Author: महेन्द्रनगर पोष्ट

कैलाली- सुदूरपश्चिम प्रदेशको एकमात्रै उपमहानगरपालिका धनगढीका नवनिर्वाचित मेयर गोपाल हमालले आफूलाई उद्घाटन तथा स्वागत सम्मान जस्ता कार्यक्रममा नअल्झाउन नगरबासीलाई आग्रह गरेका छन् । आफूले प्राप्त गर्नुपर्ने सम्मान चुनावमा धगढीबासीले दिएको मतबाट पाइसकेको अब आफूलाई काम गर्ने वातारण सिर्जना गरिदिन आग्रह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै हमालले यस्तो आग्रह गरेका हुन् । उनले लेखेका छन् ‘यहाँहरुको अमूल्य मतबाट धनगढीको अभिभावकको जिम्मेवारीमा पुगाइसकेपछि अब मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मेरो सम्पूर्ण समय आजैदेखि लगाउने भएको हुँदा कृपया धनगढीबासी र यहाँका संघसंस्थाहरुलाई अति आवश्यक कामबाहेक उद्घाटन, सभा सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई मलाई जनताको काम गर्ने वातावरण…

Read More

काठमाडौं- बाजुराको बुढीगंगा नगरपालिकामा एक मतदानस्थलमा नेकपा एमालेका नेताको सक्रियतामा व्यापक धाँधली भएको नेपाली कांग्रेसले आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो आरोप लगाएका हुन् । उनले बुढीगंगाका २, ३, ५ र ९ नम्बर वडामा एमालेले बुथ कब्जा गरेको आरोप लगाए । ‘पूरै बुथ कब्जा गरियो, सुरक्षा निकायसम्म बस्न नसक्ने अवस्था बनाइयो, त्यसको एमालेको केन्द्रीय तहकै नेता जुन त्यही नगरपालिका बासिन्दा पनि हुनुहुन्छ,’ उनले भने, ‘त्यहाँको निर्वाचन अधिकृतले धाँधली भएको कुरालाई सम्हाल्न नसकिने भएपछि छाडेर जानुभो । जबर्जस्ती फर्काएर लगियो । आफैले बोकेर मतपेटिका न सुरक्षा न अरु दलका प्रतिनिधि…

Read More

कञ्चनपुर- कञ्चनपुरको सीमानाका ४ दिन बन्द हुने भएका छन् । भारतको चम्पावत विधान सभा– क्षेत्र– ५५ को उपनिर्वाचनका लागि सीमा नाका बन्द गरिन लागेको हो । जेष्ठ १७ गते हुने उपनिर्वाचनका लागि जेष्ठ १४ गते बेलुकी ५ बजे देखि जेष्ठ १७ गते बेलुकी ५ बजेसम्म चम्पावत जिल्लासंग सीमा जोडिएका क्षेत्रका नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीद्वारा जारी सूचनामा उक्त अवधिमा स्वास्थ्य उपचार लगायत अन्य अत्यावश्यक सेवाको लागि भने अनुमति प्राप्त हुने उल्लेख गरिएको छ ।

Read More

दार्चुला- दार्चुलामा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको काम ७० प्रतिशत सकिएको अपि पावर कम्पनीले जनाएको छ । कम्पनीले आयोजनाको सबै क्षेत्रको काम एकसाथ अघि बढेको कम्पनीका सञ्चालक इन्द्रमणी धितालले बताए । उनका अनुसार आयोजनाको बाँध, विद्युतगृह सबै क्षेत्रको काम द्रुत गतिमा अझि बढेको छ । आयोजनाको बाँध क्षेत्रको डिस्यान्डर र अन्डरस्लूइसलाई प्राथमिकतामा राखेर काम भइरहेको छ । बाँध क्षेत्रको काम आगामी ६ महिनाभित्र सम्पन्न गर्नेगरी काम तिव्र गतिमा अघि बढाइएको कम्पनीले जनाएको छ । यस्तै, विद्युतगृहको ९० प्रतिशत काम सकिएको आयोजनाका इन्जिनियर त्रिलोकसिंह महराले बताए । निर्माण सुरु भएको १४ महिनामा…

Read More

काठमाडौं – नेपाल प्रहरीको जनपदतर्फ पूजा सिंह पहिलो महिला एआईजी बनेकी छिन् । सिंह जनपद प्रहरीमा भर्ना हुदाँ प्रहरी निरीक्षकमा पनि पहिलो महिला बनेकी थिइन् । २०४९ साल चैत ११ गते २९ जना प्रहरी निरीक्षक भर्ना हुँदा २८ जना पुरुष थिए। यो ब्याचबाट धीरजप्रताप सिंह प्रहरी महानिरीक्षकमा बढुवा भइसकेका छन्। बाँकी ८ मध्ये ७ एआईजी पुरुष नै छन्। पूजासिंह जनपदतर्फकी पहिलो महिला एआईजी हुन्। प्राविधिकतर्फ भने डा. आशा सिंह र दुर्गा थापा यसअघिबाटै कार्यरत छन्। प्राविधिक तर्फ प्रहरी अस्पतालमा पहिलो महिला एआईजी भने डा. दुर्गा थापा हुन्।

