Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : भरतपुरको एक सहकारी संस्थाका कर्मचारीले ग्राहकको घर गएर बालिकामाथि यौन दुर्व्यवहार गरेका छन् । भरतपुरमा रहेको गणेशस्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कर्मचारी विष्णुप्रसाद कँडेलले कार्यालयबाट पैसा उठाउन जाँदा ग्राहकको घरमा गएर बालिकामाथि यौन दुर्व्यवहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ४६ वर्षका कँडेलले कार्यालयको सेवा क्षेत्रमा पर्ने एक ग्राहकको घरमा ऋणको किस्ता उठाउन जाँदा ऋणीको घरमा नगई उनको दिदीको घरमा गएर दिदीको छोरीमाथि यौनजन्य दुर्व्यवहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनमा १७ वर्षीया किशोरीकी आमाले दर्ता गरेको जाहेरी अनुसार असार १८ गते मङ्गलवार दिउँसो करिब साढे २ बजेतिर कँडेल किशोरी एक्लै हुँदा उनको…

Read More

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दुई ठूला पार्टीले खुसुक्क सहमति गर्नु उचित नभएको बताएका छन्। अध्यक्ष नेपालले महत्वपूर्ण राष्ट्रिय सरोकारका विषयमा दुई पार्टीले खुसुक्क सहमति गर्नु उचित नहुने बताएका हुन्। महत्वपूर्ण राष्ट्रिय सरोकारका विषयमा व्यापक परामर्श गरेर मात्रै अगाडि बढ्नुपर्ने अध्यक्ष नेपालले बताए । कांग्रेस र एमालेले गरेको सहमतिप्रति लक्षित गर्दै अध्यक्ष नेपालले भने, ‘दुइटा पार्टीले खुसुक्क सहमति गर्ने उचित होइन। यो तरिकालाई जायज भन्न सकिँदैन। संविधान संशोधनलगायत कुराहरू छन्, १२/१३ वटा पार्टीहरू छन् उनीहरूलाई बोलाएर परामर्श गरेको भए बिग्रन्थ्यो ?’ उनले एकीकृत समाजवादीको राष्ट्रिय राजनीतिमा रहेको भूमिकालाई कसैले ‘माइनस’ गर्न नसक्ने पनि बताए। अहिलेको सरकारले संसदको…

Read More

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमेशराज जोशी र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई बिदाइ गरेका छन् । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच उनीहरूलाई बिदाइ गरिएको हो । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यवसायिकता, संगठनप्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारिताको उच्च प्रशंसा गरे । प्रहरी महानिरीक्षक कुँवरले संगठनमा सक्रिय सदस्यको रूपमा रहँदा योग्य, अनुशासित, अनुभवी र निष्ठावान् सदस्यको रूपमा आफूलाई परिचित गराउँदै सेवा अवधि सफलतापूर्वक पूरा गरेकामा बधाई दिए । संगठनले सुम्पिएका…

Read More

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी आफूहरूलाई नभएको बताएका छन् । सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठकमा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् । सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाल प्रहरीको सहकारी ठगी प्रकरणको अनुसन्धानमा संलग्न अधिकारीहरूले सहकारी नियमनको काम नेपाल प्रहरीको नभएको उनले बताए । गृहसचिव एकनारायण अर्यालसहित उपस्थित बैठकमा प्रहरी अधिकारीहरूले सहकारी ठगी प्रकरणमा मुछिएका २९४ जना मात्रै पक्राउ गरिएको र ८५६ जना फरार रहेको पनि समितिलाई जानकारी गराएका थिए । त्यसक्रममा प्रहरीले अनुसन्धानको यो प्रक्रियाबाट सहकारी पीडितले न्याय पाउने सम्भावना नदेखिएको पनि प्रहरी अधिकारीहरूको निष्कर्ष रहेको विशेष…

Read More

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट)मा राख्ने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको बोर्ड बैडकले सन्दीपलाई ए ग्रेडमा राख्ने निर्णय गरेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन् । क्यानले बोर्ड बैठकमा गरेको निर्णयहरू केही समयमा सार्वजनिक गर्ने चन्दले जनाए । बलात्कारको मुद्दा लागेसँगै सन्दीप २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणमा थिएनन् ।

