Author: महेन्द्रनगर पोष्ट

बारा- मतदानको क्रममा बारामा झडप भएको जिल्लाको देवताल गाउँपालिका वडा ७ स्थित मतदानस्थलमा झडप भएको प्रहरीले जनाएको छ । झडपका क्रममा १ जनाको टाउको गम्भीर चोट लागेको स्थानीयले बताएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।

Read More

बझाङ- बझाङका दुई मतदानस्थलमा शंकास्पद बस्तु फेला परेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर १ स्थित नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल नगरपालिका–८ महादेव माविको मतदानस्थल नजिक शंकास्पद वस्तु भेटिएको हो । नारायणवी मावि पिमीको मतदान केन्द्रमा भेटिएको ्प्रेसकुकर बम जस्तो देखिने उक्त बस्तु निष्कृय पार्न विरभद्रजंग गुल्म पानकोटबाट नेपाली सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ । महादेव मावि अठपाली मतदानस्थल नजिकै बाटोमा पनि रङको बट्टा जस्तो शंकास्पद बस्तु भेटिएको हो । त्यहाँ पनि सो वस्तु स्किृय पार्नका लागि नेपाली सेना खटिएको बझाङ प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ । जसले गर्दा नेपालमा मौसम बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, दिउँसो प्रदेश नं. १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । त्यस्तै, प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, राति प्रदेश नं. १ मा सामान्य बदली र देशका…

Read More

काठमाडौं- स्थानीय तह निर्वाचनको मतदान देशभर एकैसाथ सुरु भएको छ । नेपालको संविधान २०७२ जारी भएपछि पहिलोपटक एकैपटक स्थानीय तहको निर्वाचन हुन लागेको हो । अघिल्लो २०७४ को स्थानीय तहको निर्वाचन दुई चरणमा गरिएको थियो । निर्वाचनमा देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको हो । मतदान कार्य आज अपराह्न ५ बजेसम्म जारी रहनेछ । आफ्नो जनप्रतिनिधि छनोटका लागि मतदाता मतदान केन्द्रमा पुगी लामवद्ध भइरहेका छन् । आजको ऐतिहासिक निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार…

Read More

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले आफ्नो अमूल्य अभिमत प्रदान गर्न मतदातामा अनुरोध गरेका छन् । एक अपिल जारी गर्दै गृहमन्त्री खाणले आम नेपालीहरुलाई निर्भयतापूर्वक विवेकसम्मतरूपले आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आग्रह गरेका हुन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबुत पार्न, विधिको शासनलाई सुदृढ गरी निर्वाचनको माध्यमबाट जनतालाई सशक्त बनाउन र जनस्तरसम्म शान्ति, स्थिरता, समृद्धि र सुशासन कायम गरी विकासको प्रतिफल जनताको घर आँगनसम्म पु¥याउनका लागि निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुने आग्रह गरेका छन् । उनले सरकार स्वच्छ, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

Read More

काठमाडौं- स्थानीय तहको निर्वाचन आज हुँदैछ । स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि शुक्रबार देशभर एकसाथ मतदान गरिँदैछ । विहान ७ बजेदेखि सुरु हुने मतदानका लागि निर्वाचन आयोगले सबै तयारी पूरा भइसकेको जनाएको छ । मतदानमार्फत जनताले शुक्रबार जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् । हालसम्म निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेरजम्म ३९० जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् । यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट निर्धारण गरिएका छन् । जहाँ एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका…

Read More

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा पेट्रोल बम प्रहार भएको छ । तुलसीपुर -५ सल्यान रोडस्थित उम्मेदवार गिरीको घरको पर्खाल भित्र दुई वटा नक्कली पेट्रोल बम प्रहार भएको तुलसीपुर इलाका प्रहरी कार्यालय डीएसपी श्याम अर्याल बताए । दुई वटा बोतल भित्र मट्टीतेल हालेर प्रहार गरिएको उनले बताए । अपरिचित समूहले घरको कम्पाउण्ड भित्र दुई वटा बम फ्यालेर भागेको डिएसपी आर्यलले बताए । यसले कुनै मानवीय र भौतिक क्षति भने नभएको उनले बताए ।

Read More

डाेटी- डाेटीकाे शिखर नगरपालिका वडा नम्बर ४ गरूडीमा ना १ ज ३१५२ काे जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । शिखर नगरपालिकाकाे लुवाखडीबाट यात्रु बाेकेर शिखर नगरपालिका- ५ तिजाली तर्फ जान लागेकाे जीप दुर्घटना भएकाे हाे । जीप बिहीबार बेलुकी करिब ६ बजेतिर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ । जीपमा क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएकाे बताइएकाे छ । जीपमा करिब ३० जना यात्रु रहेका जनाइएकाे छ । यात्रु जीपकाे छतमा समेत कसेका बसेका थिए । घाइतेहरूलाई दिपायलस्थित शैलेश्वरी हस्पतालमा लगिएकाे बताइएकाे छ । अधिकांश यात्रुहरू शुक्रबार हुने स्थानीय तहकाे निर्वाचनका लागि भाेट हाल्न…

Read More

कैलाली- वैशाख ३० अर्थात शुक्रबार (भोलि) हुने स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा करिब ७० प्रतिशत मत खस्ने आकलन गरिएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले प्रदेशमा करिब ७० प्रतिशत जनताले निर्वानमा मतदान गर्ने आँकलन गरिएको बताए ।उनका अनुसार सुदूरपश्चिम प्रदेशमा १६ लाख २५ हजार १५० मतदाता छन् । यसमध्ये प्रदेशमा ७० प्रतिशत भन्दा बढी अर्थात ११ लाख ३७ हजार भन्दा बढी मत खस्ने प्रदेश निर्वाचन कार्यालयको अनुमान छ । सबैभन्दा बढी मतदाता रहेको कैलालीमा मात्रै पनि ७० प्रतिशत भन्दा बढी मत खस्ने आँकलन गरिएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख भट्टले बताए ।उनका अनुसार कैलालीमा मतदाता…

Read More

कञ्चनपुर- कञ्चनपुरको पुनर्वासबाट नेकपा माओबादी केन्द्रका कार्यकर्ताले चुनावी प्रचारमा प्रयोग भएको सरकारी मोटरसाइकल स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । नगरपालिकाको वार्ड नं. २ का वडाध्यक्ष सन्तकुमार चौधरीले प्रयोग गर्ने म.१ ब ४४४ नम्बरको गाडी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । बुधवार राति करिब १ बजेको समयमा पुनर्वास नगरपालिका वार्ड नं. २ अमरैया टोलमा चुनावी प्रचारमा प्रयोग गरिरहेको अवस्थामा स्थानीयले मोटरसाइकल नियन्त्रणमा लिएका थिए । निर्वाचन आचार संहिता विपरित मौन अवधिमा सरकारी गाडी प्रयोग गरेको पाइएकाले मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक मनिराम भट्टले जानकारी दिए ।

Read More