कञ्चनपुर: नेकपा (एमाले) का पोलिटव्युरो सदस्य राजेन्द्र सिंह रावलले नेताहरुका बीचमा अविश्वास बढाएर द्धन्द्ध फैलाउन खोज्नेहरुसँग कार्यकर्ताले सर्तक हुनुपर्ने बताएका छन्।
नेकपा (एमाले) बेल्डाँडी गाउँ कमिटीको प्रथम पूर्ण भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रावलले नेताहरुलाई आपसमा भिडाएर फाइदा लिन खोज्नेहरुलाई पछिल्ला गतिविधि मार्फत जवाफ दिइसकेको पनि बताए।
‘राजेन्द्र रावल र निरु पाललाई झगडिया देखाएर आफ्नो स्वार्थको रोटि सेक्न खोज्नेहरुलाई हामीले जवाफ दिइसकेका छौँ,’ उनले भने। पार्टीको जिल्ला र नगर अधिवेशनहरु सर्वसम्मत ढंगले गर्न सफल भएको उनले बताए।
‘कञ्चनपुरमा सर्वसम्मत सम्भव नै छैन भनेर जिस्काउथे,’ अर्का पोलिटव्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज निरु पालतर्फ हेर्दै रावलले भने, ‘हामीले जवाफ दियौं, इतिहास निर्माण ग¥यौं।’ कार्यक्रममा पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज पाल, केन्द्रीय सदस्यद्धय इन्दु कडरिया र कमला बोहरा, जिल्ला अध्यक्ष लक्ष्मी बुढा, सचिव पल्लवराज भट्ट, उपसचिवद्धय अशोक चन्द र राजिब खड्कालगायत नेताहरुको उपस्थिति रहेको थियो।