Author: महेन्द्रनगर पोष्ट

धनगढी– धनगढी उपमहानगरपालिकाकाे मतगणना शुरू भएको छ । उपमहानगरमा जम्मा ५३ हजार १८१ मत खसेकाे छ । उपमहानगरकाे वडा नम्बर १ बाट गणना शुरू भएको हो । यो वडामा ४ हजार २८६ मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । धनगढीमा गठबन्धनका तर्फबाट कांग्रेसका नृपबहादुर वड, नेकपा एमालेका रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

Read More

पोखरा – पोखरा महानगरपालिकाको मतगणना आज दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । अहिले चलिरहेको सर्वदलीय बैठकले दिउँसो २ बजेबाट गणना सुरु गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार उम्मेदवारले साढे १२ बजेसम्म आफ्ना प्रतिनिधि पठाइसक्नु पर्नेछ । साढे १ बजेसम्म मतपेटिका मिलाउने र २ बजेबाट गणना गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । रुपा, माछापुच्छ्रे, मार्दी र अन्नपूर्णको भने गणना सुरु भइसकेको छ ।

Read More

भरतपुर – भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले महानगरको वडा नम्बर १(ख) बाट मतगणना सुरु भएको दिए । भरतपुरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी नेतृ रेणु दाहाल, नेकपा एमालेबाट विजय सुवेदी र गठबन्धनको बागी उम्मेदवारको रुपमा कांग्रेस नेता जगन्नाथ पौडेल उम्मेदवार रहेका छन् ।

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकामा धेरै उम्मेदवार रहेका कारण मतगणनामा ढिलाइ भएको छ । मतगणना सुरु भएको करिब एक घण्टामा सातवटा मात्र मतगणना भएको छ । निर्वाचन अधिकृतको कार्यालय स्रोतका अनुसार एउटा मतपत्रको मत गणना गर्न २० मिनेटसम्म लागेको छ । काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार मात्र ५० जना रहेका छन् ।

Read More

विराटनगर – विराटनगर महानगरपालिकाको मतगणना शुरू भएको छ । ६ वडाको एकैसाथ मतगणना शुरू गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १, २, १६, १७, १८ र १९ नम्बर वडामा एकैसाथ शुरू गरिएको हाे । आदर्श माध्यमिक विद्यालयका ६ कोठामा एकैसाथ मतगणना शुरू गरिएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताए । १ लाख ३३ हजार १४२ मतदाता रहेका विराटनगरमा ८९ हजार ८९६ मत खसेको थियो ।

Read More

ललितपुर – ललितपुरको महांकाल गाउँपालिकाको मतगणना स्थगित भएको छ । मतगणनाका क्रममा १५ वटा मतपत्र मतदान अधिकृतले दस्तखत नगरेको पाइएपछि विवाद बढ्दा मतगणना स्थगित भएको हो । १ सय वटाको बण्डलबाट मत गन्दा १५ वटा मतपत्रमा मतदान अधिकृतले दस्तखत नगरेको मतपत्र भेटिएको बुझिएको छ ।

Read More

कञ्चनपुर – लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसका हर्कनारायण जोशी प्यानलसहित विजयी भएका छन् । लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयअनुसार जोशीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का फूलाराम चौधरीलाई ११५ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

Read More

डडेल्धुरा – प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानल सहित बिजयी भएका छन् । माओवादीका उम्मेदवार कुवर पधान संग २ सय पचास मत अन्तरले काँग्रेसका उम्मेदवार भट्ट बिजयी भएको जनाईएको छ ।

Read More

ललितपुर – ललितपुर महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने भएकाे छ । बिहान बसेकाे सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेकाे हाे । ललितपुर महानगरमा पुरुष ४२ हजार ७ सय ६२ र महिला ४३ हजार ७ सय ७८ गरी ८६ हजार ५ सय ४० मत खसेको छ। महानगरमा कुल मतदाता १ लाख २२ हजार ८ सय ९० छन् । ललितपुरका ६ वटै पालिकमा एक लाख ७९ हजार ७ सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ललितपुरमा कुल मतदाता २ लाख ४३ हजार ८ सय ८४ जना छन् ।

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशका ८८ पालिकामा शुक्रबार मतदान सम्पन्न भएकोमा विभिन्न स्थानीय तहमा मतगणना सुरु भएको छ। कतिपय स्थानीय तहमा मतगणना रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु भएको छ हो। प्रदेशका ८८ मध्ये २५ पालिकाको प्रारम्भिक नतिजामा एमालेले अग्रता लिएको छ। एमालेले गणना सुरु भएमध्येका ११ स्थानीय तहका मेयर/अध्यक्षमा अग्रता लिएको छ। यस्तै काँग्रेसले ९ र माओवादी केन्द्रले ५ पालिकामा अग्रता लिएको छ। बैतडीको दशरथचन्द, पाटन, मेलौली, कैलालीको बर्दगोरिया, डोटीको बोगटान फुडसिल, जोरायल, बझाङको बिथ्थरचिर, मष्टा, खप्तडछान्ना र अछामको बान्नीगढी जयगढमा एमालेको अग्रता छ। यस्तै डडेल्धुराको अमरगढी, गन्यापधुरा, बैतडीको सुर्नाया, पुचौडी, शिवनाथ, डोटीको बडिकेदार, कञ्चनपुरको लालझाडी,…

Read More