Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – रौतहटको मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका वडा नम्बर २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका वडा नम्बर २ स्थित श्री मावि भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका लुटपाट भएको थियो । एक समूहे मतदान स्थगित भएको अवस्थामा मतदान केन्द्रभित्र प्रवेश गरी सुरक्षाकर्मीको पहुँचमा रहेको मतपेटीका लुटेर फरार भएका थिए । प्रहरीले सो घटनाका मुख्य अभियुक्त चन्देश्वर बैठा भएको दाबी गरेको छ । अभियुक्तलाई घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जनाएको छ…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टा ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको २८७४ जनाको नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर १२ जना कोरोना संक्रमित कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिलेको अवस्थामा नेपालमा १४९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका ४ मा राप्रपाका उम्मेदवार मनोज जैसी निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको निर्वाचन परिमाण अनुसार राप्रपाका जैसीले एमालेलका खुसिराम पौडेललाई ११६को मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । जैसीले ४७५ मत ल्याएर विजयी भए भने एमालेका पौडेलले ३५९ मत ल्याएर पराजित बने ।

Read More

कञ्चनपुर- कञ्चनपुरका पाँच पालिकाका नवनिर्वाचित प्रमुखले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश मदनबहादुर धामीले नवनिर्वाचित पालिका प्रमुखलाई सपथ ग्रहण गराएका हुन् । दुई गाँउपालिका अध्यक्ष र तीन नगरप्रमखलाई पद तथा गोपनियताका सपथ ग्रहण गराइएको हो । बेलडाँडी गाँउपालिका हरिचन्द राना, लालझाडी गाँउपालिका गाँउपालिका अध्यक्ष निर्मल राना, बेलौरी नगरपालिका मेयर पोतिलाल चौधरी, बेदकोट नगरपालिका मेयर भोजराज बोहरा र दोधाराचाँदनी नगरपालिका मेयर किशोर लिम्बुले सपथ लिएका हुन् । सपथ ग्रहण गराउँदै मुख्य निर्वाचन अधिकृत तथा न्यायाधीश धामीले संविधानले दिएका हक अधिकार प्रयोग गर्दै नागरिकलाई सेवा प्रवाह गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् । जिल्ला न्यायाधिशले…

Read More

जुम्ला – जुम्लाको एक नगरपालिका र सातवटा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले शुक्रबार चन्दनाथ नगरपालिकामा मेयर राजु सिहं कठायत, कनकासुन्दरीमा प्रमुख दामोदर आचार्य, सिजागाउँपालिका पूर्णप्रसाद धिताल, हिमा गाउँपालिका प्रमुख लक्ष्मण शाही , तिला गाउँपालिका प्रमुख मोतिलाल रोकाया, तातोपानी गाउँपालिका प्रमुख नन्दप्रसाद चौलागाई, गुठीचौरगाउँपालिका अध्यक्ष दानबहादुर बुढा र पातारासी गाउँपालिका प्रमुख पूर्णसिंह बोहराले शपथ ग्रहण गराएका हुन् । पालिकाका प्रमुखले उपाध्यक्ष ,वडाध्यक्ष , वडा सदस्यलाई शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ ।

Read More

धनगढी – कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ नगराउन निर्वाचन आयोगले निर्देशन दिएको छ । विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई शपथ नगराउन निर्देशन दिइएको हो । तत्कालीन वडा नं २ को वडाध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो । नेपाली काँग्रेसबाट वडा नं ३ को वडाध्यक्षमा निर्वाचित नन्दराम गिरीविरुद्ध पनि भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । भ्रष्टाचारको मुद्दा विचाराधीन भएका जनप्रतिनिधि चुनिएपछि शपथ के गर्ने भन्ने अन्योल रहेकै बेला आयोगले उनीहरूको मुद्दा विचाराधीन रहेको पत्र पठाउनाका साथै शपथ रोक्न निर्वाचन अधिकृतलाई निर्देशन…

Read More

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाबारे पछिल्ला दिनमा सार्वजनिक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसका दोषीलाई कानूनी कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराएका छन् । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा जारी रहेको छलफलकै क्रममा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सभामुखको ध्यानाकर्षण गराएका थिए। सांसद थापाको ध्यानाकर्षणका आधारमा सभामुख सापकोटाले यौन हिंसाका दोषीलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । केही वर्ष पहिले एक युवतीलाई मोडलिङका नाममा यौन हिंसा गरेको भन्ने विषय पीडितले नै सार्वजनिक गरेपछि दोषीलाई कारवाही गर्न माग गरिएको छ । सामाजिक सञ्जालमार्फत पीडित युवतीले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार…

Read More

काठमाडौं – सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको हो । मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार बढुवाको निर्णय गरेको मन्त्रीपरिषद् बैठकमा सहभागी एक मन्त्रीले बताए । वैशाख २१ मा गृह मन्त्रालयबका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले डिआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरेको हो । त्यस्तै सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) बसन्त लामालाई पनि एआईजीमा बढुवा गरेको छ । लामा भोलीदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।

Read More

काठमाडौं – कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार जारी प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी हुने क्रममा उनले बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन् । सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट आफू बलात्कारमा परेको घटना एक युवतीले सार्वजनिक गरेको विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै उनले बलात्कार सम्बन्धमा रहेको मौजुदा हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग माग गरेका हुन् । उक्त घटना सार्वजनिक भइसक्दा पनि दोषी पक्राउ नपरेको विषयमा…

Read More

काठमाडौं – प्रतिनिधिसभाको बैठक शुक्रबार पनि जारी छ । मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनको शुक्रबार चौथो बैठक बसिरहेको छ । उक्त प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । बुधबारबाट सुरु भएको सो छलफल शुक्रबार पनि चलेको हो । बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बैठकमा सहभागी हुन निर्देशन दिएका थिए । शुक्रबारको जारी बैठकमा मन्त्री शर्मा सहभागी छन् ।

Read More