Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर- नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री बिना मगरको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा नेपाली कांग्रेसले फराकिलो अग्रता कायम गरेको छ । वडा नम्बर १ र ५ को मतगणना सम्पन्न हुँदा अध्यक्षमा कांग्रेसका हरिशचन्द्र रानाले २ हजार ८ सय २९ मत र उपाध्यक्षका उम्मेदवार शान्ति नाथले ३ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् । यस्तै अध्यक्षमा नेकपा एमालेका अक्कल बहादुर बिष्टले २ हजार १ सय १५ मत ल्याएर कांग्रेसका उम्मेदवारलाई पछ्याउँदैछन् । एमालेका उपाध्यक्षका उम्मेदवार फूलदेवी रानाले २ हजार ५ सय २४ मत ल्याएका छन् । यस्तै अध्यक्षमा नेकपा माओवादी केन्द्रका इश्वरीदत्त भट्टले ७ सय…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो मतान्तरले अग्रता कायम राखेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका शाहले उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई एक हजार भोटले पछि पार्दै अग्रता कायम गरेका हुन् । पछिल्लो मत परिणामअनुसार शाहले २ हजार ७१ मत प्राप्त गरेका छन् । शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याई रहेका छन् । स्थापितले १ हजार १६४ मत ल्याएका छन् । पछिल्लो अवस्थामा स्वतन्त्र उम्मेदवार बालेन पहिलो, एमालेका केशव स्थापित दोस्रो र काँग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् । राष्ट्रियसभा गृहमा मतगणना जारी छ।

Read More

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिको वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेस कञ्चनपुरका युवा नेता आसेफ कुँवर ‘भुन्टु’ विजयी भएका छन् । उनी वडाध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् कुवँर ७ सय ३२ मत ल्याउँदै प्यानलसहित विजयी भएका हुन् । उनका प्रतिप्रतिद्वन्द्वी माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार कमलबहादुर बिष्टले २ सय २४ मत ल्याए । यस्तै एमालेका गगन सिंह कार्कीले १ सय ९७ र राप्रपाका गोविन्दबहादुर बिष्टले ६५ मत ल्याएका छन् ।

Read More

कञ्चनपुर- कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । नगरपालिकाको वडा नम्बर १० मा कांग्रेसका चन्द्रहादुर सिंह ९ सय ९ मतसहित विजयी भएका छन् । उनी प्यानल सहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका गंगाराम खड्काले ६ सय ७१ मत ल्याएका ल्याएर पराजित भए ।

Read More

काठमाडौं – सरकारले सार्वजनिक बिदा कटौती नगरी सातामा दुई दिन बिदा दिन लागेको छ । सरकारको यो निर्णय आज आइतबार (जेठ १) देखि लागु हुँदैछ । अब २०७९ मा सार्वजनिक बिदा मात्रै १ सय ४७ दिन हुनेछ । यसबाट सेवाग्राही मारमा पर्नेछन् भने सरकारले उठाउने राजस्वमा समेत नकारात्मक प्रभाव पर्नेछ । यो समाचार नागरिक दैनिकमा छ । २०७८ चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा कटौती गरी सातामा दुई दिन बिदा दिने र यसका लागि एउटा कार्यविधि बनाउने निर्णय गरेको थियो । तर सार्वजनिक बिदा नगरी सरकारले सातामा दुई दिन बिदा दिन लागेको हो । नेपाल आयल निगमको सिफारिसमा…

Read More

कैलाली- कैलालीको घोडाघोडीम नगरपालिकामा नेपाली कांग्रेसले विजयी यात्रा सुरुवात गरेको छ । नगरपालिका–१२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राम दुलारे चौधरी प्यानलसहित विजयी भएका छन् । उनी ८ सय २६ मत ल्याई विजय भएका हुन् । महिला सदस्यमा सुनिता चौधरीले ८ सय ४३, दलित महिला सदस्य मातादेवी दमाईले ८ सय २२, सदस्यद्वय गोपुल दास डगौरा चौधरीले ८५१ र रामनाथ चौधरीले ७९० मत ल्याएर विजय प्राप्त गरे ।

Read More

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । गाउँपालिकाको वडा नम्बर ४ मा माओवादी केन्द्रको प्यानल नै निर्वाचित भएको छ । माओवादीका बहादुर राना प्यानलसहित विजयी भएका छन् । रानाले ५ सय ९० मत ल्याए भने एमालेका ओमप्रकाश रानाले ४ सय ८० र काँग्रेसका लक्षमण रानाले ४ सय २७ मत ल्याए । स्वतन्त्र उम्मेदवार सोमबिर चौधरीले पनि ४ सय २७ मत पाए । वडा सदस्यहरुमा पनि बहादुर रानाकै प्यालबाट विजयी भएका छन् । लालझाडी गाउँपालिका ४ मा २ हजार ४ सय ८६ मत खसेको थियो ।

Read More

कैलाली- धनगढी उपमहानगरपालिकाको मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । उनले अग्रता पनि बढाउँदै गएका छन् । जम्मा १९५३ मतगणना हुँदा हमालले ९०९ मत ल्याएका छन् । उनलाई गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ५५२ मत प्राप्त गरेका छन् भने एमालेका रणबहादुर चन्दको ८३ मत पुगेको छ । उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका शान्ति अधिकारीले अग्रता लिएकी छन् । उनले ४५८ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेकी एमालेकी कन्दकला रानाले २४० र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३११ मट ल्याएका छन् । मतगणनामा बदर मतको संख्या पनि धेरै देखिएको छ । १९५३ मतगणना गर्दा ९०९ मत बदर भएका छन्…

Read More

कैलाली- कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले विजयी यात्रा शुरूवात गरेको छ । नगरपालिकाको वडा नम्बर ५ मा वडाध्यक्षका उम्मेदवार वीरबल थारुसहित उनको पूरै प्यानल फराकिलो मतान्तरका साथ विजयी भएको हो । वडाध्यक्षमा बलवीर थारु ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा सरिता भुल ८९६ मत ल्याइ विजयी भएका छन् ।

Read More

डडेल्धुरा- डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार धनबहादुर साउँदले अग्रता लिएका छन् । ९ सय ५२ मत गन्दा साउँदले २ सय ९५ मतसहित अग्रता लिएका हुन् । नेकपा एमाले छाडेर उनले गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई कांग्रेसका टेकराज पाण्डेयले पछ्याइरहेका छन् । उनले २ सय ३३ मत पाएका छन् । गत निर्वाचनमा विजयी भएका माओवादीका उमेश भट्टले भने १ सय ८४ मत पाएका छन् भने एमालेका पदम पालले १ सय ४८ मत पाएका छन् ।

Read More