Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेपाल प्रहरी सेवाको विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी नेपाल प्रहरी सेवाको विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले नेपाल प्रहरीको विभिन्न वि.नं. ०८०-८१ (खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, प्राविधिक प्रहरी समूह, उपसमूहको विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नेपाल प्रहरी सेवाको विभिन्न पदहरुको लिखित परीक्षाको नतिजाDownload

Read More

काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आसपासका जिल्लामा समेत भुकम्प को धक्का महसुस गरिएको थियो ।

Read More

काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  बैठकमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन विधेयक, २०७९’ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Read More

काठमाडौं: गृहमन्त्रायलले सशस्त्रका एक इन्स्पेक्टरलाई स्पष्टीकरण माग गरेको छ। सशस्त्र प्रहरीका प्राविधिक तर्फकाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा. अनुप खड्कालाई गृहमन्त्रालयले सात दिन भित्र स्पष्टीकरण माग गरेको हो। डा. खड्काले सशस्त्र प्रहरीले यही असार ३ गते प्रकाशित गरेको सूचनाको पनि बेवास्ता गरेकोले अन्तिम कारबाही अगाडि स्पष्टीकरणको मौका दिएको गृहले जनाएको छ।

Read More

काठमाडौँ : भारत टी- २० विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा इङल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो । भारतले दिएको १७२ रनको लक्ष्य पचाएको इङल्याण्ड १६.४ ओभरमा १०३ रन बनाएर अल आउट भएको थियो । यस अघि भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो । अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्ने भएको छ । फाइनल खेल शनिबार हुने भएको छ ।

Read More

धनगढी: महेन्द्रनगरबाट बैतडी जाँदै गरेको बसमा सवार एक यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशी रहेको प्रहरीले जनाएको छ। भारतबाट घर फर्कँदे गरेका जोशी महेन्द्रनगरबाट बैतडीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ६३८४ नम्बरको बसमा अत्तरियामा चढेका थिए। जोशी पाटन पुग्दा बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको थियो। अस्पतालका चिकित्सकले जोशीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ। जोशीको मृत्युको कारण भने खुलेको छैन। बस चालक जगदीश अवस्थी र सहचालक चन्द्रदेव पाण्डेलाई प्रहरीले नियन्त्रणमा…

Read More

काठमाडौँ : प्रहरी महानिरीक्षक वसन्त कुँवर र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बढुवा गर्न नचाहँदा नेपाल प्रहरी अस्पतालका दुई जना वरिष्ठ उपरीक्षक (एसएसपी) अन्यायपूर्ण अवकाशमा गएका छन् । प्राविधिकतर्फ स्वास्थ्य उपसमूहका एसएसपीद्वय डा.दीपक श्रेष्ठ र डा.सुवास आचार्य बिहीबारबाट अवकाशमा गएका हुन् । दुवै जना वरिष्ठ उपरीक्षकको ६ वर्षे पदावधि पुरा गरेर अवकाशमा जान बाध्य भए । डीआईजीको दरबन्दी रिक्त भएको डेढ महिनासम्म भए पनि उनीहरूको बढुवा प्रक्रिया अघि बढेन । डीआईजीमा बढुवा भएको भए उनीहरू थप ५ वर्ष प्रहरीमा रहने अवसर पाउँथे । अन्यायपूर्ण अवकाशमा जानु परेपछि डा.दीपक श्रेष्ठले आईजीपीलाई ‘नालायक सीइओ’ को आरोप लगाएका छन् । नेपाल प्रहरी ‘प्राइभेट…

Read More

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८९ औं सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गर्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन हलबाट अनुमोदन हुने गरी केन्द्रीय समिति २९९ सदस्यीय बनाउने निर्णय भएको छ। यसअघि १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय भएको थियो। साथै उनले पार्टीमा अहिले रहेको सम्मानित नेताको पद पनि कायमै राख्ने सहमति भएको छ भने वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिनेछ। साथै केन्द्रीय उपाध्यक्षमा महिला सिट सुरक्षित रहने व्यवस्था गरिएको उनले बताए। उनकाअनुसार महाधिवेशनका लागि केन्द्रीय…

Read More

काठमाडौं : भिजिट भिसामा चीन पुर्‍याएर मानव बेचबिखन गर्ने महिला पक्राउ परेकी छन्। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विवाहको बहानामा चीन पुर्‍याएर मानव बेचबिखन गर्ने उदयपुरको त्रियुगा नगरपालिका १ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको हो । सुन्दरीले जाहेरवालालाई चीनमा पुर्‍याएर १ लाख ५० हजारमा चिनियाँ नागरिकलाई बेचबिखन गरेपश्चात नेपाल फर्किएको खुलेको छ । जाहेरवालालाई चिनियाँ नागरिकले घरमै बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिई पटक पटक यौन शोषण गरेको खुल्न आएको ब्यूरोले जनाएको छ । सुन्दरीले सामाजिक सञ्चाल म्यासेन्जर मार्फत कुराकानी गरेर चिनियाँसँग विवाह गराइदिने भनेर काठमाडौंको ठमेलमा भेट्न बोलाएकी थिइन्। चिनियाँ केटासँग भेट गराएर गत फागुन १०…

Read More

धनगढी : कञ्चनपुरको सीमावर्ती क्षेत्रमा हुने वन्यजन्तु तथा वन पैदावारको अवैध चोरी सिकारी नियन्त्रण गर्न योजनावद्ध एवं थप प्रभावकारी रूपमा अघि बढ्नेमा दुई देशका वन सम्वद्ध अधिकारी र संरक्षणकर्मीले प्रतिबद्धता जनाएका छन् । बुधबार धनगढीमा सम्पन्न दुइ देशका वन कर्मचारी र संरक्षणकर्मीबीच भएको मैत्रीपूर्ण छलफलमा दुवै देशका अधिकारीहरुले अवैध रूपमा हुने चोरी सिकारी नियन्त्रणका लागी एक अर्कालाई समयमै सुचना आदान प्रदान गरी त्यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका हुन् । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत भीम प्रसाद कँडेलले सीमावर्ती क्षेत्रमा हुने वन पैदावारको अवैध चोरी सिकारी नियन्त्रण गर्न समकक्षीसँग निरन्तर सूचना आदान प्रदान गरिने बताए । सीमा क्षेत्रमा…

Read More