Author: महेन्द्रनगर पोष्ट

दार्चुला – दार्चुलामा आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर निर्वाचन सुरक्षा रणनीति तयार पारिएको छ । जिल्लास्थित सुरक्षा निकायको समन्वयमा दार्चुलाका ११० मतदानस्थल र १३९ मतदान केन्द्रलाई लक्षित गरी मतदानअघि, मतदान र मतगणनासम्मको अवस्थालाई ध्यानमा राखेर सुरक्षा रणनीति तयार गरी कार्यान्वयनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी र नेपाली सेनासमेत परिचालन गर्ने गरी प्रभावकारी सुरक्षा योजना अनुसार परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिनुभयो ।निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको प्रजिअ उपाध्यायले…

Read More

रुकुमपश्चिम– रुकुम पश्चिमको मुसिकोटमा काँग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको छ । आपसी विवादका क्रममा दुई पक्षबीच झडप भएको हो । झडपका क्रममा १० जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । झडपमा दुबै पक्षका गरी १० जना घाइते भएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले बताए । अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्लासमेत रहको रुकुम पश्चिमको मुसिकोटमा एमाले र काँग्रेसको गठबन्धन छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच अर्को चुनावी गठबन्धन छ ।

Read More

काठमाडौँ- सरकारले स्थानीय तहको निर्वाचनका लागि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन अवधिभर सुरक्षामा खटिने म्यादी प्रहरीसहित सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । उक्त सहायता नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा म्यादी प्रहरीको हकमा लागू हुनेछ । त्यस्तै बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय भएको छ । बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीका…

Read More

कैलाली- नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार धनगढीमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । कांग्रेस कैलालीको आयोजनामा सोमबार हुने आमसभालाई प्रधानमन्त्री देउवा र माओबादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले जानकारी दिए । चुनावी सभालाई सम्बोधन गर्न एक दिनअघि नै प्रधानमन्त्री देउवा आइतबार धनगढी पुग्दैछन् । सुर्खेतको आमसभालाई सम्बोधन गरेर देउवा धनगढी आउन लागेका सचिव सुनारले बताए । धनगढी आएपछि उनी धनगढीस्थित आफनै निवासमा बस्नेछन् । धनगढीको आमसभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुराको सभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ । स्थानीय तह निर्वाचनलाई…

Read More

काठमाडाैं – मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षा शुरू हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ । दुई साता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको भएपनि वर्षाले आयोजना स्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने समितिले जनाएको हो । हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण भइरहेको छ । गतवर्ष असारको पहिलो दिन नै बाढी र पहिरोले आयोजनामा क्षति पुगेकाले यो वर्ष सतर्क हुनुपर्ने अवस्था रहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । ‘सुरुङभित्रै बाढी नपरोस् भन्ने उद्देश्यले वर्षा शुरू हुनुअगावै बन्द गर्नुपर्ने छ’, उनले भने । काठमाडौं उपत्यकामा पुनः पानी…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९०५ जनाको पीसीआर परीक्षणमा १७ जना र १ हजार १०५ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट २१ जना निको भएका छन् भने हाल देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २०० जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयूमा उपचाररत् छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख…

Read More

काठमाडौं– बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहेका हिमचितुवाका नामले परिचित बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व रेकर्ड कायम गरेका छन् । लगातार १४ औँ पटकसम्म हिट प्रतियोगितालाई आफ्नो पक्षमा ल्याई चर्चित बक्सर घिमिरेले विश्व रेकर्ड बनाउन सफल भएका हुन् । जापानको नायोगा सहरमा शनिबार साँझ भएको प्रतियोगितामा उनले थाइल्याण्डका बक्सर विला साकलेकलाई दोस्रो राउण्डमा नै रिङमा ढालेका थिए । उनीहरू दुवै ‘के वान के प्रोफेसनल किक बक्सिङ’ भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् । सिमुरा डोजोको ५० औँ वार्षिकोत्सका अवसरमा आयोजित प्रतियोगितामा हिमचितुवाले तीन राउण्डको कुल १६ मिनेटको खेलमा साकलेकलाई १२ मिनेटमा ढालेको हिमचितुवाका प्रशिक्षक देव घिमिरेले जानकारी…

Read More

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दाङ पुगेका छन् । नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनी दाङ पुगेका हुन् । ‘प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न दाङ आउनु भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परिवारले जानकारी दिएका छन् । स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा प्रधानमन्त्री देउवा चुनावी सभामा व्यस्त भएका छन् ।

Read More

पोखरा – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन आफ्नो दललाई सबैभन्दा आवश्यक भएको बताएका छन् । आइतबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले गठबन्धन बनेपछि पोखराको अवस्था फेरिएको बताए । उनले भने, ‘गठबन्धन बन्नु अगाडि कस्तो अवस्था थियो रु आज काँग्रेसको नेतृत्वमा सरकार छ, सबै पार्टी सहभागी भएका छन् । त्यस कारण काँग्रेसका साथीहरूबाट गठबन्धनलाई शङ्का उपशङ्का गर्ने काम गर्नु हुँदैन ।’ ओलीले संसद् भङ्ग परेपछि गठबन्धन बनेको र अरू दल उदार भएर काँग्रेसलाई सरकारको नेतृत्वमा ल्याएकाले गठबन्धनलाई सफल पार्नु आफूहरूको कर्तव्य भएको बताए । उनले भने, ‘गठबन्धन बचाउन पोखरा महानगर मात्र होइन, सबै पालिकामा गठबन्धनका…

Read More

काठमाडौं – सरकारले जेठ ३ गते सङ्घीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।  सरकारको सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ । संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

Read More