Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले संघीय संसदको जारी ९ महिने अवरोध अन्त्य गरेर राम्रो गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले संसदको अवरोध अन्त्य गर्ने एमाले कदमको स्वागत गरेका छन् । ‘अन्ततः एमालेले लामो निरर्थक संसद अवरोध अन्त्य गर्‍यो । राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नैपर्थ्यो । ढिलै भए पनि विवेकले काम गर्‍यो । राम्रो गर्‍यो,’ उनले लेखेका छन् । एमालेले यसैगरी विवेक प्रयोग गरे वाम आन्दोलनको पनि हित हुने उनले बताएका छन् । देश, जनता र वाम आन्दोलनको हित सोच्न पनि उनको आग्रह छ । नेता श्रेष्ठ लेख्छन्, ‘एमालेले यसरी नै…

Read More

काठमाडौं – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल स्थानीय तह निर्वाचनको दिन आक्रमणमा परी गम्भीर घाइते भएका ब्यास नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशीलाई भेट्न अस्पताल पुगेका छन् । चुनावको दिन आक्रमणमा परी घाइते भएका जोशीको हाल पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ । सोही अस्पतालमा पुगी महासचिव पोखरेलले नेता जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । नेपाली कांग्रेसका नेता जोशीले एमालेसँग तालमेल गरी कैंची चिह्न लिएर मेयरको उम्मेदवार बनेपछि उनी आक्रमणमा परेका थिए । महासचिव पोखरेलसँगै उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य डा राजन भट्टराई, पोलिटब्यूरो सदस्य पार्वत गुरुङसमेत अस्पताल पुगेका थिए । आक्रमणबाट जोशीको टाउको र जीउमा चोट…

Read More

काठमाडौं – गत वैशाख ३० गते स्थगन भएकामध्ये बारा र रौतहटसहित विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । रौतहटको गरुडा नगरपालिका वडा नं. ७, बौधीमाई नगरपालिकाको वडा नं. १, २ र ९, गढीमाई नगरपालिकाको वडा नं ३ र ६, यमुनामाई गाउँपालिकाको वडा नं. १ र २, देवानी गोनाही नगरपालिकाको वडा नं. २ तथा फतुवाविजयपुर नगरपालिकाको वडा नं. ७ मा मतदान जारी छ । यसैगरी बाराको पचरौता नगरपालिका वडा नं. २ र ४, हुम्लाको चंखेली गाउँपालिकाको वडा नं. २ र तनहुँको व्यास नगरपालिकाको वडा ४ मा मतदान जारी रहेको बताइएको छ ।

Read More

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० ले घटेर ९५ हजार ८०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार २०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१२ डलर आसपास कारोबार भइरहेको छ ।

Read More

काठमाडौँ – स्थानीय तह निर्वाचनको मतगणना सकिएका स्थानीय तहमध्ये १२१ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार प्रमुख तथा अध्यक्ष पदमा विजयी बनेका हुन् । हाल मतगणना भइरहेकामध्ये ७२ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । मतगणना सकिएका स्थानीय तहमध्ये हालसम्म १२४ को उपप्रमुख तथा उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भइसकेका छन् । हाल मतगणना भइरहेकामध्ये १११ वटा स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । मतगणना सकिएका सबैभन्दा बढी २०१ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका…

Read More

मोरङ – विराटनगर महानगरपालिका-४ स्थित नोवेल अस्पताल अगाडि र सोही महानगरपालिका-५ तोदी भवन लगायत विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी किनबेच गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्रउ पर्नेहरुमा जहदा गाउँपालिका-१ बुधनगर बस्ने २० वर्षीय हरिओम मण्डल, सोही ठाउँ बस्ने २० वर्षीय पन्नलाल राजबंशी, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, विराटनगर महानगरपालिका-४ कन्चनबारी बस्ने २२ वर्षीय प्रकाश राजबंशी, कटहरी गाउँपालिका-२ बस्ने २४ वर्षीय मनिष बस्नेत, धनकुटा साँगुरीगढी गाउँपालिका-९ बस्ने ३२ वर्षीय थाम बहादुर राई र सोही ठाउँ बस्ने ३५ वर्षीय मनकाजी राई रहेका छन् । उनीहरुमध्ये हरिओम, पन्नलाल, प्रकाश, मनिष र किशोर चोरी कार्यमा तथा…

