Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन गरेको छ । केन्द्रले सूचना जारी गर्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको विद्यालय पोसाक परिवर्तन गरेको जनाएको छ । केन्द्रले तोकिए अनुसारको पोसाक चालु शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ । शिक्षक महासङ्घको अनुरोधमा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको हाल प्रचलनमा रहेको विद्यालय पोसाक परिवर्तन गरिएको केन्द्रका निर्देशक गणेश प्रसाद पौडेलले बताए । परिवर्तन गरिएको पोसाकमा महिला पुरुषका लागि गाढा खैरो रङको सुट (कोट पाइन्ट),हल्का निलो रङको सर्ट, मौसम अनुसारको गाढा खैरो ज्याकेट कलेजी…

Read More

काठमाडौं – गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा हालसम्म नेपाली कांग्रेसका १२ हजार ३४५ जना जनप्रतिनिधि निर्वाचित भएको जनाएको छ । पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएका हुन् । आयोगले वैशाख ३० गते सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गरेको थियो । निर्वाचनमा ३५ हजार २२१ पदको लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन भएकामध्ये ६३८ पालिकाको मतगणना सम्पन्न भइसकेको आयोगले जनाएको छ । आयोगका अनुसार प्रमुखमा १०२, अध्यक्षमा १८०, उपप्रमुखमा ७७, उपाध्यक्षमा १८०, वडा अध्यक्षमा २ हजार ३९३, महिला सदस्यमा २…

Read More

काठमाडौं – काठमाण्डौंबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ । बुढानिलकण्‍ठ र तारकेश्वर नगरपालिकागरी दुई ठाउँबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको हो । बुढानिलकण्‍ठ नगरपालिका–१३ स्थित जंजिर केसीको बन्दै गरेको कटेजमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वु लगायत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त कटेजमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टिमले उनीहरूलाई नगद ७६ हजार रूपैयाँ, अमेरिकी डलर १ हजार र कौडा ६९ थान सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी,…

Read More

काठमाडौं – सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँले बढ्दै छापावाला सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार नै बढ्दै ७६ हजार ८०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले बढ्दै एक हजार २७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

Read More

मकवानपुर – बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले जेठ १३ गते बिहान ११ बजे वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले दीर्घरोगीहरूलाई उपचार खर्चस्वरुप ५० हजार दिने गरी कार्यविधि पास गरेको छ । सरकारले यसअघि नै हृदयघात, मस्तिष्कघात, मुटु, दम, मधुमेह, फिस्टुला, क्यान्सरलगायत विभिन्न नसर्ने रोग लागेका बिरामीलाई उपचारका लागि रु ५० हजार दिने निर्णय गरेको थियो । तर कार्यविधि नबन्दा सर्वसाधारण नागरिकले सो सेवा प्राप्त गर्न समस्या भइरहेको अवस्थालाई मध्यनजर गरी आजै कार्यविधि पास गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिएका छन्।…

Read More

काठमाडौं – स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौँ महानगरपालिकाको कोर सिटीमा पनि अग्रता कायम गरेका छन् । उनले मेयरमा २७ हजार ९६७ ल्याएका छन्। यस्तै, दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १४ हजार ७८२ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १३ हजार ४३९ मत ल्याएकी छन् । वडा नम्बर २७ को मतगणना सकिएपछि शुक्रबार भर्खरै वडा नम्बर २६ को मतगणना सुरु भएको छ । उपमेयरमा भने एमालेकी सुनिता डंगोलले २६ हजार ५७५ मत पाएकी छन् । उनले सुरुवातदेखिनै आफ्नो फराकिलो अग्रता कायम गरेकी छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेवर श्रेष्ठले ८ हजार ५९१ मत ल्याएका…

Read More

विराटनगर –  महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै रहेको छ । उहाँले ६ हजार १४८ मतले अग्रता लिइरहनुभएको छ ।     जनता समाजवादी पार्टी, नेपालका तर्फबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव नेकपा (एमाले)की उम्मेदवार शिल्पानिराला कार्कीभन्दा नौ हजार २७९ मतले पछाडि रहनुभएको छ । पछिल्लो मत परिणामअनुसार महानगर प्रमुख पदका उम्मेदवार कोइरालाले २४ हजार ५६३, एमालेका सागर थापाले १८ हजार ४१५, स्वतन्त्र उम्मेदवार उमेश यादवले सात हजार ४९७ र राप्रपाका प्रल्हादप्रसाद साहले चार हजार ६०२ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखमा एमालेकी कार्कीले २१ हजार ३८३, जनता समाजवादी पार्टी, नेपालका यादवले १२ हजार…

Read More

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाको दमक नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले पराजित भएको छ । प्रमुखमा एमालेलाई पछाडि पार्दै राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत अन्तरले हराएका हुन् । थापाले १७ हजार ५२५ र पौडेलले १६ हजार ९६६ मत पाएको निर्वाचन अधिकृत केशव प्रसाद पन्तले बताए । यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी भएकीछन्। उनले १७ हजार ७२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत पाएका छन् ।

Read More

काठमाडौं – पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीकान्त प्रसाद यादव ५७४९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महमद सलिम मन्सुरले ३९२६ मत ल्याए। उपाध्यक्षमा कांग्रेसकी बबिता सिहंले ५५३१ मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मिरा देवी कुर्मी ३३४५ मत ल्याइन्। त्यसैगरी जनता समाजवादी पार्टी ९जसपा० की जलेखा खातुनले ३१२३ मत ल्याएर तेस्रो भएकी छन्। खातुन मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी हुन्। मुख्यमन्त्री राउतले आफ्नी पत्नीलाई उम्मेदवार बनाएपछि निवर्तमान गाउँपालिका उपाध्यक्ष बिस्मिल्लाह खातुनले पार्टी परित्याग गरेकी थिइन्। उपाध्यक्षको टिकट आफूले पाउनुपर्ने उनको माग…

Read More

काठमाडाैं – ७५३ स्थानीय तहमध्ये शुक्रबार बिहानसम्म देशभरका ६ सय २६ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ। र्वजनिक परिणाम अनुसार अहिलेसम्म सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अहिलेसम्म कांग्रेसले दुई सय ७९ स्थानीय तहमा प्रमुख जितेको छ भने ४३ स्थानीय तहमा अग्रता कायम राखेको छ। २०७४ को स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै स्थानीय तह जितेर पहिलो दल बनेको नेकपा एमाले यो निर्वाचनमा कांग्रेसभन्दा पछि परेको छ। एमालेले अहिलेसम्म एक सय ७३ स्थानीय तहको प्रमुख जितेको छ। मतगणना चलिरहेका २८ पालिकामा एमालेका उम्मेदवार अगाडि छन्। माओवादी केन्द्रले अहिलेसम्म ११२ स्थानीय तहको प्रमुख जितेको छ भने १२ पालिकामा…

Read More