Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा (इपीएस टोपिक युबीटी–२०२२) यही जेठ १९ गतेदेखि सुरु हुँदैछ । परीक्षाका लागि परीक्षा केन्द्र तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपिएस कोरिया शाखाले परीक्षा केन्द्र ललितपुरको भैंसेपाटीस्थित सीबीटी भवनलाई कायम गरिएको जनाएको हो । परीक्षा पहिलो, दोस्रो र तेस्रो सिफ्टमा हुनेछ । जसमा पहिलो बिहान ८ बजेदेखि बायोमेट्रिक भेरिफाई र अभिमुखीकरण हुनेछ भने बिहान १० बजेदेखि परीक्षा शुरू हुनेछ । दोस्रो सिफ्टको परीक्षा साढे ११ बजेदेखि र तेस्रो सिफ्टको दिउँसो २ बजेदेखि परीक्षा सञ्चालन हुनेछ ।

Read More

कैलाली- कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन्द भट्टलाई ज्ञापन पत्र बुझाइएको छ । ‘गेटा मेडिकल कलेज संचालानार्थ संघर्ष समिति’ अत्तरियाले मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा तत्काल मेडिकल कलेज संचालनमा ल्याउनु पर्ने, मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडि बढाउनु पर्ने, मेडिकल कलेज संचालनका लागि आगामी आर्थिक बर्षमा आवश्यक बजेट विनियोजन गरिनु पर्ने लगायतका माग राखिएका छन् ।

Read More

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखाममा बलात्कारको शिकार बनेकी ११ वर्षीया बालिकाको उपचारदेखि भरणपोषणको व्यवस्था गरिदिन माग गरिएको छ । महिला अधिकारकर्मीले बलात्कारमा परेकी ११ वर्षीया बालिकाको उपचारदेखि भरणपोषणको व्यवस्था गर्नुपर्ने माग अघि सार्दै विहीबार भीमदत्त नगरका प्रमुख पदम बोगटी र उपप्रमुख निलम लेखक जोशीलाई ज्ञापन पत्र बुझाएका हुन् । महिला अधिकारकर्मी माया नेगीले बालिकामाथि करणी गर्न खोज्ने व्यक्तिले आत्महत्या गरेको अवस्थामा बालिकाको न्यायका लागि सरकारी निकाय गम्भिर हुनुपर्ने माग अघि सारेर स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको बताइन् । उनका अनुसार पीडित बालिकाको तत्काल स्वास्थ्य उपचार, सुरक्षा व्यवस्थापन गर्नुपर्ने, जीवन सुरक्षाका लागि निःशुल्क उच्च शिक्षा, भरणपोषण गर्नुपर्ने, समाजिक सुरक्षाको माग…

Read More

बैतडी- बैतडी सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकामा नगर बस सञ्चालन गर्न माग गरिएको छ । बिहीबार नेपाल विद्यार्थी संघले नगरप्रमुख पुष्करराज जोशी (लख्खाभाइ)लाई ज्ञापनपत्र बुझाउँदै नगरबस सञ्चालनको माग गरेको हो । नेपाल विद्यार्थी संघ नगर समन्वय समितिले बुझाएको ज्ञापनपत्रमा सर्वसाधारण नागरिक समस्यामा परेकोले नगर बस सञ्चालनको माग गरिएको छ । नगर बस सञ्चालन नहुँदा यातायात व्यवसायीहरुले सर्वसाधारण बाध्यतामा रहेका उल्लेख गरिएको छ । नगरपालिकाको पहिलो बजेटबाटै नगरबस सञ्चालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको नेपाल विद्यार्थी संघ दनपा समन्वय समिति संयोजक अमर टेरले बताए । यस्तै पेट्रोल पम्प सञ्चालन र अटोरिक्सा सञ्चालनको माग समेत गरिएको छ । यसअघि पनि पटकपटक माग गरेका…

Read More

कञ्चनपुर- कञ्चनपुरको राना थारु बाहुल्य क्षेत्र लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना निर्वाचित भए । स्थानीय तहको निर्वाचन अघि आफ्नो समुदायको पनि उपस्थिति हुनुपर्ने मागअघि सारेका राना थारु समुदायका नागरिक पालिकामा सम्मानजनक उपस्थितिले हर्षित छन् । “छ वडामा यहाँ तीन वडाध्यक्षसहित राना थारुको उपस्थिति सम्मानजनक छ”, अध्यक्ष रानाले भनिन्, “प्रतिनिधित्व भएअनुसारको काम पनि देखाउने छौँ।” मुलुकमै कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारु समुदाय यहाँको कृष्णपुुर, लालझाडी, बेल्डाडीमा पालिका अध्यक्ष तथा उपप्रमुखको जिम्मेवारीमा आएका छन्। “वडाध्यक्ष त प्रायः पालिकामा राना थारु समुदायका नागरिक आएका छन्”, उनले भनिन्, “अघिल्लो निर्वाचनभन्दा यसपटक हाम्रो नेतृत्वदायी उपस्थिति पनि छ।” लालझाडी गाउँपालिकाका अध्यक्ष राना यसअघिको…

