काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा र कायममुकायम प्रधानसेनापति अशोक सिग्देलबीच आगामी साउन २४ गते कार्यभार बरबुझारथ हुने भएको छ ।
भदौ २४ गते तीन वर्षे कार्यकाल सकाएर अवकाशमा जान लागेका सेनापति शर्माले आफ्नो कार्यभार सिग्देललाई बुझाउन लागेका हुन ।
कार्यक्रम त्रिभुवन आर्मी अफिसर्स क्लबस्थित सभामण्डप हलमा हुने समारोहस्थलमा उपस्थित हुन निर्देशनालयले निर्देशन दिएको छ । उनीहरुलाई कार्यालय–फिल्ड पोशाकमा उपस्थित हुन भनिएको छ ।
Facebook Comments Box