Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । यसअघि पार्टी सचिवालयले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई आज बसेको स्थायी कमिटीले अनुमोदन गरेको उहाँले बताउनुभयो । “उचित समयमा बजेटको काम सकिएपछि हामीले नयाँ मन्त्री पठाउनेछौँ”, उहाँले भन्नुभयो । यस्तै बैठकले राष्ट्रिय हितमा प्रतिकूल पार्ने कुनै पनि किसिमका सन्धि सम्झौता गर्न नदिने र सरकारले त्यो कुरामा सजक गराइने निर्णयसमेत गरेको उहाँले जानकारी दिनुभयो । पार्टीले…

Read More

रौतहट – सशस्त्र प्रहरीले रौतहटको सीमावर्ती क्षेत्र बंकुल चौकबाट नेपाली र भारु नक्कली नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाको टोलीले आज बिहान भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोटसहित पक्राउ गरेको हो । पक्राउ परेका सक्सेनाको साथबाट नेपाली एक हजार दरका ५० थान, भारु २ हजार दरका २३ थान र भारु ५ सय दरकख १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी छिनमस्ता बाहिनी बर्दिबासका प्रमुख डिआईजी गणेश ठाडा मगरले बताए ।

Read More

सुर्खेत – सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ८ बजेदेखि सेवा सुरु गरेको छ । राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको सङ्ख्या बढेपछि बिहानैदेखि सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारीले बताए । यहाँ पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ । राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि राष्ट्रिय परिचयपत्र बनाउने बढेका हुन् ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लाग्यो भनेर राष्ट्रवादको झुटो प्रचार भइरहेको बताएका छन् । रितबहादुर खड्का स्मृति दिवसका अवसरमा पेरिस डाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अमेरिकासँग सैन्य सम्झौता हुँदैछ भन्ने प्रचार झुटो रहेको र त्यो कुनै पनि हालतमा नहुने दाबी गरेका छन् । प्रचण्डले भने, ‘अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार हुँदैछ । हिजो जसले आत्मसमर्पण गरेर आज उनीहरू नै एसपीपी हुँदैछ रे भनेर भइनै सक्यो जसरी प्रचार गर्दै छन्, त्याचे बिल्कुल झुटो हो । गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन र हुँदैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ…

Read More

काठमाडौं – समयमै काम सम्पन्न नगर्ने २० ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिविद्धताबमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरेको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा(१) अनुसार उनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । यी हुन् कालो सूचीमा परेका कम्पनी तथा ठेकेदार :

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा कृषि र पशुपन्छी क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण र बजारीकरणलाई मुख्य प्राथमिकता दिएको छ । प्रदेशसभाको बुधबारको बैठकमा सरकारका आर्थिक मामिलामन्त्री प्रकाश रावलले प्रस्तुत गर्नुभएको आव २०७९/८० को बजेटमा ‘आत्मनिर्भर कृषिः प्रदेशको समृद्धि’, नमूना गाउँ आफैँ बनाऔँ, ‘प्रदेश सरकारः कृषकको अभिभावक’, ‘एक खेतमा तीन बालीः उत्पादन वृद्धि गराँै यसपालि’ जस्ता आकर्षक नारासहित कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण, सामूहिकीकरण र बजारीकरणमा प्राथमिकता दिइएको छ । यसैगरी ‘मेरो उत्पादनः प्रदेशको पहिचान, कृषि आयमा वृद्धिः किसानको समृद्धि’ माटो जोगाऔँः उत्पादन बढाऔँ, गोठदेखि ओठसम्म स्वच्छ दूध’जस्ता नारासहित कृषि पशुपन्छी गतिविधि सञ्चालनसम्बन्धी कार्यक्रम बजेटमा समेटिएको छ । …

Read More

जनकपुर – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षमा चार पाङ्ग्रे सवारीसाधन खरिद नगर्ने दाबी गरेको छ । मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को विनियोजन विधेयक पेश गर्दै सवारीसाधन खरिदमा रोक लगाइएको बताएका हुन् । ‘आगमी आर्थिक वर्षमा सरकारी कार्यालयका लागि चार चक्के सवारी साधान खरिद गरिने छैन,’ मन्त्री साहद्वारा प्रस्तुत बजेटमा भनिएको छ । संघ र प्रदेश सरकारहरुले खर्च कटौती र सवारीसाधन खरिद नगर्ने घोषणा हरेक वर्ष गर्ने गर्छन् । तर, सवारीसाधन खरिद रोकिँदैन ।

Read More

काठमाडौं – आज असार २ गतेदेखि सयपत्री हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई ३ लाख कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङ्ग जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानिय बासिन्दा. २, ३, ४ र ६ का बासिन्दाहरुका लागि यस आइपीओ निष्कासन गरेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जनाएको छ । आवेदन दिने अन्तिम म्याद असार १६ गतेसम्म…

Read More

काठमाडौं – नेकपा एमालेले पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ। एमाले सचिवालय बैठकले जनप्रतिनिधिलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार बिहीबार र शुक्रबार जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुनेछ। अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नेछन्। त्यसपछि एमाले स्कुल विभागले जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम छ।

Read More

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एसपिपी (स्टेट पार्टनरसीप प्रोगाम) स्वीकार्य नहुने बताएका छन्। उनले एसपीपी स्वीकार्य छैन भन्ने प्रष्ट कुरा अमेरिकालाई बताउनुपर्ने पनि उल्लेख गरेका छन्। ‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ, एसपीपी हामीलाई स्वीकार्य छैन,’ बुधबार ट्वीट गर्दै उनले भनेका छन्, ‘कांग्रेसको धारणा पनि यही हो।’ उनले कांग्रेस पार्टी र कांग्रेस नेतृत्वको सरकारको पनि धारणा एसपिपी अस्वीकार्य भन्ने रहेको बताएका छन्। ‘हामी साझा ढंगले प्रष्ट छौं। समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य,’ उनले भने। यसैबीच कांग्रेसका अर्का महामन्त्री गगन थापाले पनि एसपीपी आवश्यक नरहेको बताएका थिए। उनले संसदमा उभिएर ‘प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै शैलीमा एसपीपी सम्झौता हुँदैन, हुँदैन,…

Read More