Author: महेन्द्रनगर पोष्ट

दार्चुला – स्थानीय तह निर्वाचन २०७९ पश्चात् मार्मा गाउँपालिका गाउँकार्यपालिकाको पहिलो बैठक सम्पन्न भएको छ । मार्मा गाउँकार्यपालिकाको सभाहलमा बसेको बैठकले लटिनाथ क्याम्पसलाइ आंगिक क्याम्पस बनाउन पहल गर्ने, चालु तथा निर्माणाधीन अवस्थामा रहेका सडक पूरा गर्ने र थप सडकको लागि आवश्यक बजेट माग गर्ने, दुई वर्ष भित्र उज्यालो मार्मा घोषणा गर्न प्रत्येक घरधुरिमा बिधुतको पहुँच पुर्याउने, आगामी दुई वर्ष भित्र प्रत्येक घरधुरिमा खानेपानीको धारा पुर्याउने लगायत विभिन्न ३१ वटा निर्णय गरेको मार्मा गाउँपालिका प्रवक्ता धिरेन्द्र सिह धामीले जानकारी दिनुभयो । मार्मा गाउँकार्यपालिकाको प्रथम बैठकले विभिन्न समिति गठन गरेको छ । बिधान समिति संयोजकमा जमन सिंह धामी, पालिका प्रवक्तामा धिरेन्द्र सिंह…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह आफ्नो पदभार ग्रहण गरेलगत्तै सैनिक मुख्यालय जंगी अड्डा पुगेका छन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भेट्न पुगेका मेयर बालेनले भेटमा विपद व्यवस्थापन लगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरे । यस्तै प्रधानसेनापति शर्माले नवनिर्वाचित मेयर बालेनलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

Read More

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । ३० वैशाखमा भएको निर्वाचन परिणाम २ स्थानीय तहबाहेकका आइसकेपछि गठबन्धनको बैठक बसेको हो । गठबन्धन दलहरूबीच निर्वाचनमा भएको तालमेललाई लिएर गठबन्धनकै केही दल असन्तुष्ट छन् । जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र जनमोर्चा असन्तुष्ट रहेका हुन् । जारी बैठकमा सम्पन्न निर्वाचनमा एकअर्कालाई सहयोग/असहयोग गरेको विषयमा पनि समीक्षा हुनेछ । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी…

Read More

काठमाडौं – सरकारले तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो । आयोगका सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने छन् ।

Read More

काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको अध्यक्षतामा पहिलो बैठक लाइभ सुरु भएको छ । आज बिहान बालेनले मेयर पदको शपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार सभाको बैठक लाइभ गर्ने निर्णय गरेका थिए । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेर पदभार ग्रहण गरेका थिए ।

Read More

काठमाडौं – बक्स अफिसमा अत्याधिक व्यापार गर्न सफल भैरहेको नेपाली चलचित्र ‘कबड्डी ४’ को मुख्य नायिका हुन मिरुना मगर । चलचित्रले सफलता हासिल गर्न थालेपछि हलहलमा दर्शकलाई भेटन टिमसंगै पुगेकी मिरुना काठमाडौमा अवस्थित सिभिल मलमा आइतबार साझ पुगेकी थिइन । त्यहाँ उनलाई एक ब्यक्तिले गलत तवरले छोएर दुव्र्यवहार गरेका हुन् । लामाको पहिरनमा देखिएका सो व्यक्तिलाई अभिनेत्री मिरुनाले थप्पड समेत हानेकी छन् । गलत ब्यवहारले आवेशमा आएकी उनले सो ब्यक्तिलाई थप्पड हानिसकेपछी ‘अबदेखी कोहि केटिलाई त्यसरी छोइस् भनेनी तेरो यो युनिफर्म उतार्दिन्छु’ भन्दै त्यही सबैमाझ माफी समेत माग्न लगाईन् । भएको जुन घटनाको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भैरहेको छ…

Read More

एजेन्सी  – इजिप्टमा आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर एक २१ वर्षीय बेहुलाको मृत्यु भएको छ । इजिप्टको अलेक्जान्ड्रियामा यही २५ मेमा साथीले अकस्मात चलाएको गोली लागेर बेहुलाको मृत्यु भएको हो । साथीहरूले बेहुलालाई लिएर अगाडि बढ्दा उत्सवको रुपमा बन्दुक पड्काइएको थियो । गोली लागे लगत्तै बेहुला भुइँमा ढलेका थिए । गोली लागेर गम्भीर घाइते बनेका बेहुलालाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषित गरेका थिए । मध्यपूर्वका विभिन्न भागमा उत्सव मनाउँदा बन्दुक पड्काइन्छ । विवाह र इन्गेजमेन्टको सन्दर्भमा बन्दुक पड्काउनुलाई भने दुई परिवारलाई जोड्ने शक्ति र सम्मानको प्रतीकको रूपमा हेरिन्छ । तर, यस परम्परागत अभ्यास निकै खतरनाक मानिएको छ…

Read More

काठमाडौं – चार सांसदले कानुन संशोधन गरि बलात्कारका घटनाको उजुरी दिने हदम्याद हटाउनुपर्ने संकल्प प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गरेका छन् । नेपाली कांग्रेसका सांसदहरू डिला संग्रौला, प्रमिला राई, सुजाता परियार र रंगमती शाहीले सोमबार संसद सचिवालयमा उक्त संकल्प प्रस्ताव दर्ता गरेका हुन् । उनीहरूले ‘हदम्याद सम्बन्धी व्यवस्थामा पीडितले उजुरी गर्न नसक्नुको भरपर्दो र मनासिव कारण देखाएमा दर्ता गरि अनुसन्धान गर्न सक्ने गरि कानुन संसोधन गर्ने,’ संकल्प प्रस्ताव दर्ता गराएका हुन् । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ उपदफा २ मा रहेको उजुरी दिने हदम्याद सम्बन्धि व्यवस्था परिवर्तन गर्नुपर्ने समय आएको भन्दै संकल्प प्रस्ताव दर्ता गराएका हुन् । उनीहरूले बलात्कार…

Read More

काठमाडौं – जेठ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले १० वटा निर्णय गरेको छ । सोमबार बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरे । मन्त्रिपरिषद् बैठकले गणतन्त्र दिवसका अवसरमा १६ जनाको कैद माफि गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि विभिन्न नियमावली संसोधन गर्न स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए । निर्णयहरु :१) बेल्जियमको राजधानी ब्रसेलसमा विं.स २०७९ जेठ १८ र १९ आयोजना हुने ग्लोवल समिट २०२२ टर्निङ द टाइड चाइल्ड सेक्सुअल अभ्युज अनलाइन कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सोलनी सिंहलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने ।२) नेपाल बैंक लिमिटेडको स्वामित्वको सुर्खेत जिल्लामा रहेको जग्गा…

Read More

काठमाडौं – प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिनुभयो । संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गर्दा भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताउनुभयो । घटनाको जाँचबुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइने महानिर्देशक अधिकारीले विश्वास दिलाउनुभयो । घटनास्थल जोमसोम विमानस्थलबाट ८ नटिकल माइल दूरीमा पर्छ । उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरे भन्ने भिरमा ठोक्किँएर दुर्घटना…

Read More