कञ्चनपुर– कञ्चनपुरका पाँच पालिकाका नवनिर्वाचित प्रमुखले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश मदनबहादुर धामीले नवनिर्वाचित पालिका प्रमुखलाई सपथ ग्रहण गराएका हुन् । दुई गाँउपालिका अध्यक्ष र तीन नगरप्रमखलाई पद तथा गोपनियताका सपथ ग्रहण गराइएको हो ।
बेलडाँडी गाँउपालिका हरिचन्द राना, लालझाडी गाँउपालिका गाँउपालिका अध्यक्ष निर्मल राना, बेलौरी नगरपालिका मेयर पोतिलाल चौधरी, बेदकोट नगरपालिका मेयर भोजराज बोहरा र दोधाराचाँदनी नगरपालिका मेयर किशोर लिम्बुले सपथ लिएका हुन् ।
सपथ ग्रहण गराउँदै मुख्य निर्वाचन अधिकृत तथा न्यायाधीश धामीले संविधानले दिएका हक अधिकार प्रयोग गर्दै नागरिकलाई सेवा प्रवाह गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।
जिल्ला न्यायाधिशले पालिकाप्रमुखलाई सपथ खुवाउने र उनीहरुले उपप्रमुख वा उपाध्यक्षलाई सपथ ग्रहण गराउनुपर्ने कानूनी व्यवस्था छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे, जिल्लास्थित सुरक्षा निकाय प्रमुखलगायतको सहभागिता रहेको थियो ।
कञ्चनपुरका पाँच पालिकामा मत गणना सम्पन्न भइसकेको छ भने बाँकी पालिकाको गणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।