Read More

काठमाडौं – स्थानीय तहको निर्वाचनको मतगणनाअनुसार बुधबार बिहान १० बजेसम्म ४१० स्थानको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार नेपाली काँग्रेस सर्वाधिक धेरै स्थानीय तह जित्दै पहिलो स्थानमा रहेको छ । काँग्रेसले प्रमुख ५२ र अध्यक्ष पदमा १३९ पालिका जितेको छ । यस्तै नेकपा एमालेले प्रमुख पदमा २८ र अध्यक्ष पदमा ९ पालिकामा जित हासिल गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले ९ प्रमुख र ७० अध्यक्ष पदमा विजय हासिल गरेको जनाइएको छ । यस्तै एकीकृत समाजवादीले प्रमुख पदमा २ स्थानमा जित हासिल गर्दा अध्यक्ष पदमा ५ पालिकामा जित हासिल गरेको छ । यस्तै अन्य पार्टीका र स्वतन्त्रका गरी…

Read More

डडेल्धुरा – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा एमाले ‘क्लिन स्वीप’ भएको छ । जिल्लामा काँग्रेस र माओवादी केन्द्र मात्रै विजयी भएका छन् । ०७४ को निर्वाचनमा दुई पालिका जितेको एमाले यसपटक कर्ण मल्ल नेतृत्वको काँग्रेस (बीपी)संग तालमेल गरेर पनि निल भएको छ । ०७४ सालमा पर्शुराम, गन्यापधुरा, भागेश्वर र आलिताल गरी चार पालिका जितेको कांग्रेसले ०७९ मा पाँच पालिकामा जित हात पारेको छ । ०७४ मा जितेको आलिताल यसपटक भने गुमाएको छ । ०७४ मा पराजित भएको नवदुर्गा र अमरगढीमा जित निकालेको छ । आलिताल र अजयमेरुमा माओवादी केन्द्रका उम्मेदवार अध्यक्षमा विजयी भएका छन्।

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये ६० स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । बुधवार बिहानसम्म ६० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको हो । सार्वजनिक भएको परिणाम अनुसार नेपाली काँग्रेसले २७, नेकपा (एमाले) ले २०,नेकपा माओवादी केन्द्रले १३ र एक पालिका स्वतन्त्रले जितेको छ । यस्तै उपप्रमुखमा काँग्रेसका ३०, एमालेले १८, माओवादीले १० र नेकपा (एकीकृत समाजवादी) २ जना निर्वाचित भएका छन् । प्रमुखमा नेपाली कांग्रेस विजयी भएका पालिकाहरू :डडेल्धुराको नवदुर्गा गाउँपालिका –लक्ष्मीप्रसाद अवस्थीडडेल्धुराका अमरगढी नगरपालिका – डिल्लीराज जोशीडडेल्धुराको गन्यापधुरा गाउँपालिका–ईन्द्रबहादुर कार्कीडडेल्धुराको भागेश्वर गाउँपालिका – हेम राज चटौतडडेल्धुराको परशुराम नगरपालिका – भरत बडायर जोशीअछाम ढकारी गाउँपालिका–प्रकाशबहादुर साउदअछामको कमलबजार नगरपालिका…

Read More

ललितपुर – ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले फराकिलो अग्रता कायम गरेका छन् । २१ हजार ४२७ मत गणना गर्दा महर्जनले ११ हजार ९२० मत प्राप्त गरेका छन् । एमालेका हरिकृष्ण ब्यन्जनकारले ५ हजार ५७० मत ल्याएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्ट महर्जनले ९९८ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकी मन्जली शाक्यले ५ हजार ९८३ र माओवादीका बाबुराज बज्राचार्यले ४ हजार ५६६ ल्याएका छन् । ललितपुर माहानगरपालिकाको वडा ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका रुपेन्द्र राज शाक्य १ हजार ३१८ मतसहित विजयी भएका छन् । त्यस्तै, वडा नं ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका कुल बाहादुर महर्जन…

Read More