काठमाडौं : काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपाल आफ्नो तेस्रो खेलमा पराजित भएको छ। यसअघि लगातार दुई खेलमा जित निकालेको नेपाल आइतबार इरानसँग ३-२ सेटमा पराजित भएको हो।
आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा नेपाल पहिलो सेटमा इरानलाई २५-१६ ले नतिजा सुम्पियो।
दोस्रो सेटमा नेपाल २५-१६ ले नै विजयी भयो। तर तेस्रो सेट फेरि इरानले २५-२३ ले जित्यो। चौथो सेट २५-१५ ले जित्दै खेलमा नेपालले २-२ को बराबरी गर्यो।
निर्णायक पाँचौं सेटमा इरान १५-१३ ले वियजी भएसँगै नेपालले अन्तिम अवस्थामा खेल गुमायो।
यसअघि नेपालले शनिबार बलियो प्रतिद्वन्द्वी भारतमाथि ३-२ सेटमा जित निकालेको थियो। पहिलो खेलमा नेपालले श्रीलंकामाथि ३-० को सेटमा जित निकालेर विजयी सुरूवात गरेको थियो।
Facebook Comments Box