काठमाडौं: मन्त्रिपरिषद्मा सशस्त्र प्रहरीका चार डिआइजीहरुको एक वर्ष म्याद थप गर्ने प्रस्ताव गरिएको छ। सशस्त्र प्रहरी मुख्यालयले चार डिआइजीको एक वर्ष म्याद थप गर्ने व्यवस्था बमोजिम डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको म्याद थप्न प्रस्ताव गरिएको हाे।
सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार डीआईजीको पदावधि चार वर्षको हुन्छ। सरकारले चाहँदा १ वर्ष थप्न सकिने व्यवस्था छ। मन्त्रिपरिषद्बाट म्याद थप्ने निर्णय नभए उनीहरू पुस २३ मा अवकाशमा जानेछन्।
कमल गिरी सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक हुन्। गणेश ठाडामगर नम्बर–३ बाहिनी बागमती प्रदेशको प्रमुख, नेम्बाङ नम्बर–४ बाहिनी गण्डकी प्रदेशको प्रमुख र सुवेदी नम्बर–१ बाहिनी कोशी प्रदेशको प्रमुखको रूपमा कार्यरत छन्।
Facebook Comments Box