Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६५५ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ९८ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने हाल देशभर ११२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ११२ जना होम आइसोलेसनमा रहेका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५४७पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ…

Read More

धनगढी – भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै बेला निर्वाचित कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई कामकाजमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । उनलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी हुन रोक लगाउनुका साथै गाउँपालिकाको अध्यक्षको हैसियतमा कुनै पनि काम नगर्न नगराउन माग गर्दै अधिवक्ता वसन्त जैशीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उक्त रिटमा शुक्रवारका लागि पेशी तोकिएको छ । २०७४ सालमा मोहन्याल गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्ष हुँदा उपाध्यायविरुद्ध अख्तियारले भ्रष्ट्राचारसम्बन्धी मुद्दा दायर गरेको थियो । त्यसपछि निलम्बनमा परेका उपाध्यायले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनी निर्वाचित…

Read More

काठमाडौं – नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय तह सञ्चालनको कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा दुई दिनको प्रशिक्षण दिएको छ । पार्टीको निर्वाचनसम्बन्धी घोषणा पत्र, स्थानीय तह सञ्चालनसम्बन्धी कानुनी व्यवस्था, संघ, प्रदेश र स्थानीयको अधिकार क्षेत्रबारे, स्थानीय तहको बजेट निर्माण प्रक्रिया, अनुगमनका साथै जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धबारे नवनिर्वाचित जनप्रतिनिधिले कसरी बिषय उठान गर्ने भन्नेबारेमा नेकपा एमालेले प्रशिक्षण दिएको हो । बुढानीलकण्ठ नगरपालिकाबाट सुरु भएको स्थानीय तह सञ्चालनसम्बन्धी प्रशिक्षण काठमाडौँका ११ वटै नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई दिइएको एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले जानकारी दिए । बिहीबारदेखि सुरु भएको कार्यक्रममा २० देखि २१ गते बुढानिलकण्ठ…

Read More

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको बैठक आगामी असार १ गते बुधबार १ बजे बस्नेछ ।

Read More

काठमाडौं – प्रहरीको नियन्त्रणमा रहेका बञ्चरेडाँडाका स्थानीय रिहा भएका छन् । नुवाकोटको इलाका प्रहरी कार्यालय ककनीमा बुधबारदेखि नियन्त्रणमा रहेको बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, तपन उप्रेती र कृष्ण बजगाईंलाई प्रहरीले छाडेको हो । प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई बिहीबार बिहान १० बजे छाडेको नुवाकोटले जनाएकाे छ । बुधबार आन्दोलनकारीहरुले प्रहरी माथि हातपात र फोहोर बोकेका सवारी साधन तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

Read More

काठमाडौं – अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन चार दिने नेपाल भ्रमणमा आएका छन् । उनी अमेरिकी सेनाको विशेष विमानबाट दिल्ली हुँदै दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन् । नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी चलिरहेको र प्रधान सेनापतिको भ्रमण तय भइसकेको अवस्थामा उनी नेपाल भ्रमणमा आएका हुन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा शान्ति सैनिकहरू तैनाथ रहेका मुलुक हुँदै अमेरिका भ्रमण जानुपूर्व अमेरिकी सेनाका वरिष्ठ जर्नेल फ्लाएनले २६ देखि २९ असारसम्म नेपाल भ्रमण गर्ने तय भएको थियो । नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका अनुसार फ्लाएनको भ्रमण तय भए पनि प्रधानसेनापति शर्मासँग भेट…

Read More

गुल्मी – गुल्मीमा जेसीबीले फालेको ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ । बिहीबार बिहान गुल्मीको मुसिकोट नगरपालिका ३ मा सडक मर्मतका क्रममा जेसीबीले ढुंगा पन्छाउने क्रममा खसेको ढुंगाले लागेर स्कुल जाँदै गरेका एक बालकको ज्यान गएको हो । मृत्यु हुनेमा मुसिकोट– २ अर्मझा निवासी १४ वर्षीय बालक गगन रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गम्भीर घाइते बालकलाई थप उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएकोमा त्यही उनलाई मृत घोषणा गरिएको प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए । वडाध्यक्ष रायमाझीका अनुसार जेसीवीका चालक बोमबहादुर रानाभाट घटनालगत्तै फरार भएका छन् । जेसीबी मालिकलाई भने प्रहरी कार्यालयमा बोलाइएको डिएसपी…

