Author: महेन्द्रनगर पोष्ट

काठमाडौं-पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।४ हजार ५४३ नमुना परीक्षण गर्दा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा ४०९ संक्रमित निको भएका छन् । हालसम्म ९८.४ प्रतिशत संक्रमित निको भइसकेका छन् । शनिबार कोरोनाबाट संक्रमितको मृत्यु भएको छैन। हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९५० जनाको मृत्यु भएको छ ।हाल देशभर ३ हजार ५९५ सक्रिय संक्रमित रहेका छन्।

Read More

कैलाली-धनगढीमा एक्सपर्ट ग्राण्ड एजुकेशन फेयर २०२२ हुने हुने भएको छ। एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको आयोजनामा आगामी शुक्रवार चैत ७ गते धनगढीमा एजुकेशन फेयर हुने धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ। धनगढीको रुवस होटेलमा हुने शैक्षिक सम्मेलनमा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूले भाग लिन सक्ने र उनीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीका प्रबन्ध निर्देशक दीपेन्द्र चौधरीले जानकारी दिए। उनले अभिभावकहरू पनि आउन सक्ने बताए। शैक्षिक सम्मेलनमा विदेशका विभिन्न विश्वविद्यालयहरूका प्रतिनिधिहरूको पनि सहभागिता रहनेछ।

Read More

काठमाडौँ-सत्ता गठबन्धन दल आवद्ध संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकोप्रति आपत्ति जनाएको छ। सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेसबाहेकका अरु चार दलका विद्यार्थी संगठनले शनिबार विज्ञप्ति जारी गरी मूल्यवृद्धि जनताको हितविरुद्ध भएको भन्दै फिर्ता लिन आग्रह गरेको छ । ‘जनतालाई राहत दिनेतर्फ नसोची पटकपटक गरिएको मूल्यवृद्धि जनहित विरुद्धमा छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अर्कोतिर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि देखाएर जनताका दैनिक उपभोग्य समानमा समेत कालोबजारी व्यापक भइरहेको छ। हामी नेपाल सरकार र नेपाल आयल निगमसँग विगतमा संयुक्त विद्यार्थी संगठनसँग गरिएका सम्झौता तत्काल कार्यान्वयन गरी पछिल्लो समय गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन जोडदार माग गर्दछौं।’

Read More

वासिङ्टन – चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ। नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा छ र हाल घटनाको मूल्याङ्कन गरिरहेको छ, अमेरिकी मरीन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई भनेका छन् । यसअघि नर्वेली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो । अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धार कार्यमा सहयोग गरिरहेको छ, प्रवक्ताले भने। अमेरिकी मरीन कोर्प्सका प्रतिनिधिले ओस्प्रे विमानले एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नाटो सैन्य अभ्यासमा भाग लिइरहेको पनि बताए।

Read More

काठमाडौं – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा पुन: स्थगित गरेको छ । आयोगले ८ चैतदेखि उपप्राध्यापक पदको परीक्षा गर्ने तयारी गरेको थियो । तर ‘विज्ञापन नं. ७०१/०७७/०७८ देखि ८२५/७७/०७८ सम्मको पदमा पदपूर्ति नगर्न भनी सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको भन्दै अनिश्चितकालका लागि परीक्षा स्थगित गरिएको हो ।

Read More

झापा – दमक–८ का मेघराज राई खेलकुदका माध्यमबाट कीर्तिमानी बन्न चहान्थे । विशेषगरी म्याराथनमा अब्बल राई एक दशकदेखि खेलकुदमै संघर्ष गरिरहेका छन् । उनी मोफसलमा हुने साना ठूला प्रतियोगितामा सहभागी बन्छन् । साथै दुई वर्षदेखि उनी नयाँ सोचका साथ अघि बढिरहेका थिए । ‘दुई वर्षअघि नयाँ सोच आयो । काठमाडौं टु दमक म्याराथन गर्ने,’ राई भन्छन्, ‘कुनै न कुनै दिन यो सोच पूरा गरेर नयाँ कीर्तिमान राख्छु भन्नेमा थिएँ ।’ लक्ष्यअनुसार उनले दुई वर्षदेखि दैनिक दुई घण्टा अभ्यास गर्दै आएका थिए । उनको यही पूरानो सपना शनिबार साकार भएको छ । उनले काठमाडौंको दशरथ रंगशालादेखि दमकसम्मको ४०८ किलोमिटर दूरी दौडेरै…

