Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले विदेशीलाई अपार्टमेन्ट किन्न दिन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले विदेशीलाई अपार्टमेन्ट किन्न दिन नहुने भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराएकी हुन् । बजेटमा सीमा अतिक्रमण र भूमि फिर्ता ल्याउने विषय उल्लेख नभएको उनको भनाइ छ ।

Read More

काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि नियन्त्रण गर्न र देशकै आर्थिक संकट टार्न सक्ने कार्यक्रम नभएको बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेट मूल्यवृद्धि नियन्त्रण, देशकै आर्थिक संकट टार्नेदेखि जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने खालको नरहेको बताए । आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको बजेटको स्रोतसमेत खुलाउन नसकेको भन्दै उनले बजेटमा सञ्चालानमै नरहेको हेटौँडा उद्योगको कपडा लगाउने कार्यक्रम रहेको र सो उद्योग चलाउने विषयमा मौन रहेको बताए । बजेटमा भ्रष्टाचार नियन्त्रण, सुशासनका विषयमा उल्लेख नै नभएको भन्दै उनले युवालाई विदेश पहलायन…

Read More

रसुवा – चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढी र तातोपानीमा सञ्चालन हुने ट्रक कन्टेनरको ढुवानी भाडा बढाइने भएको छ । सवारी इन्धनको निरन्तर मूल्यवृद्धि भएसँगै नेपाल ट्रक कन्टेनर ढुवानी सेवाले चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढी र तातोपानीमा सञ्चालन हुने ट्रक कन्टेनरको ढुवानी भाडा वृद्धि गर्ने भएको हो । नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले रसुवा र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई २५ जेठदेखि लागू हुने गरी रसुवागढी र तातोपानी नाकामा सञ्चालन हुने ट्रक(कन्टेनरको ढुवानी भाडा समायोजन गरिएको पत्र पठाएका छन् । समायोजन गरिएको ढुवानी मूल्यअनुसार टिमुरेदेखि काठमाडौंसम्म रेडिमेडको एक लाख ५ हजार र स्याउको ८५ हजार भाडा निर्धारण…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ   । राजधानीको कुमारी हलमा आयोजित प्रशिक्षणमा माओवादीले एक सय २१ स्थानीय तहका प्रमुखसहितका जनप्रतिनिधिहरूको सहभागी रहेको जनाइएको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा देशभरबाट माओवादी केन्द्रबाट विजयी भएका जनप्रतिनिधिहरु सहभागी भएका छन् । २ दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । पार्टी अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठले नननिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएका छन् । उक्त अवसरमा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, बर्षामान पुन, दिनानाथ शर्मा, देवेन्द्र पौडेल, लिलामणि पौडेललगायतको उपस्थिति थियो । हालै सम्पन्न…

Read More

काठमाडौं – देशका विभिन्न ठाँउमा ५ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं, जाजरकोट, सिरहा, सुर्खेत र मोरङमा पाँच जना मृत अवस्थामा फेला परेका हुन् । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक खहरे डेरा गरी बस्ने ४६ वर्षीय श्याम सुन्दर पोखरेल आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । जाजरकोटको शिवलय गाउँपालिका–६ पानीमुला बस्ने २७ वर्षीया दुर्गा वुढा ९शाही० सोही ठाउँस्थित आफ्नै कोही नबस्ने घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । बिहीबार दिउँसोदेखि घरबाट आफूखुसी हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त घरको कोठामा शव फेला परेको हो । सिरहाको लहान नगरपालिका–७ बस्ने ३५ वर्षीय सुखिया गोसाई आफ्नै घरभित्र…

Read More

मनाङ – हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई सङ्घीय सरकारबाट रु ३७ करोड ३६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार पालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो । सबैभन्दा बढी मनाङ प्रवेश पालिका नासों गाउँपालिकालाई रु१९ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । चामे गाउँपालिकालाई रु१६ करोड ९७ लाख, मनाङ ङिस्याङ गाउँपालिकालाई रु१६ करोड ४४ लाख र नार्पाभूमि गाउँपालिकालाई रु १४ करोड २४ लाख बजेट विनियोजन भएको मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीनारायण यादवले जानकारी दिए । सङ्घीय सरकारले सशर्त, विशेष अनुदान, समपूरक अनुदान, राजस्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने…

Read More

बैतडी – डिलासैनी गाउँपालिका–४ नुवाकोट भन्ने स्थानबाट दुई थान भरूवा बन्दुक सहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोगडाकेदार गाउँपालिका–८ बस्ने ४० वर्षीय हिक्मत बहादुर बिष्ट र डिलासैनी गाउँपालिका–४ नुवाकोट बस्ने २१ वर्षीय राजेन्द्र बहादुर बिष्ट रहेका छन् । प्रहरी चौकी धामीगाँउबाट खटिएको प्रहरीले उनीहरूलाई चौसालको जंगलबाट दुई वटा जंगली घोरल मारी ल्याउँदै गरेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । वन कार्यालयसँग समन्वय गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं – भद्रपुरका लागि काठमाडौंबाट उडेको जहाज आकासबाटै काठमाडौं फर्किएको छ । बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटिएपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो । विमान सकुशल काठमाडौं विमानस्थलमा अवतरण गरेको छ । अब प्राविधिक जाँच गर्ने प्रवक्ता सिटौलाले बताए ।

Read More

काठमाडौं – साताको चौथो दिन बुधबार पनि बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ८ सयले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बुधबार २० रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं — गृहमन्त्रालयले सशस्त्र प्रहरीकी इन्सपेक्टर अञ्जु गुरुङलाई स्पष्टीकरण सोधेको छ । बिदा नलिई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकी डाक्टर गुरूङलाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको हो । एपीएफ अस्पताल बलम्बुमा कार्यरत डाक्टर गुरूङ गत चैत १ गतेदेखि कार्यालयमा अनुपस्थित छिन्। बिना सूचना लामो समयदेखि अनुपस्थित रहेको, सम्पर्क स्थापित गर्न नसकिएको र पदीय जिम्मेवारी तथा आचरणविपरीत कार्य गरेको देखिएकोले उनलाई सेवाबाट हटाउने तयारी गरिएको छ। भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी गुरूङलाई सेवाबाट हटाउने गृह मन्त्रालयको तयारी छ। विभागीय कारबाही गर्न नपर्ने कारण भए सात दिनभित्र कारणसहित सफाइ पेश गर्न उनलाई गृह मन्त्रालयले सचिवस्तर निर्णय गर्दै सूचना प्रकाशित गरेर जानकारी…

Read More