Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – अपर हेवाखोला जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर (आईपीओ) सार्वजनिक गरेको छ । कम्पनीले आजदेखि स्थानीयका लागि १०० रुपैयाँ अंकित ५ लाख कित्ता सेयर आवेदन खुलाएको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आजदेखि बिक्री खुलाइएको आईपीओमा जेठ २४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त अवधिमा माग अनुसारको आवेदन नपरेमा असार ८ गतेसम्म आवेदन दिन पाइने क्यापिटलले बताएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

Read More

काठमाडौं – सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । यससँगै आजै दिउसो चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने भएकी छन् । जेठ १० गते नीति तथा कार्यक्रम पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । जेठ १५ गते नयाँ बजेट आउँदै छ ।

Read More

काठमाडौं – नेपाली बजारमा लगातार तीन दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको जनाएको छ । जुन, पछिल्लो दुई दिनयता पनि सोही मूल्यमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको कारोबार मूल्य पनि स्थिर छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ तोकिएको छ ।

Read More

काठमाडौं – पोखरा महानगरपालिकाको दुईवटा वडाको मतगणनामा धाँधली भएको भन्दै एमालेका अध्यक्ष दिलीप न्यौपानेले मतगणनामा धाँधली भएको आरोप लगाउँदै आफूहरुले पुनः मतगणनाका लागि निवेदन दिएको बताए । उनले वडा नम्बर १८ को ९ भोट र ३१ को ३ भोट बाकसबाटै हराएको बताए । ‘मतगणनाको क्रममा बाकसभित्र हुनुपर्ने संख्यामा मतपत्र भएन । हामीलाई गम्भीर आशंका के भयो भने वडा नम्बर १८ को ९ वटा मतचाहिँ मतगणनाका क्रममा तलमाथि भयो’, निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणनाको निवेदन दिएपछि उनले भने, ‘त्यसकारण पनि मतगणना हुनुपर्छ भन्ने हाम्रो दाबी हो । यस्तै प्रकृति वडा नम्बर ३१ मा पनि देखिएको भन्दै उनले त्यहाँ पनि ३ मत…

Read More

चितवन – भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि विजयी भएकी रेणु दाहालले भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताएकी छन् । आज भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले विकासका अधुरा काम पूरा गर्ने र भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताएकी हुन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने उनले बताइन् । आफूले विगतमा गरेको कामको अनुमोदन भरतपुर महानगरवासीले गरिदिएको भन्दै उनले भनिन्, ‘योगदानमा कमी आउन दिने छैन, निराश हुन दिने छैन ।’ गठबन्धन भित्रै चुनौती भएतापनि भरतपुरमा गठबन्धनमा रहेका दलहरु इमान्दार भएको बताउँदै उनले भनिन्, ‘रेणु दाहाल हराउनकै लागि विपक्षीहरुले…

Read More

बारा – रौतहटको फतुवा विजयपुर नगरपालिकामा मुचुल्काकोभन्दा ४१ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ। बढी मतपत्र फेला परेपछि पुनस् मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणना स्थल बाहिर बिरोध प्रर्दशन गरेका छन् । फतुवा विजयपुर नगरपालिका-३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले मुचुल्का उठाएर पठाएको तथ्यांकभन्दा ४१ वटा बढी मतपत्र फेला परेको प्रमुख निर्वाचन अधिकृत नारायण प्रसाद वाग्लेले बताए । निर्वाचन आयोगले बाकसमा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्देशन दिएकाले आफूले मतगणना जारी राखेको निर्वाचन अधिकृत वाग्लेको भनाइ छ । नेकपा माओवादीका मेयरका उम्मेदवार अजय तिमल्सिनाले नेपाली कांग्रेसले सेटिङमा धाँधली गरेको आरोप लगाएका…

Read More

बारा – बारामा गुडिरहेको कारमा अचानक आगलागी भएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका-१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र२-०२-००१ च.०१६५ नम्बरको कारमा आगलागी भएको हो । आगलागीबाट कारमा पूर्ण रुपमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुदर्नशन थापाले बताए । प्रहरीका अनुसार कार जलेर नष्ट भए पनि मानवीय क्षति भने हुन पाएन । लालबन्दीबाट हेटौंडा जाँदै गरेको कारमा आज बिहान ५:३० बजे अचानक आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीयको सहयोगले ६:०० बजे आगो नियन्त्रणमा लिइएको थियो । कारको वायर सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गर्दैछ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको छ। नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी लोकप्रिय कार्यक्रमलागायतमा केन्द्रत हुनेछन्। सरकारले आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट सार्वजनिक हुनेछ। दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत भएपछि साँझ ६ बजे उक्त कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा टेबुल गर्नेछन्।

Read More

काठमाडौं – सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई रिक्त एआईजी पदमा सिफारिस गरेको हो । गौतमले ३ वैशाख २०५२ मा नेपाली सेनाको अधिकृतको रुपमा सेवा प्रवेश गरेका थिए ।

Read More

बाजुरा– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजबादी) पार्टी बाजुरामा दुई वडा सदस्यमै सीमित भएको छ । जिल्लाका ९ वटा स्थानीय तहका ६९ वडामध्ये समाजबादी दुई वडा सदस्यमै सीमित बन्न पुगेको हो । जिल्लाका बुढीग‌गा नगरपालिको मतपरिणाम नतिजा नआएको भए पनि बाँकी ८ पालिकाका ५९ वडामा नेकपा एकीकृत समाजबादी पार्टी दुई वडा सदस्यमै सीमित भएको छ । बुढीग‌गा बाहेकका सबै वडाको मतगणना सकिएको छ । निर्बाचन आयोगका अनुसार एकीकृत समाजबादीले जिल्लाको जगन्नाथ गाउँपालिका वडा न २ को खुला सदस्य र दलित महिला सदस्यमा मात्रै जितेको छ । नेकपा एकीकृत समाजबादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका वडा न २ को खुला सदस्यमा कृष्ण…

Read More