Read More

काठमाडौँ – राष्ट्रिय दलित आयोगले दलित समुदायका विद्यार्थीको भर्ना नलिने शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुललाई स्पष्टीकरण सोधेको छ । आयोगले गुरुकुललाई पत्राचार गर्दै घटनाको सत्यतथ्य के हो भनेर जवाफ मागेको हो । आयोगका अध्यक्ष देवराज विश्वकर्माले बर्दियादेखि आएका बालकहरूलाई गुरुकुलले भर्ना नगरी फिर्ता गरेको विषय सञ्चारमाध्यमबाट बाहिर आएपछि पत्राचार गरेर प्रष्टीकरण माग गरेको बताए । ‘घटना बाहिर आउने बित्तिकै आयोगको ध्यानाकर्षण भएको छ, आयोगले गुरुकुललाई पत्राचार गरेर स्पष्टीकरण सोधेको छ भने पीडित परिवारसँग समेत सम्पर्क गर्ने प्रयास भइरहेको छ,’ उनले भने । बर्दियाको बारबर्दिया नगरपालिका–६ का चार जना दलित बालकहरू गुरुकुलमा भर्ना हुने पुगेका थिए । तर, गुरुकुलले बालकहरूलाई एक…

Read More

सुर्खेत – कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई जोड्ने दोस्रो पक्की पुल सञ्चालनको तयारीमा छ । सुर्खेतको चौकुने गाउँपालिका-१० र कैलालीको मोहन्याल गाउँपालिका-६ लाई जोड्नेगरी निर्माण थालिएको सडक पुलको काम अन्तिम चरणमा पुगेको छ हो । निर्माणको काम १५ प्रतिशत बाँकी रहे पनि सवारीसाधन भने उक्त पुलमा सञ्चालन गर्न सकिने निर्माण कम्पनी अनक कन्स्ट्रक्सनले बताएको छ । ५५० मिटर लामो उक्त पुलको निर्माण कार्य दशैंसम्म पूरा हुने कन्स्ट्रक्सनले बताएको छ । अनक कन्स्ट्रक्सनले नै बनाइरहेको पञ्चपुरी नगरपालिका र मोहन्याल गाउँपालिका जोड्ने कुहिने पुल पनि केही समयमा सञ्चालनमा आउने तयारीमा छ। कुहिने पुल कर्णाली र सुदूरपश्चिम जोड्ने तेस्रो पुल हो । यो…

Read More

काठमाडौं – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला खोल्न माग गर्दै प्रदर्शन गरेको छ । कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयबाहिर अनेरास्ववियुका कार्यकर्ताले तालाबन्दी खोल्न माग गर्दै प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेसको विद्यार्थी संगठनले त्रिभुवन विश्विद्यालयमा तालाबन्दी गरेको साढे ४ महिना भन्दा बढी समय भइसकेको छ । तर अहिलेसम्म तालाबन्दी नखुल्दा विश्वविद्यालयको काम प्रभावित भएको अनेरास्ववियुले जनाएको छ । विद्यार्थीहरुले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध पनि नाराबाजी गरेका छन् । उनीहरुले त्रिविको गुण्डागर्दी बन्द गर, विश्वविद्यालय शान्ति क्षेत्र कायम गर जस्ता नारा लगाएका थिए । अनेरास्ववियुले बुधबार एक विज्ञप्ति जारी गरी विश्वविद्यालयको ताला तीन दिनभित्र नखोले तोड्ने चेतावनी दिएको थियो ।

Read More