Author: महेन्द्रनगर पोष्ट

कैलाली- धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन् । एक सय मतगणना हुँदा हमालले ५५ मत पाएका छन् । यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २२, नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन् । २१ मत बदर भएको छ। धनगढीमा अहिले वडा नम्बर १ को मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना स्थलमा तारजाली लगाएर कडा सुरक्षा व्यवस्था गरिएको छ ।

Read More

म्याग्दी – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । कागबेनीस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिनजिङ नामगेल गुरुङले ८६७ मत ल्याएर विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा एमालेकी ढिकी गुरुङले ७४९ मत प्राप्त गरेर विजयी भएकी छन्। अध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका आङजेन गुरुङले ५७७ र उपाध्यक्षमा कांग्रेसकै धेव आङवो गुरुङले ६७७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुई हजार २२४ मतदाता रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा शुक्रबार भएको मतदानमा ६७।०२ प्रतिशत अथवा एक हजार ५०८ मत खसेको थियो । वडा…

Read More

कञ्चनपुर – कञ्चनपुरमा माओबादीले वडाध्यक्षमा जित निकाल्दै खाता खोलेको छ । जिल्लाको बेलौरी नगरपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विष्ट विजयी भएका छन् । विष्टले ६ सय ५९ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नमराज शाहीले ५ सय ५२ मत ल्याए । कांग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएर तेस्रो भए । बेलौरीको मेयर र उपमेयरमा पनि माओवादीकै अग्रता छ ।

Read More

विराटनगर – विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसका नागेश कोइरालाले अग्रता लिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले २६९ मत सहित अग्रता लिएका छन् । कोइरालालाई एमालेका मेयरका उम्मेदवार सागर थापाले १८१ मतका साथ पछ्याइराखको अवस्था छ । उपमेयरमा भने एमाले उम्मेदवार शिल्पा कार्कीले २२६ मतका साथ अग्रता लिएकी छिन् । सत्ता गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवले १५२ सहित पछ्याइराखेका छन् ।

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाको उमतगणना जारी छ । उपमेयरमा एमालेकी सुनिता डंगोलको बलियो अग्रता कायम छ। उनी मुख्य प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठभन्दा दोब्बर मतले अगाडि छिन् । वडा नम्बर १ मा १०० भोट गनिएकोमा सुनिताले ३३ भोट ल्याएकी छन् भने श्रेष्ठको भोट ११ छ । यस्तै वडा नम्बर ३२ मा ७० भोट गणना हुँदा सुनिताले २४ र श्रेष्ठले १२ मत ल्याएका छन् । समग्रमा अहिलेसम्म १७० भोट गणना भएकोमा सुनिताले ५७ मत र श्रेष्ठले २३ ल्याएका छन् । सुनिताले ल्याएको मत सङ्ख्या निकटतम प्रतिस्पर्धीको तुलनामा दोब्बरभन्दा बढी छ ।

Read More

भरतपुर – भरतपुर महानगरपालिकाको मतगणना जारी छ ।५० मत गणना गर्दा गठबन्धनबाट रेणु दाहालले अग्रता लिएकी छन । ५० मत गणना गर्दा गठबन्धनबाट रेणुले २० मत प्राप्त गरेकी छन भने एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले १३ मत प्राप्त गरेका छन ।

Read More

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिकामा बेलौरी नगरपालिका–१ को मतगणना भइरहेको छ । मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रको अग्रता कायम छ । खसेको १ हजार ६ सय ४७ मतमध्ये १ हजार ३ सय ८३ मत गणना गरिएको हो । मेयरमा माओवादीका पोतीलाल चौधरीले ५२० मतसहित अग्रता लिएका हुन् । माओवादी केन्द्रलाई एमालेले पछ्याइरहेको छ । एमालेकी कमला बोहराले ४२४ मत पाएकी छन् । काँग्रेसका हरेन्द्रसिंह विष्टले ३४० मत पाएका छन् । यसैगरी उपमेयरमा माओवादीकी मञ्जु शाहले ५१०, काँग्रेसकी खिना भण्डारीले ३९६ र एमालेका जोगराम चौधरीले ३८६ मत प्राप्त गरेका छन् ।

Read More

धनगढी– धनगढी उपमहानगरपालिकाकाे मतगणना शुरू भएको छ । उपमहानगरमा जम्मा ५३ हजार १८१ मत खसेकाे छ । उपमहानगरकाे वडा नम्बर १ बाट गणना शुरू भएको हो । यो वडामा ४ हजार २८६ मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । धनगढीमा गठबन्धनका तर्फबाट कांग्रेसका नृपबहादुर वड, नेकपा एमालेका रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

Read More

पोखरा – पोखरा महानगरपालिकाको मतगणना आज दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । अहिले चलिरहेको सर्वदलीय बैठकले दिउँसो २ बजेबाट गणना सुरु गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार उम्मेदवारले साढे १२ बजेसम्म आफ्ना प्रतिनिधि पठाइसक्नु पर्नेछ । साढे १ बजेसम्म मतपेटिका मिलाउने र २ बजेबाट गणना गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । रुपा, माछापुच्छ्रे, मार्दी र अन्नपूर्णको भने गणना सुरु भइसकेको छ ।

Read More

भरतपुर – भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले महानगरको वडा नम्बर १(ख) बाट मतगणना सुरु भएको दिए । भरतपुरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी नेतृ रेणु दाहाल, नेकपा एमालेबाट विजय सुवेदी र गठबन्धनको बागी उम्मेदवारको रुपमा कांग्रेस नेता जगन्नाथ पौडेल उम्मेदवार रहेका छन् ।

Read More