Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – पटकपटक महाधिवेशनको मिति सारेका भन्दै प्रेस युनियन आवद्ध असन्तुष्ट पक्षले काठमाडौंमा समानान्तर भेला आह्वान गरेका छन् । पूर्वनिर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेशन तीन महिनापछि अर्थात १३–१४ भदौमा सारिएको भन्दै असन्तुष्ट पक्षले समानान्तर भेला आयोजना गरेका हुन् । काठमाडौंस्थित अनुपम फुडल्याण्डमामा जारी भेलाले जेठ मसान्तभित्र महाधिवेशन गर्ने बारेमा छलफल गर्ने सचिव नकुल अर्यालले जानकारी दिए । ‘विगत ८ वर्षदेखि युनियनको महाधिवेशन हुन सकेको छैन, आजै उदघाटन गर्नुपर्ने अधिवेशन सारेर भदौ १३–१४ पुर्‍याइएको छ,’ अर्यालले भने, ‘महाधिवेशन गर्न अक्षम नेतृत्वको खिलाफमा बहुमत पदाधिकारीसहित केन्द्रीय सदस्यको भेलाले महाधिवेशनको मिति तय गर्नेछ ।’ वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष बाला…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई बधाई दिंदै प्रत्यासी सिर्जना सिंहले मतदातालाई धन्यवाद दिएकी छिन् । महानगरपालिकाको मतगणनाको नतिजा सार्वजनिक भएपश्चात सिंहले आफूले मत जित्न नसके पनि नगरवासीको मन जितेको बताएकी छिन् । उनले भनिन्, ‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें ।’ उनले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने र निर्वाचित मेयरलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धता पनि गरेकी छन् । मेयरकी प्रत्यासी सिंह ३८३४१ मतका साथ दोस्रो भएकी छन् ।

Read More

काठमाडौं –  काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले नगरवासीले दिएको अत्यधिक मतले आफू एकदमै खुसी भएको प्रतिक्रिया दिएका छन् । मेयरमा निर्वाचित भएका बालेनले अबको पाँच वर्ष आफ्नो सम्पूर्ण समय महानगरपालिकाको विकासका लागि दिने प्रतिबद्धता गरेका छन् । उनले आफ्नो क्षमता, ज्ञान र कुशलता काठमाडौंलाई पूर्ण विकासित र विश्वकै उत्कृष्ट सहर बनाउन लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘महानगरपालिकालाई मेरो सम्पूर्ण समय दिनेछु । महानगरपालिका बाहेक कुनै पनि काममा समय दिनेछैन’ उनले भने, ‘आफ्नो सम्पूर्ण क्षमता, लगनशीलता, क्षमता र ज्ञानलाई महानगरपालिका व्यवस्थित बनाउन, स्वच्छ, सफा र पूर्णविकसित विश्वकै उत्कृष्ट बनाउन लगाउनेछु ।’

Read More

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुखका लागि नवनिर्वाचित नगरप्रमुख बालेन्द्र शाह (बालेन) लाई पत्नी सबिना काफ्लेले बधाई दिएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत् बालेनलाई बधाई दिँदै अब मेरो बालेन हाम्रो बालेन भएको बताएकी छिन् । उनले निर्वाचन आयोगले बालेनलाई औपचारिक रुपमा विजेता घोषित भएलगत्तै घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन’ भन्दै प्रतिबद्धता समेत जनाएकी छिन् । उनले अगाडि लेखेकी छिन्, आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ । तिम्रो संयमता नै तिम्रो शक्ति हो…

Read More

काठमाडौं – विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ आउने भएको छ | धितोपत्र बोर्डले जेठ २० गतेदेखि सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति दिएको छ | यस कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन हुन लागेको हो | जसमा (५ % ) ७५ हजार कित्ता सामुहीक लगानी कोष र (४% ) ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले १३ लाख ६५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ । जेठ २० गतेदेखि खुल्ने आइपीओमा जेठ २५ गतेसम्म आवेदन दिन…

Read More

महेन्द्रनगर – भीमदत्त नगरपालिकाले उल्टाखाममा हिंसाबाट पीडित बालिकाका परिवारलाई रु पाँच लाख नगद सहयोग दिने निर्णय गरेको छ । भीमदत्तका नगरप्रमुख पदम बोगटीले बिहीबार पहिलो कार्यपालिका बैठकबाट सहयोग दिने निर्णय गराउनुभएको छ । कार्यपालिका बैठकले पीडित बालिकालाई उच्च शिक्षासम्म अध्ययनको जिम्मा लिने निर्णय पनि गरेको छ । नगरप्रमुखको सचिवालयका नायबसुब्बा नरेन्द्रदेव भट्टले कार्यपालिकाको पहिलो बैठकबाट नगद र शिक्षा अध्ययनका लागि जिम्मेवारी दिइने निर्णय गरिएको बताउनुभयो । “मुख्यरूपमा पीडित बालिकाका परिवारलाई सहयोग र शिक्षा अध्ययनका लागि जिम्मा लिने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक निर्वाचनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनेलगायतका निर्णय गरिएका छन्…

Read More

बैतडी- बैतडीको पुर्चौडी नगरपालिकाले सहिद परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ । नवनिर्वाचित नगरप्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहणलगत्तै यस्तो निर्णय गरेका हुन् । प्रमाणीकरण सूचीमा रहेका सहिद परिवारलाई सम्मानस्वरुप प्रतिपरिवार वार्षिक एकमुष्ट २५ हजारका दरले निर्वाह खर्च उपलब्ध गराउने निर्णय गरेका छन्। यस्तै, घाइतेका लागि निःशुल्क उपचार हुने गरी स्वास्थ्य बीमा गर्ने निर्णय भएको नगरप्रमुख बमले जानकारी दिए। नगरपालिकाभित्र सञ्चालित विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अध्ययन निःशुल्क गर्न विद्यार्थीको भर्ना तथा पठनपाठन शुल्कवापतको रकम शोधभर्ना गर्ने निर्णय गरिएको छ। नगरपालिकाले पालिकाको केन्द्रमा रहेको पुर्चौडी हाट स्वास्थ्यचौकीबाट आर्थिक वर्ष २०७९र८० को…

Read More

अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको विहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत ती बालक मामाघर बस्दै आएका थिए । खेल्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले घरभन्दा करिब एक किमी टाढा लगेर बालकलाई मारेको अवस्थामा स्थानीयवासीले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने प्रदेश १ का एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ । दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Read More

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) भारी मतका विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी सिर्जना सिंहलाई २३ हजार ४२६ मतान्तरले पराजित गर्दै काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन साह विजयी भएका हुन् । बालेनले ६१ हजार ७६७ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले)का केशव स्थापित तेस्रो स्थानमा रहेका छन् । उनले ३८ हजार ११७ मत प्राप्त गरेका छन्, भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत, राप्रपाका मदनदास श्रेष्ठले ५ हजार ७७० मत र विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले ६४७ मत प्राप्त गरेकी…

Read More