काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सार्वजनिक भएको न्यायाधीश र अधिवक्ता घुस डिल प्रकरणमा दोषीलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भन्दै न्याय परिषदमा निवेदन दर्ता गरेको छ ।
पार्टीको सुशासन विभागका प्रमुख तथा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेललाई पक्राउ गरी थप अनुसन्धान गर्न निवेदन दर्ता गराएको हो ।
शाहीले तत्काल उनीहरूलाई पक्राउ नगरे थप आन्दोलन गर्ने र सर्वोच्चमा रिट दायर गरिने चेतावनी दिए।
Facebook Comments Box