Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – अर्थ मन्त्रालयमाथि उठेका प्रश्नको मन्त्री जनार्दन शर्माले जवाफ दिने विषय आजको संसद् बैठकको कार्यसूचीमा परेको छैन । संसद् बैठकमा प्रतिपक्षी दलका सांसदहरूले बजेट निर्माणका क्रममालाई लिएर अर्थ मन्त्रालयमाथि विभिन्न प्रश्न उठाएका थिए । तर, आज जारी संसद् बैठकमा ती प्रश्नको जवाफ दिने विषय कार्यसूचीमै राखिएको छैन । आजको बैठकमा तीन वटा कार्यसूची रहेका छन् । तीमध्ये विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूको छलफलमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । कार्यसूचीमा ११ वटा मन्त्रालयको बजेट शीर्षकमा उठेका प्रश्नको जवाफ दिने विषय उल्लेख भए पनि अर्थ मन्त्रालय राखिएको छैन । यसअघि सम्भावित कार्यसूचीमा भने अर्थ मन्त्रालय पनि…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध गर्न ९ वटा कम्युनिस्ट दलले माग गरेका छन् । नेकपा–क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगयातले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका भ्रमणको क्रममा प्रधानमन्त्री देउवबाट राष्ट्रघाती सम्झौताहरू हुन सक्ने भन्दै उनको भ्रमण रद्ध गर्न माग गरेका हुन् । राष्ट्रको अहितमा कुनै प्रकारका सन्धि सम्झौतामा हस्ताक्षर नगर्न पनि माग गरिएको छ । विज्ञप्तिमा अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि अमेरिकाको हस्तक्षेप एकाएक बढेको र त्यसको सहजकर्ता प्रधानमन्त्री देउवा भएको उल्लेख छ । गठबन्धनका अन्य दलहरू पनि अमेरिकी हस्तक्षेपको विरोध गर्नुको सट्टा चाकडी गर्नमा व्यस्त रहेको आरोप लगाइएको छ ।…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)सम्बन्धी सम्झौतामा हस्ताक्षर नगर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान देउवासँग भेट गर्दै प्रचण्डले हिन्द–प्रशान्त सैन्य रणनीतिको एक अङ्‍गको रूपमा एसपीपी रहेको भन्दै उक्त सम्झौतामा हस्ताक्षर कुनै पनि हालतमा नगर्न सुझाएका हुन् । प्रचण्डको प्रमुख स्वकीय सचिव रमेश मल्लकाअनुसार प्रचण्डले देउवालाई एसपीपी नेपालको राष्ट्र हितविपरीत रहेको बताए । प्रचण्डले सुझाव दिनुभन्दा पहिले ‘एसपीपी सम्झौतामा हस्ताक्षर गर्न लाग्नु भएको हो ?’ भन्दै प्रश्न गरेका थिए । जवाफमा देउवाले राष्ट्र हितविपरीतका काम नगर्ने र राष्ट्रको शिर निहुर्‍याउने गरीका कुनै सन्धि सम्झौतामा हस्ताक्षर…

Read More

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ स्थानबाट प्रहरीले एक राउण्ड गोली बरामद गरेको छ । सर्लाही हरिपुर नगरपालिका–७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहको ब्यागमा मंगलबार साँझ गोली भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु सिंहको ह्याण्ड ब्यागेज एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला परेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

Read More

ओखलढुङगा – ओखलढुङगाको चम्पादेवी गाउँपालिका–७ फुलवारी टोलका एकै घर परिवारका ४ जनाले जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ भने २ जना बिरामी भएका छन्। जेठ २८ गते आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका स्थानीय ९३ वर्षीया मनमाया विष्ट, निजको छोरा २७ वर्षीय राजन विष्ट, राजनको श्रीमती २४ वर्षीया ढक कुमारी लामिछाने र व बर्षीया छोरी सरिस्मा विष्ट बिरामी भएका थिए। च्याउ खाएर बिरामी भएका चारै जनालाई उपचारको लागी मिसन अस्पताल ओखलढुङगा पठाइएकोमा उपचारको क्रममा ढक कुमारी लामिछानेको सोही अस्पतालमा मृत्यु भएको थियो। अन्य तिन जनालाई थप उपचारको लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएकोमा उपचारको क्रममा मनमाया विष्टको ३१ गते…

