Author: महेन्द्रनगर पोष्ट

बैतडी- बैतडीमा आजदेखि नै मदिरा विक्री वितरण गर्न लगाइएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आजदेखि अन्तिम मतपरिणाम नआउँदासम्म जिल्लामा मदिरा सेवन र कारोबारमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले मदिरा विक्रीवितरण तथा सेवन गर्न रोक लगाउने निर्णय गरेको थियो । प्रशासनले निर्णय कार्यान्वयन भए÷नभएको अनुगमनसमेत गर्ने जनाएको छ ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न धनगढी पुगेका छन् । देउवा आइतबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीस्थित बोराडाँडी आर्मी ब्यारेकमा ओर्लिएका थिए भने प्रचण्ड आज बिहान पुगेका हुन् । धनगढीमा बिहान ११ बजे आमसभा हुने कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए । यो सभालाई देउवा, प्रचण्डसहितले सम्बोधन गर्ने छन्। देउवा आजै गृहजिल्ला डडेल्धुरा जाने छन्। प्रचण्डले धनगढीबाहेक कैलारीको हसुलियामा माओवादीको कैलारी गाउँ कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन् । उनी कञ्चनपुरको बेलौरी र बैतडी पनि जाने कार्यक्रम छ ।

Read More

कैलाली- कैलालीको कैलारी गाउँपालिकामा सोमबारदेखि अत्यावश्यकबाहेकका सबै सेवा एक हप्ताका लागि बन्द गरिएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गर्दै २६ गतेदेखि जेठ २ गतेसम्म अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिने सूचना जारी गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कर्मचारीहरु तोकिएको निर्वाच केन्द्रको मतदान स्थलमा जानुपर्ने भएकाले गाउँपालिका कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरु बन्द हुने प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

Read More

कैलाली- कैलालीका महिला मतदाता महिलाका मुद्दा सम्बोधन गर्न सक्नेलाई मत दिने पक्षमा रहेको बताउन थालेका छन्। मतदाता स्थानीय तह निर्वाचनमा पाँच वर्षका लागि नेतृत्व छान्नुपर्ने भएकाले लैङ्गिक मुद्दा बुझेको उम्मेदवार नेतृत्वमा ल्याउनुपर्ने विषयमा छलफल गर्न थालेका छन्। महिलाहरु लैङ्गिक मुद्दा नबुझेको उम्मेदवार पालिकाको नेतृत्वमा आए महिला झन पछाडि पर्ने भएकाले सचेत रहन आग्रह समेत गरिइएको छ। लम्कीचुहा नगरपालिकाकी टीका रसाइली यसपटक महिलाका मुद्दा अघि सारेर निर्वाचनमा खटिएको उम्मेदवारलाई जिताउने पक्षमा रहेको बताउँछिन्। “महिला उम्मेदवार पनि मैदानमा हुनुहुन्छ, हामीले महिलाका क्षेत्रमा काम गर्न सक्ने उम्मेदवार छान्ने सल्लाह गर्न थालेका छौँ”, उनी भन्छिन्, “सबै दलका स्थानीय घोषणापत्रसमेत हेरिरहेका छौँ। उम्मेदवारको यसअघिको क्रियाकलापलाई…

Read More

काठमाडौं- नेपाल प्रहरीले आचरण विपरित गतिविधि गर्ने ४८ म्यादी प्रहरीलाई बर्खास्त गरेको छ । निर्वाचन सुरक्षाका लागि खटाइएका म्यादी प्रहरीमध्ये आचरण विपरीत गतिविधि गरेको आरोपमा सुदूरपश्चिमबाट ९ जनासहित ४८ जनालाई बर्खास्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सबैभन्दा बढी लुम्बिनी प्रदेशबाट ११ जना बर्खास्तमा परेका छन् । यसैगरि वाग्मती, गण्डकी र कर्णाली प्रदेशबाट ८÷८ जना र मधेश प्रदेशबाट ४ जना म्यादी प्रहरीलाई कारबाही गर्दै बर्खास्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Read More

काठमाडौं- आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका पाँच जना म्यादी प्रहरीको मृत्यु भएको छ । जसमध्ये एक जनाले आत्महत्या गरेकी छन् । ड्युटीमा खटिएकाहरुमध्ये काठमाडौं, हुम्ला र नुवाकोटमा एक÷एक जना म्यादी प्रहरीको मृत्यु भएको छ भने सिन्धुपाल्चोकमा एक जनाले अत्महत्यासहित दुई जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले जानकारी दिए । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर मृत्यु भएको थियो भने अनिता भट्टराईले विष सेवन गरी आत्महत्या गरेकी थिइन् । नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको पनि दुर्घटनामा मृत्यु भएको थियो । यसैगरी हुम्लामा डेरा गरी बस्दै आएका सर्केगाड गाउँपालिका–६ का जसबहादुर…

Read More

दैलेख- दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका तर्कबहादुर बडुवाल चढ्ने गाडीमा आगजनी भएको छ । आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ् गरेर राखिएको बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडी बिहान साढे ३ ः १५ बजे आगजनी भएको उम्मेदवार बडुवालले बताए । उनका अनुसार चालक गाडीभित्रै सुतिरहेको थिए । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पु¥याएपति खासै क्षति नभएको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Read More

काठमाडौं- परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । राष्टिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरेर कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो । आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदैछ । बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरुले आ–आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई सोही अनुसार जानकारी गराउन पनि परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको छ ।

Read More

काठमाडौँ- हाल नेपालमा स्थानीय वायु र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । यही प्रभावका कारण नेपालको मौसममा फेरबदल भइरहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भूभागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।

Read More

चितवन- चितवनमा नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) माथि छुरा प्रहार गरी हत्या गरिएको छ । एमाले कार्यकर्ताको छुरा प्रहारबाट कानको मृत्यु भएको कांग्रेसको आरोप छ । प्रहरीका अनुसार छुरा प्रहारबाट घाइते भएका परियारलाई उपचारका लागि अस्पताल पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । भरतपुर–७ कृष्णनगर खेलकुद मैदान अगाडि मोटरसाइकलमा हिडिरहेका परियारमाथि एमालेका कार्यकर्ताले आइतबार साँझ एक्कासी रोकेर छुरा प्रहार गरेको कांग्रेस निकट स्रोतले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन पुगेका थिए । चितवन पुगेका ओली नेपाली कांग्रेस र माओवादी केन्द्रमाथि खनिँदै उत्तेजित भाषण गरेपछि एमाले कार्यकर्ताहरु आक्रोशित बनेका थिए । कानको हत्यापछि चितवनको…

Read More