Read More

महेन्द्रनगर – कञ्चनपुरका नौवटै पालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका पालिकामा राम्रो पकड जमाएको नेकपा (एमाले) यसपटक भने तीन पालिकामा समिति रहन पुग्यो । दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा नेपाली कांग्रेसले चार नगर र एउटा गाउँपालिकामा विजयी हासिल गरेको छ । यहाँको भीमदत्त, बेदकोट, कष्णपुर तथा पुनर्वास नपा र बेल्डाँडी गाउँपालिकामा नेपाली कांग्रेसले जीत हासिल गरेको छ । अघिल्लो निर्वाचनमा यी चारवटै पालिकामा एमाले विजयी भएको थियो । त्यसैगरी एमालेले यहाँको दोधारा–चाँदनी र शुक्लाफाँटा नगरपालिका तथा लालझाडी गाउँपालिकामा जीत हासिल गरेको छ । यसअघि दोधारा र शुक्लाफाँटामा नेपाली कांग्रेसले…

Read More

काठमाडौं – नेपाल आयल निगमले इन्धन बिक्री कटौती गरेपछि देशैभर इन्धन अभाव देखिएको छ । काठमाडौँ उपत्यकाका कयौँ पम्पहरूले डिजेल पेट्रोल नभएको सूचना टाँसेका छन् भने खुलेका पम्पहरूमा पनि बाक्लो भीड देखिएको छ । निगमले आइतबार राति सबै खाले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो । सरकारलाई अप्ठ्यारोमा पार्न पम्पहरूमा हुने भुक्तानी कटौती गरेका कारण देशैभर पम्पहरूको बिक्री प्रभावित भएको पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ । सोमबार बिहानैदेखि देशैभरका पम्पहरूमा इन्धनको अभाव देखिएको एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए । निगमका डिपोहरूले व्यवसायीले मागेको भन्दा २० प्रतिशत भन्दा धेरै इन्धनको कटौती गरेकोले गत शुक्रवार निकै थोरै मात्रामा इन्धन ब्रिकी गरिएको…

Read More

दार्चुला – यहि जेठ १३ गते देखि १५ गतेसम्म दार्चुला जिल्लाको सदरमुकाम खलंगामा हुने बृहत् अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको तयारी तीब्र पारिएको छ । ताराकिसन फाउन्डेसन न्युयोर्क अमेरिकाको आयोजना, हिमाल डेन्टल हस्पिटलको सहकार्य तथा दार्चुला साहित्य समाजको समन्वयमा खलंगा स्थित खुलामञ्चमा कार्यक्रम सन्चालन गरिन लागेको हो । दार्चुला जिल्लाको कला, संस्कृति र साहित्यको पहिचान तथा उत्थानका निमित्त यो सम्मेलन त्रीदेशिय सिमाना रहेको दार्चुला खलंगामा गरिन लागेको साहित्य समाज दार्चुलाका अध्यक्ष नरेन्द्र सिह बडालले जानकारी दिए । उक्त कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहका मौलिक झांकीहरुको प्रदर्शनी, जिल्ला स्तरिय माध्यमिक तह (९–१२) कविता प्रतियोगिता अनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यकार हरुको प्रस्तुती रहने…

Read More

रौतहट – स्थानीय तह निर्वाचन २०७९ मा रौतहटका दुईवटा पालिकामा महिला उम्मेदवारहरू नगर प्रमुख पदमा निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा एक जना मात्र महिला प्रमुख रहेको जिल्लामा यसपटक दुई जना प्रमुख निर्वाचित भएका हुन । मौलापुर नगरपालिकामा दोस्रो कार्यकालको लागि रिनाकुमारी साह नगर प्रमुखमा निर्वाचित हुँदा ईशनाथ नगरपालिकामा कौशल्या देवी नगर प्रमुखमा निर्वाचित भएकी छन् । दुई महिला नगर प्रमुखमध्ये मौलापुरकी साह नेकपा एमालेबाट निर्वाचित भएकी हुन् भने ईशनाथकी कौशल्या देवी भने लोसपा नेपालबाट नगर प्रमुखमा निर्वाचित भइन् ।

Read More

काठमाडौं – नेकपा माओवादीकी सांसद अमृता थापाले सौन्दर्य प्रतियोगिता रोक्नु पर्ने माग राखेकी छिन् । शान्ति प्रक्रियामा आए लगत्तै माओवादी नेतृहरुले सुन्दरी प्रतियोगिता रोक्न भन्दै प्रदर्शन गरेका थिए । उनीहरुले मिस नेपालसहितका प्रतियोगिता रोक्नका लागि दबाव पनि दिएका थिए । त्यो सन्दर्भ सम्झाउँदै थापाले महिला तथा सामाजिक समितिको बैठकमा भनिन्, ‘बिगतमा पनि आफूहरुले सुन्दरी प्रतियोगिताको विषयमा गम्भीर भएर राज्यले सोच्नुपर्ने भनी आवाज उठाएका हौं, सौन्दर्य प्रतियोगिता राज्यको हितका लागि छैन भने यसलाई रोक्न सक्नुपर्छ ।’महिला हिंसा र बलात्कारजन्य अपराधमा हदम्याद सम्बन्धी विषयमा भएको छलफलमा उनले सुन्दरी प्रतियोगिता आयोजना नगरे बापत राज्यलाई कति घाटा पर्छ ? भनेर सरकारलाई प्रश्न गरिन् ।

Read More