Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : भिजिट भिसामा चीन पुर्‍याएर मानव बेचबिखन गर्ने महिला पक्राउ परेकी छन्। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विवाहको बहानामा चीन पुर्‍याएर मानव बेचबिखन गर्ने उदयपुरको त्रियुगा नगरपालिका १ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको हो । सुन्दरीले जाहेरवालालाई चीनमा पुर्‍याएर १ लाख ५० हजारमा चिनियाँ नागरिकलाई बेचबिखन गरेपश्चात नेपाल फर्किएको खुलेको छ । जाहेरवालालाई चिनियाँ नागरिकले घरमै बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिई पटक पटक यौन शोषण गरेको खुल्न आएको ब्यूरोले जनाएको छ । सुन्दरीले सामाजिक सञ्चाल म्यासेन्जर मार्फत कुराकानी गरेर चिनियाँसँग विवाह गराइदिने भनेर काठमाडौंको ठमेलमा भेट्न बोलाएकी थिइन्। चिनियाँ केटासँग भेट गराएर गत फागुन १०…

Read More

धनगढी : कञ्चनपुरको सीमावर्ती क्षेत्रमा हुने वन्यजन्तु तथा वन पैदावारको अवैध चोरी सिकारी नियन्त्रण गर्न योजनावद्ध एवं थप प्रभावकारी रूपमा अघि बढ्नेमा दुई देशका वन सम्वद्ध अधिकारी र संरक्षणकर्मीले प्रतिबद्धता जनाएका छन् । बुधबार धनगढीमा सम्पन्न दुइ देशका वन कर्मचारी र संरक्षणकर्मीबीच भएको मैत्रीपूर्ण छलफलमा दुवै देशका अधिकारीहरुले अवैध रूपमा हुने चोरी सिकारी नियन्त्रणका लागी एक अर्कालाई समयमै सुचना आदान प्रदान गरी त्यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका हुन् । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत भीम प्रसाद कँडेलले सीमावर्ती क्षेत्रमा हुने वन पैदावारको अवैध चोरी सिकारी नियन्त्रण गर्न समकक्षीसँग निरन्तर सूचना आदान प्रदान गरिने बताए । सीमा क्षेत्रमा…

Read More

धनगढी : बिचौलियाको सेटिङमा बजेट ल्याइएको भन्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ । अनेरास्ववीयु कैलालीले सरकारले रातो किताब नल्याउँदै बिचौलियामार्फत बाहिरिएको भन्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा उनीहरूले मुख्यमन्त्री विरुद्ध नाराबाजी गरेर मुख्यमन्त्रीको राजीनामा समेत माग गरेका थिए ।

Read More

धनगढी : २०८० को एसइई परीक्षामा सुदूरपश्चिमबाट नितिका अवस्थीले सर्वाधिक जिपिए हासिल गरेकी छन्। गोदावरी नगरपालिका वडा नम्बर ४ बसन्तपुर स्थायी ठेगना भएकी अवस्थीले स्थानीय दुर्गालक्ष्मी माध्यमिक विद्यालयबाट एसइई परीक्षम सहभागी भएर ४ जिपिए हासिल गरेकी हुन्। सुदूरपश्चिमबाट २०८० को एसइई परीक्षामा सहभागी मध्ये अवस्थी सर्वाधिक जिपिए हासिल गर्ने विद्यार्थी भएकी छन्। पढाइ तथ अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेकी अवस्थीले परिवार तथा विद्यालयमा राम्रो वातावरण पाएकाले उत्कृष्ट नतिजा हासिल गर्न सकेको बताएकी छन्। सामुदायिक विद्यालयबाट सर्वाधिक जिपिए हासिल गरेकी अवस्थीका बुवा टेकराज अवस्थी स्थानीय चण्डेश्वरी विद्यालयका शिक्षक हुन्। जेठी छोरी नितिका पढ्न तथा अतिरिक्त क्रियाकलापमा अब्बल रहेको अवस्थीले बताएका छन्।…

Read More

धनगढी : सुदूरपश्चिमका सामाजिक विकास मन्त्री ओमविक्रम भाट सरलले सुदूरपश्चिमका सबै अस्पतालमा बजेट अभाव नहुने बताएका छन्। मन्त्रालयमा बिहीबार आयोजित स्वास्थ्य क्षेत्रमा विपद् पूर्व तयारी, व्यवस्थापन तथा अन्य विषयमा मेसु तथा अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरुसँग छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। मन्त्री भाटले अस्पताललाई बजेट अभाव हुन नदिने र बजेट अभावकै कारण कुनै पनि अस्पतालमा औषधि, उपचार लगायत कर्मचारी व्यवस्थापनमा समस्या नहुने दाबी गरे। यस्तै उनले महत्वपूर्ण कुराका रुपमा रहेको ओएनएमको विषय पनि प्राथमिकताका साथ अघि बढाइएको बताए। उनले सो फाइल मुख्यमन्त्री कार्यालयमा पठाइएको बताउँदै क्याबिनेटबाट कुनै पनि हालतमा ओएनएम गराइछाड्ने जिकिर गरे। त्यस्तै उनले आगामी दिनमा आउनसक्ने विपद्…

