । प्रहरीले इण्डियन आयल कर्पोरेशनद्वारा नयाँ ‘एक्जिम कोड’ लागू गर्दै इन्धन बोकेका ट्याङ्करलाई नेपाल–भारत सीमा रुपैडियामा रोकेपछि सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव चुलिएको हो । नेपाल आयल निगम इन्धन डिपो कार्यालय बाँकेका प्रमुख दीपकप्रसाद घिमिरेले इन्धन आयात सहज बन्दै गएको बताउनुभयो । “भन्सार प्रक्रियाको…

Read More

काठमाडौं – सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका दुई जना विदेशी नागरिक २४ दिनदेखि सम्पर्कविहीन भएका छन् । गएको जेठ ५ गते खुम्बु आएका भारतीय नागरिक ३१ वर्षीय सिरनाथ चन्द्र मोहन र कोरियन नागरिक ५० वर्षीया योहन सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद साहका अनुसार जेठ ५ गते मन्जो चेकपोष्टमा इन्ट्रि भएर आधारशिविरतर्फ गएका उनीहरु त्यसयता सम्पर्कमा आउन सकेका छैनन् । भारतीय नागरिक सम्पर्कविहीन भएको भन्दै खोजीका लागि सहयोग गरिदिन भारतीय दूतावासबाट टेलिफोन आएको र कोरियन नागरिक परिवारको सम्पर्कमा नभएका खबर प्राप्त भएको प्रहरीले जनाएको छ । उनीहरु गाइड विना नै खुम्बु घुम्न गएका…

Read More

एजेन्सी – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड पोजेटिभ भएको छ । आफ्नो अवस्था सामान्य रहेको पनि प्रधानमन्त्री ट्रुडोले बताएका छन् । प्रधानमन्त्रीले कोभिड खोप लगाइसकेका छन् । प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य निर्देशन पालन गरेर क्वारेन्टिनमा बसेको जनाएका छन् । उनले कोभिड खोप नलगाएकाहरूलाई पनि खोप लगाउन आह्वान गरेका छन् । ‘कोभिड १९ परीक्षण गर्दा मलाई पोजेटिभ देखिएको छ । म सार्वजनिक स्वास्थ्य दिशानिर्देशन पालना गर्दैछु र अलग्गै बस्नेछु । खोप लगाइसकेकाले मेरो अवस्था सामान्य छ । तपाईहरूले कोभिड खोप नलगाएको भए लगाउनुहोस । बुस्टर डोज लगाउनुहोस’, ट्रुडोले एउटा ट्वीटमा भनेका छन् । ट्रुडोलाई यसअघि जनवरीमा कोभिड भएको थियो ।

Read More

काठमाडौं – पिपुल्स पावर कम्पनी लिमिटेडले असार ८ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ६ लाख ३२ हजार ६०० कित्ता सेयरमध्ये इलाम नगरपालिका–१ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेक इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता निष्कासन गर्न लागेको हो । आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असार २२ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ सर्वसाधारणमा सार्वजनिक…

Read More

दाङ – महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एक जना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले बताए । बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ‘एक घरमा गएर महिलालाई हातपात गरेपछि उहाँलाई अहिले हाम्रो नियन्त्रणमा राखेका छौँ,’ प्रहरी निरीक्षक स्वारले भने, ‘घटनाबारे बुझिरहेका छौँ ।’

Read More

महेन्द्रनगर – शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ । अप्टिकल फाइबरमा अवरोध हुँदा नेटवर्कमा समस्या आएको हो । टेलिकमको जिएसएम मोबाइलमा नेटवर्क नहुँदा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने समस्या छ । अप्टिकल फाइबरमा ब्रेक हुँदा सेवा सञ्चालनमा अवरोध आएको टेलिकम महेन्द्रनगर शाखाका प्रमुख प्रितम भट्टले जानकारी दिनुभयो । सेवा सञ्चान नहुँदा सेवाग्राही समस्यामा परेका छन् । अप्टिकल बे्रक भएका ठाउँमा मर्मत चलिरहेको टेलिकम अत्तरिया शाखाका वरिष्ठ इञ्जीनियर प्रकाश भट्टले बताउनुभयो । अम्मरपुर–कलुवापुर खानेपानी उपभोक्ता समिति र झलारीमा सहरी विकास आयोजनाले निर्माण गरिरहेको सडकमा अप्टिकल फाइबर धेरै ठाउँमा…

Read More

काठमाडौँ – आज साँझ चार बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले मन्त्रालयका नियमित एजेन्डामाथि छलफल तथा निर्णय गर्दै छ । परिषदको नियमित बैठक सोमबार र विहीवार बस्ने गरेको छ । यसबाहेक अन्य केही राजनीतिक र सामान्य प्रशासनिक निर्णय पनि हुन सक्ने बालुवाटार प्रशासन स्रोतले जनाएको छ । ‘हुन्छ नै त भन्न सकिएन तर ४ बजेसम्म केही होला कि भन्ने छ’, ती स्रोतले भने । आजको बैठकले रिक्त एक सचिव पदमा बढुवासमेत गर्न सक्ने भनिए पनि बढुवा सिफारिस समितिको पूर्ण बैठक बसी नसकेकोले प्रस्ताव नै पेस हुन नसकेपछि आजलाई बढुवा रोकिने भएको छ । सोमबार प्रारम्भिक बैठक…

Read More

विराटनगर – संघीय सरकारले राष्ट्रिय अभियानका रूपमा कार्यान्वयन गरेको ‘राष्ट्रिय परिचयपत्र’ विवरण सङ्कलन मोरङको उत्तरी क्षेत्र मिक्लाजुङ गाउँपालिकामा सुरुआत गरिएको छ । सो गाउँपालिकामा रहेका नौवटा वडामध्ये प्रत्येकमा चारवटाका दरले केन्द्र राखी आगामी १५ दिनसम्ममा विवरण सङ्कलन गरिने छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले परिचयपत्र विवरण सङ्कलन अभियानको सोमबार शुभारम्भ गर्दै सरकारले सुरु गरेको यो अभियान घरदैलोमा आइपुगेकाले सबैलाई सेवा लिनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले दिने सबै प्रकारका सेवा यस परिचयपत्रमा समावेश हुने भएकाले नेपाली नागरिकता भएका सबै नेपालीलाई परिचयपत्र बनाउन आग्रह गर्नुभयो । जिल्लाको १७ पालिकामध्ये सातवटा पालिकामा परिचयपत्रका लागि विवरण…

Read More