Read More

बेइजिङ – चीनमा कोभिडका कारण दुई जनाको मृत्यु भएको छ । एक वर्षपछि पहिलो पटक कोभिडका कारण मृत्यु भएको जनाइएको छ । कोभिडको नयाँ भेरियन्टका कारण चीनमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । दुबै मृत्यु उत्तरपूर्वी प्रान्त जिलिनमा भएको देशको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । कोभिडबाट सो प्रान्त बढी प्रभावित छ । कोभिडपछि सो प्रान्तका विभिन्न सहरहरुमा लकडाउन र अन्य कडा प्रतिबन्ध लगाइएका छन् । चीनमा कोभिडका कारण अहिलेसम्म ४ हजार ६३८ जनाको मृत्यु भएको । शनिबार चीनमा एकै दिन ४ हजार ५१ जना नयाँ संक्रमित देखिएका थिए । यो अघिल्लो दिनभन्दा तुलनात्मक रुपमा थोरै सख्ंया हो । शुक्रबार ४…

Read More

काठमाडौं – प्युठानबाट दाङ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ३० यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताए। ‘दुर्घटना साढे १२ बजेतिरको हो र अहिले पनि स्थानीय तथा प्रहरी मिलेर उद्धारको कार्य जारी छ,’ डिएसपी थापाले भने। प्युठानको अरङखोला ढिका वनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस शनिवार मध्याह्न दुर्घटना भएको हो। दुर्घटनाका घाइतेलाई उद्धार गरी स्वास्थ्य चौकीमा पुर्‍याउने कार्य जारी रहेको डिएसपी थापाले बताए। दुर्घटनाको कारण खुल्न सकेको छैन।

Read More

सर्लाही – सर्लाहीको कविलासीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । कविलासी नगरपालिका–६ जमुनियास्थित भित्री सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल ठोक्किएका थिए। दुर्घटनामा भारतीय नम्बर प्लेट बीआर ३० क्यू ५२९२ नम्बरको मोटरसाइकल चालक कविलासी नगरपालिका–२ निवासी २८ वर्षीय धर्मेन्द्र रामको ज्यान गएको हो । यसैबीच, शुक्रबार सर्लाहीको बागमतीमा तीव्र गतिको मोटरसाइकल म्याजिक भ्यानमा ठोकिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ। पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको ना.१ ज २५०५ नम्बरको म्याजिक र विपरीत दिशाबाट…

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको चुनावलाई दृष्टिगत गर्दै यही चैत २८ गतेदेखि ‘जनताको माझमा राप्रपा’ भन्ने मूल नाराका साथ घरदैलो कार्यक्रम गर्ने भएको छ । देशैभर एकैपटक सञ्चालन गरिने उक्त कार्यक्रम सबै जिल्ला सदरमुकाममा आमसभा तथा कोणसभा गरी शुभारम्भ गरिने महामन्त्री भूवन पाठकले जानकारी दिए । उक्त कार्यक्रमका लागि पार्टीले केन्द्रीय पदाधिकारीका साथै केही अग्रज नेतालाई ७७ जिल्लामा प्रतिनिधिका रुपमा खटाएको र ती प्रतिनिधिको अध्यक्षतामा चैत २७ गते सबै जिल्लामा विस्तारित बैठक बस्ने जनाइएको छ । बैठकले घरदैलोका लागि समूह निर्माण, आसन्न चुनावमा जिल्लामा संगठनको अवस्था, उम्मेदवार छनोटका विधि, स्थानीय तहको आवश्यकताअनुसार अन्य राजनीतिक दलसँगको तालमेलको सम्भावनाबारे…

Read More