Read More

काठमाडौं: राजस्व अनुसन्धान विभागले विद्युतीय कार आयातमा करछली गरेर कार भित्र्याएको साइमेक्स इंक प्रालिमाथि अनुसन्धान थालेको छ। साईमेक्स प्रालिले चिनियाँ विद्युतीय कार बीवाईडीको आयात गर्दै आएको छ। साईमेक्सले आयत गर्दा ठूलो मात्रामा किलोवाट घटाएर कर छलेको खुलेपछि राजस्व विभागले अनुसन्धान थालेको हो। राजस्व अनुसन्धान विभागले साईमेक्सले एक सय क्षमता किलोवाटका बीवाईडी कारलाई ९९ किलोवाट देखाएर ठूलो मात्रामा कर छलेको दाबी गरेको छ। सरकारले ९९ किलोवाटको विद्युतीय कारमा आयकर २० प्रतिशत र अन्तशुल्क १५ प्रतिशत निर्धारण गरेको छ। त्यस्तै एकसय किलोवाटको आयकर ३० र अन्तशुल्क २० प्रतिशत कायाम गरेको छ। यसरी एक सक किलोवाटको एउटा बीवाईडी कारलाई ९९ किलोवाटमा देखाउँदा आयकरमा…

Read More

काठ्माडौं : अत्याधिक मदिरा सेवन गरेर दुबई जान लागेका गायक राजेश पायल राईलाई घर फर्काइएको छ । उनी बिहान १० बजे फ्लाइ दुबई एयरबाट उड्न ठिक्क परेका थिए । तर बोर्डिंग पास भएर जहाज चढिसकेका राजेशले भित्रै लफडा गरेपछि निकालिएका हुन् । जहाजका कर्मचारीले अत्याधिक मदिरा सेवन गरेको भन्दै राजेशलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाएको र प्रहरीले ट्याक्सीमा हालेर घर फर्काएको बताइएको छ । पर्सि दुबईस्थित याक एण्ड यती एभरेष्टमा भव्य सांगीतिक कन्सर्ट हुँदैछ । राजेश सोही कन्सर्टमा सहभागी हुन जान लागेका थिए ।

Read More

धनगढी : जिल्ला अस्पताल बैतडीका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट शुशील बिकले सकसपूर्ण अवस्थामा काम गरिरहेको जनाएका छन्। बिहीबार सामाजिक विकास मन्त्रालयमा आयोजना गरिएको स्वास्थ्य क्षेत्रमा विपद् पूर्व तयारी, व्यवस्थापन तथा अन्य विषयमा मेसु तथा अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरुसँग छलफल कार्यक्रममा उनले यस्तो जनाएका हुन्। उनले गत वर्ष देशभरमै उत्कृष्ट भएको अस्पतालमा आफू प्रमुख भएको अवस्थामा कर्मचारीलाई दिने रकम नपाउदा समस्या भएको बताए। आफूले उत्कृष्ट अस्पताल भएको पुरस्कार पाएको र त्यो पुरस्कार देखाउन पनि समस्या भएको उनको भनाई छ। मन्त्रालयबाट अस्पतालले पाउनुपर्ने कर्मचारीहरुको अपरेसन, जोखिम भत्ता, प्रोत्साहन भत्ता लगायतका रकम नपाएकोले समस्या भएको उनको दाबी छ। यसका साथै अस्पतालले बिजुली र पानीको…

Read More

दार्चुला : दार्चुलाको व्याँस गाउँपालिकाले महाकाली करिडोर अन्तर्गतको तिंकर सडक निर्माण कार्यलाई गति दिन आर्थिक सहयोगका लागि हार्दिक अपिल गरेको छ। गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले निर्माण गरिरहेको ७९ किलोमिटर लामो दार्चुला-तिंकर सडकलाई शीघ्र सम्पन्न गर्न सबै प्रदेश सरकार, स्थानीय सरकार, र सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताएको छ। गाउँपालिकाले नेपाल सरकारको न्यून बजेट विनियोजनका कारण सडक निर्माणमा अपेक्षित प्रगति नहुनुमा चिन्ता व्यक्त गर्दै, द्रुत गतिमा काम सम्पन्न गर्नका लागि सबै तहबाट सहयोगको आवश्यकता रहेको उल्लेख गरेको छ। चालू आर्थिक वर्ष २०८०/०८१ सम्म तिंकर सडक निर्माणमा ४७ करोड ६८ लाख ४३ हजार रुपैयाँ खर्च भइसकेको छ भने वडा नम्बर…

Read More

काठमाडौं : राष्ट्रिय पुरुष टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीकी बहिनी राजमतीले राष्ट्रिय टोलीमा स्थान बनाएकी छन् । श्रीलंकामा जुलाई १९ देखि २८ सम्म हुने एसिया कपको लागि घोषणा भएको इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीमा राजमतीले स्थान बनाएकी हुन । नेपाल क्रिकेट संघ (क्यान) ले अर्काे महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कप खेल्ने टोलीको बुधबार घोषणा गरेको हो । घरेलु प्रतियोगिता शसस्त्र प्रहरी बल (एपिएफ) बाट खेलिरहेकी युवा अलराउन्डर राजमती ऐरीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी छन् । उत्कृष्ट प्रदर्शन गर्दै आएका दाइ दीपेन्द्रलाई बहिनी राजमतीले पछ्याउँदै आएकी छन् । उनले पछिल्लो समय घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी…

Read More