Read More

काठमाडौं : बलात्कार आरोपितलाई अदालतले जोगाउन खोजेको भन्दै जाजरकोटकी सराकुमारी शाही पुनः आन्दोलनमा उत्रिएकी छन् । विवाहको प्रलोभनमा पारेर प्रहरी जवान भुपेन्द्र सिंह ठगुन्नाले जबर्जस्ती करणी गरेको उनको आरोप छ । त्यसविरुद्ध कानुनी लडाई लडिरहेकी साराकुमारी सडक संघर्ष पनि गरिरहेकी छन् । यसैबीच उच्च अदालत, पाटनले भुपेन्द्रलाई जेल पठाउन नमिल्ने मिसिल सर्वोच्च अदालत पठाएपछि उनी पुनः सडकमा ओर्लिएकी हुन् । आजदेखि माइतीघर मण्डलामा धर्ना बसेकी उनले ठगुन्नालाई जेल नपठाएसम्म धर्ना जारी राख्ने बताइन् । जुनिचाँदी गाउँपालिका-९ घर भएकी साराकुमारी पढाइको सिलसिलामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ मा बसोबास गर्दै आएकी छिन् । सुर्खेत बहुमुखी क्याम्पसमा स्नातकोत्तर अध्ययनरत उनको टिकटकमार्फत भुपेन्द्रसँग चिनजान भएको…

Read More

काठमाडौं: नेकपा (एकीकृत समाजवादी)का नेता प्रेमबहादुर आले चर्चित पात्र हुन्। डोटीबाट निर्वाचित माननीय समेत रहेका उनी चाहे मन्त्री हुँदा होस् या प्रतिनिधि सभा सदस्य। जहिल्यै उनी चर्चामा रहे। अहिले पनि पार्टीको महाधिवेशन छोडेर भारत पस्दै नेपाल फर्केपछि फेरि उनको चर्चा सुरु भएको छ। करिब ८ महिनादेखि आफू पार्टीमा निष्क्रिय रहेको भन्दै उनले नेकपा एस छाडेको बताएका छन्। सोही कारण उनी एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटीमा पनि परेका छैनन्। उनी भन्छन्, “यो पार्टीको राजनीतिक दिशा भएन, नेताहरूको हिम्मत पनि देखिएन,” आलेले भने, “त्यहीकारण म यो पार्टीमा विगत आठ महिनादेखि सक्रिय छैन। यस बीचमा म भारत भ्रमण गरेर फर्किएको छु।” बिहीबार…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य जोखिमको न्यूनिकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । उक्त अवसरमा प्रधानमन्त्रीले नेपाल प्राकृतिक बिपत्तिको उच्च ज‍ोखिमयुक्त देश भएकाले तीनवटै सुरक्षा अंगहरूको समन्वयात्मक पहलमा विपद् व्यवस्थापनको पूर्वतयारीको व्यवस्थित काम गर्न निर्देशन दिए । प्रधानमन्त्रीले भने, ‘राजनीतिमा उतारचढाव भइरहन्छ। तर, सरकार र राज्यका निकायहरूले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन। नेपाल यसै पनि विपदका दृष्टिले उच्च जोखिमयुक्त देश हो। त्यसमाथि यस वर्ष मौसम आक्रमक हुने पूर्वानुमान छ। त्यसैले…

Read More

काठमाडौँ: प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन्। त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ। सत्ता साझेदार प्रमुख घटक नेकपा (एमाले) ले नेपाली कांग्रेससँग नयाँ समीकरण बनाएर सरकार गठन गर्ने सहमति गरेपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ। तापनि, दाहालले राजीनामा नदिएर संसद फेस गर्ने भएका छन्।

Read More

काठमाडौं: निरन्तरको झरिले पहिरो खस्दा सुदूरपश्चिमस्थित बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जयपृथ्वी राजमार्गको जालेबगर र तमैलमा पहिरोसँगै सडक माथिबाट ठूल्ठूला ढुगां खसेपछि राजमार्ग अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बझाङले अहिले जालेबगरको पहिरो स्काभेटर लगाएर पन्छाउने काम भइरहेको जनाएको छ। तमैलमा भने मेसिनले हटाउन नसक्ने ठूला ढुंगा खसेको कारण वैकल्पिक उपायको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए। बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र राजमार्ग बन्द भएपछि जिल्लाभरीको आवागमन प्रभावित भएको छ।

Read More