Read More

दार्चुला – दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगडा लेकगाउँका रामसिंह धामीलाई जेठ ५ गते गाउँकै पूर्णसिंह धामीले विजय जुलुसको भिडियो मागे । पूर्णसिंह भारतको बैङ्ग्लोरमा बस्छन् । उनी रामसिंहका नातामा काका पर्छन् । काकाले भिडियो मागेपछि उनले गाउँपालिका अध्यक्षमा विजयी भएका नेकपा (माओवादी केन्द्र)का दलजितसिंह धामी र आफ्नो गाउँ रहेको वडा नम्बर – ६ मा पनि सोही पार्टीबाट विजयी राजेन्द्रसिंह बोहरालगायतका भिडियो फुटेज म्यासेन्जरमै पठाए । विजय जुलुसको भिडियो फुटेज पठाउँदा उनले झुक्किएर एउटा ‘अश्लिल भिडियो’ पनि झुक्किएर पठाए । उक्त ‘अश्लिल भिडियो’ थियो – गाउँकै १७ वर्षीया युवतीको । जुन युवती पूर्णसिंहले नचिन्‍ने कुरै भएन । यसपछि उनले गाउँका अन्य युवाहरूलाई…

Read More

काठमाडौं – नेपाली बजारमा बुधबार सुनको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ मंगलबारको तुलनामा प्रतितोला ६ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९६ हजार रुपैयाँमा झरेको छ। महासंघका अनुसार बुधबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा हालसालै देखिएको मंकीपक्स भाईरस संक्रमणको अवस्था निकै असामान्य र चिन्ताजनक रहेको बताएको छ । संगठनका महानिर्देशक डा। टेड्रोस अधानोम गेब्रेयससले यस विषयमा छलफलका लागि आगामी हप्ता आपतकालीन समितिको बैठक बोलाउनुभएको छ । सो बैठकमा मंकीपक्स भाईरस संक्रमण अन्तर्राष्ट्रिय सार्वजनिक चिन्ताको विषय हुन सक्छ वा सक्दैन भन्ने विषयमा छलफल हुने बताइएको छ । हालसम्म ३९ देशमा फेला परेको मंकीपक्स १६ सय भन्दा बढीमा पुष्टि भईसकेको छ भने १५ सय बढीमा संक्रमणको आशंका गरिएको डब्ल्युएचओले जनाएको छ । यसरी तीब्र रुपमा संक्रमण फैलनुको मुख्य कारण शारीरिक सम्बन्ध नै रहेको दावी गरिएको छ । विश्व…

Read More

काठमाडौं – रोल्पा कारागारमा रहेका कैदीबन्दी सुन्दर हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे सत्यतथ्य बुझ्न गठन गरिएको छानबिन समितिले बुझाएको प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँणले बुझेका छन्। उनले प्रतिवेदनमा समेटिएका विषय कानूनअनुसार कार्यान्वयनको प्रक्रियामा लगिने पनि बताए। रोल्पा कारागारमा जेठ ४ गते कैदी हरिजनले आत्महत्या गरेको घटना सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाई नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनले दोषी औँल्याएकालाई कानूनअनुसार कारबाहीको प्रक्रिया सुरु गरिने उनले बताए। घटनाबारे छानबिन गर्न सहसचिव सेढाईको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट १७ जेठमा पाँच सदस्यीय समिति गठन भएको थियो। समितिले प्रतिवेदनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तत्कालीन अवस्थामा कारागार प्रशासनसँग सम्बद्ध कर्मचारीले कारागार ऐन र नियमावली तथा आफ्नो…

Read More

काठमाडौं – सात वटै प्रदेश सरकारले आज बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । प्रदेश सरकारहरुले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारहरुले बजेट ल्याउने तयारी गरेका हुन । सात वटै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् । संघीय सरकारले गत जेठ १५ गते प्रस्तुत गरको बजेटमा प्रदेशहरुमा जाने बजेटको सिलिङ तोकिसकेकाले सोही सिलिङभित्र रहेर उनीहरुले बजेट बनाउने गर्दछन् । स्थानीय आवश्यकता अनुसार बजेट बनाउनु पर्ने भए पनि प्रदेश सरकारहरुले पनि केन्द्रकै देखासिकी गर्दै वितरणमुखी बजेट नै बनाउने गरेका छन् ।

Read More