Read More

बाजुरा- बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । चुनाव निष्पक्ष नभएको ठहर गर्दै निर्वाचन आयोगले वैशाख ३० को निर्वाचन कार्यक्रम रद्द गरी पुनः निर्वाचन गर्ने निर्णय गरेको हो । आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाई अरु कर्मचारी पठाएर निर्वाचनको वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । उनीहरुलाई निर्वाचन कसुर अनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ । नगरपालिकाका कूल दश वटा वडामध्ये ६ वटा वडामा विवाद थियो। २, ३, ४, ५, ७ र ९ नम्बरमा रहेका मतदान केन्द्रमा स्वतन्त्र मतदान हुन नसकेको स्थानीयको भनाइ छ…

Read More

डोटी- विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउ गोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला वर्ष २२ की सविता बलायरलाई अब त मान्छे भएर बाँच्न पाइएला कि भन्ने आश जागेको थियो। महिनावारी अर्थात् रजस्वला भएको बेला राख्न बनाइएका गोठहरूमा बस्दा अनेक समस्यासँग जुधेका उनीजस्तै यहाँका महिलाका अनुहारमा छाउगोठ धमाधम भत्काउँदा जुन खुसी छाएको थियो, अहिले पुरानै अवस्थामा फर्कनु पर्दा अझ निराश बनाएको छ। उनी भन्छिन्, ‘त्यतिबेला हामीलाई राख्नैका लागि गोठ बनाइएका थिए, अहिले गाईभैंसी र बाख्राका खोरमा बस्नुपरेको छ। झन पशुजस्तै भएका छौं।’ महिलालाई मध्य तथा सुदूरपश्चिमका जिल्लामा वर्षौंदेखि कायम रहँदै आएको छाउपडी प्रथाको विरूद्ध जनचेतना अभिवृद्धिदेखि छाउ भएकी महिलालाई…

Read More

कैलाली- कैलालीको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिको बैठक सम्पन्न भएको छ । समितिका कार्यवाहक अध्यक्षसमेत रहेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको अध्यक्षमा बसेको बैठकले सरकारलाई सञ्चालनको प्रारुप तत्काल तय गर्न लेखेर पठाउने निर्णय गरेको छ । बैठकले शिक्षा मन्त्रालयलाई तत्काल प्रारुप तय गर्न लेखेर पठाउने निर्णय गरेको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए । कानूनी प्रक्रिया टुंगो लगाएर मोडालिटी तय गर्न शुक्रबार शिक्षा मन्त्रालयलाई लिखित रुपमा आग्रह गरिने उनले बताए । गेटामा मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार तयार गरिएको छ । तर सरकारले अहिलेसम्म सञ्चालनको प्रारुप भने टुंगो लगाएको छैन । मेडिकल कलेजको…

Read More

काठमाडौं – सर्वोच्च अदालतले पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला उल्ट्याएको छ । महान्यायाधिवक्ता कार्यालयले ११ साउन २०७७ मा श्रीमती गीता ढकालको हत्यामा दोषी ठहर गरेकोमा कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कैद सजाय घटाउन गरेका फैसलाविरुद्ध पुनरावलोकन रिट दायर गरेकोमा कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले फैसला उल्ट्याएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । उनका अनुसार कोइरालाले पूरा २० वर्ष नै जेल बस्नुपर्नेछ । उनी अहिलेसम्म साढे ८ वर्षमात्र कैद बसेका छन् ।

Read More

दार्चुला – केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला तुइन विस्थापन कार्यक्रम अन्तर्गत महाकाली नदीमा निर्माण गरिएका दुई वटा झोलुङ्गे पुल संचालनमा आएका छन् । व्यास गाउँपालिका–६ बडूगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा निर्माण सम्पन्न पुल विहिवार उद्धघाटन गरिएको हो । नागरिकको सहजताका लागि निर्माण सम्पन्न दुबै पुलहरू नेपाल र भारतका अधिकारीहरुको उपस्थितिमा उद्घाटन आज उद्घाटन गरिएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारतको पिथौरागढ जिल्ला अधिकारी आशिष चौहान, महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसीर, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी, व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामी, सुरक्षाकर्मी, सञ्चारकर्मी र स्थानीयको उपस्थितिमा पुल उद्घाटन गरिएको छ । एकै प्याकेजमा निर्माण सम्पन्न सीमा पुल…

Read More