काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एबं पुर्वमन्त्री प्रकाश शरण महतले लगानीकर्ताका माग सम्बोधन गर्न प्रधानमन्त्रीले अर्थमन्त्रीलाई निर्देशन दिइसकेको बताएका छन् ।
प्रवक्ता महतले भने ‘प्रधानमन्त्रीले लगानीकर्ताहरुका जायज मागहरु पुरा गर्न अर्थमन्त्रीलाई निर्देशन दिईसक्नु भएको छ अब छिट्टै लगानीकर्ताहरुको माग सम्बोधन हुन्छ लगानीकर्ताहरुको मागप्रति सरकार सकारात्मक छ ।’
अर्को प्रसंगमा बोल्दै महतले भने ‘सेयर कर्जामा जसरी ४/१२ को क्याप लगाईएको छ वास्तवमा त्यो आवश्यक नै छैन यो खारेज नै हुनुपर्छ ।’आइतबार अनसनरत लगानीकर्ता तिलक कोईरालालाई भेट्दै महतले लगानीकर्ताहरुको माग सम्बोधनका लागि पहल गर्ने बताएका थिए ।
Facebook Comments Box