काठमाडौं – सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको हो ।
मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार बढुवाको निर्णय गरेको मन्त्रीपरिषद् बैठकमा सहभागी एक मन्त्रीले बताए ।
वैशाख २१ मा गृह मन्त्रालयबका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले डिआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरेको हो ।
त्यस्तै सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) बसन्त लामालाई पनि एआईजीमा बढुवा गरेको छ । लामा भोलीदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।
Facebook Comments Box