डडेल्धुरा: डडेल्धुरामा ‘प्रथम सुदूरपश्चिम मेयर फोरम २०८१’ आजदेखि सुरु भएको छ। डडेल्धुराको परशुराम नगरपालिकाको आयोजनामा परशुराम धाममा दुई दिने मेयर फोरम सुरु भएको हो।
मेयर फोरमको सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले उद्धघाटन गरे। मेयर फोरममा सुदूरपश्चिम प्रदेशका उपमहानगरपालिका र नगरपालिकाका मेयर तथा गाउँपालिकाका अध्यक्षहरूको सहभागिता रहेको छ।
सुदूरपश्चिम प्रदेशका अवसर र चुनौतीको विषयमा छलफल सञ्चालनका लागि मेयर फोरमको आयोजना गरिएको परशुरामका मेयर भरत बडायर जोशीले बताए।
Facebook Comments Box