Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ। बालेका प्रतिद्वन्द्वी र गणना गर्न बाँकी मत झण्डै बराबर रहेपछि बालेनको जित सुनिश्चित मएको हो । २२ हजार ५६४ मत गणना हुन बाँकी रहँदा सत्ता गठबन्धन तर्फकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहलेसमेत आफ्नो हार स्विकार गरेकी छन् । मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता कायम गरेका बालेन र सिर्जनाबीच २० हजार ११० मतान्तर रहेको छ । जम्मा गणना भएको १ लाख ६८ हजार ४८७ मतमध्ये मेयरमा बालेनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६…

Read More

गण्डकी- कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी भएका छन्। स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि सुरु भएको मतगणनाको आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार प्रमुखमा आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पराजित गरेका हुन्। आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उनका निकटतम् प्रत्यासी थापाले ५२ हजार ८४८ मत ल्याए। यसैगरी प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ६७४, स्वतन्त्रका खडकराज पौडेलले तीन हजार ३०, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमप्रसाद गुरुङले ५४६ र विवेकशील साझाका सुशीला केसीले ३३८ मत प्राप्त गरे। पोखराको…

Read More

न्युयोर्क- अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । गोलीबारीमा बालबालिका र एक शिक्षकको मृत्यु भएको बताइएको छ। रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको राज्यका गभर्नरले जानाकारी दिए। उक्त विद्यालयमा सातदेखि ११ वर्षका बालबालिका अध्ययन गर्छन् । गभर्नर ग्रेग एबोटले गोलबारी गर्ने व्यक्ति पक्राउ परिसकेको बताएका छन् । कानुन पालना गराउने अधिकारीको कारबाहीमा उनी मारिएको प्रारम्भिक विवरणमा जनाइएको छ । राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।

Read More

बाजुरा- बाजुराको बुढीगंगा नगरपालिकामा फेरि मतदान कि मतगणना गर्ने भन्ने विषयमा निर्वाचन आयोगले स्थलगत अध्ययन प्रतिवेदनको अध्ययनपछि मात्रै निर्णय लिने भएको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगलाई बूढीगंगा नगरपालिकाको स्थलगत अध्ययन प्रतिवेदन प्राप्त भइसकेको छ । त्यहाँ आयोगका आयुक्त सगुनशम्शेर राणा संयोजकत्वको टोली गएको थियो । प्रतिवेदनको अध्ययनपछि प्रमुख निर्वाचन आयुक्तसँगै आयुक्तहरूको बैठकले के गर्ने भन्ने निर्णय लिने सहायक प्रवक्ता अर्यालले बताए । बुढीगंगा नगरपालिकामा फेरि मतदान गर्नुपर्ने नेपाली कांग्रेसले माग गरेको छ। नगरपालिकाका विभिन्न मतदान केन्द्रमा नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरेर फर्जी मत हालेको कांग्रेसको आरोप छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले ३० वैशाखमै विज्ञप्तिमार्फत…

Read More

काठमाडौं- सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान बनाएका छन् । ७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर) को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका हुन् । उनलाई मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

Read More

काठमाडौं- विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंबाट एक जना शिक्षक पक्राउ परेका छन् । कक्षा ११ मा अध्ययनरत एक जना विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । अधिकारीले कलेजका छात्रालाई दुर्व्यवहार गरेको भन्दै मङ्गलवार बिहान विद्यार्थीहरू आन्दोलित भएका थिए । त्यसपछि छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालाको प्रहरी वृत्तमा बोलाएको थियो । अभिभावक र विद्यार्थीलाई सोधपुछ गरेर शिक्षक अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरूले प्रहरी वृत्त गौशालाबाहिर केहीबेर प्रदर्शनसमेत गरेका थिए ।

Read More

काठमाडौं- ललितपुर महानगरपालिकाको प्रमुखमा चिरिबाबु महर्जन दोस्रो कार्यकालका लागि विजयी भएका छन् । ८५ हजार ९६५ मत खसेको ललितपुर महानगरमा महर्जन ४२ हजार ७२२ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५६० मत ल्याए । यस्तै उपप्रमुखमा एमालेकी मन्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन् । उनले गठबन्धनको तर्फबाट उपप्रमुख उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई पछि पारेकी हुन् । शाक्यले २५ हजार ८४ मत ल्याउँदा बज्राचार्यले १८ हजार ७५२ मत ल्याए ।

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका भित्रका जेष्ठ नागरिकले निजी अस्पतालमा पनि उपचारमा सहुलियत पाउने भएका छन् । मंगलवार धनगढी उपमहानगरपालिका र नेपाल निजी अस्पताल संघबीच उक्त सम्झौता भएको हो । उपमहानगरपालिकाका मेयर गोपाल हमालको अध्यक्षतामा बसेको दुवै पक्षबीचको बैठकले ७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिकलाई निःशुल्क ओपीडी सेवासहित रोग निदान परीक्षण र बेड चार्जमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । यस्तै उनीहरुलाई औषधिमा पनि ५ प्रतिशत छुट दिने सम्झौता भएको निर्णयमा उल्लेख गरिएको छ ।

Read More

काठमाडौं- कीर्तिपुर नगरपालिकामा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । प्रहरीका अनुसार किशोरी आइतबार राति बलात्कृत भएकी हुन् । किशोरी बलात्कारको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पाँगाका २१ वर्षीय विक्की महर्जनलाई पक्राउ गरेको छ । मंगलबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको हो । किशोरीलाई विवाह गर्छु भनि ललाईफकाई आइतबार राति आफ्नै कोठामा ल्याई महर्जनले बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Read More

बझाङ- बझाङमा एक सहकारी संस्थाबाट पाँच लाख रुपैयाँ चोरी भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका–२ स्याँडीस्थित बित्थडचिर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट पाँच लाख २१ हजार ८०५ रुपैयाँ चोरी भएको हो । सहकारीको भवनको मूलढोकाको ताला फोडी अज्ञात समूहले कोठामा रहेको सेफलाई सहकारी संस्थाको भवनदेखि अन्दाजी २०० मिटर टाढा लगी तोडफोड गरी सेफमा रहेको उक्त नगद चोरी गरी फरार भएको बताइएको छ । चोरीमा संलग्नहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Read More