Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – स्थानीय तह निर्वाचनका लागि आजदेखि ६ दिनसम्म विद्यालयहरू बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते मात्रै बिदा दिने निर्णय गरेको थियो । तर धेरैजसो सामुदायिक विद्यालयहरूमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरू निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरू बन्द गरिएको हो । यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिएको थियो । वैशाख ३१ गते शनिवार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक बिदा दिने निर्णय…

Read More

काठमाडौं – रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गरेको हो। सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीका अनुसार कूल २७ लाख ३० हजार कित्ता शेयरमध्ये दुई प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात एक लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । निष्काशित…

Read More

बारा- जितपुर सिमरा उपमहानगरपालिका–२१ बाट करिब १५ केजी अवैध लागूऔषध गाँजा सहित एक भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २४ वर्षीय सुरज पाण्डे समेत ३ जना छन् । उनीहरुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.२ ह १३६४ नम्बरको अटोलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई गाँजा सहित फेला पारेको थियो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं – ८७ जना यात्रुसहित काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गराइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ । जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने स्रोतको भनाइ छ । अहिले आकासमा विभिन्न एयरलाइन्सका जहाज आकासमा होल्ड भएका छन् ।

Read More

बैतडी – बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार आज बिहान १० बजेर १८ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ र डडेल्धुरामा भूकम्पको महसुस गरिएको छ । भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ । यसअघि यही वैशाख ६ गते पनि सूदूरपश्चिमकै सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Read More

काठमाडौं – भारतीय सुरक्षाकर्मी लिएर भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने कार्यक्रम तय भएकाले उनको सुरक्षाका व्यवस्था मिलाउन जहाज बिहान साढे ८ः२८ बजे भैरहवामा अवतरण गरेको हो । २५६६ औं बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने भएपछि त्यसको पूर्वतयारीका लागि भारतीय सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगेको छ। जेठ २ गते परेको बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी आउने कार्यक्रम तय भइसकेको छ। भारतीय प्रधानमन्त्री मोदीको सोही आगमनको पूर्वतयारीका लागि बुधबार बिहान भारतीय वायु सेनाको विमानमार्फत् भारतीय सैनिक अधिकारीको टोली बन्दोबस्तीका सामग्रीसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा…

Read More

एजेन्सी – युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने भएको छ । युक्रेनको सरकारले सो कुरा जनाएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस समहालले मंगलबार युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने जानकारी दिनुभएको हो । उहाँले युक्रेनको मन्त्रिपरिषदले हालैमात्र युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गर्ने विषयको कानुन बनाएको र सो सम्पत्ति जफत गर्ने अनुमति दिएको बताउनुभयो । प्रधानमन्त्री सामहालले मंगलबार भन्नुभएको छ– अब युक्रेनमा रहेका रुसका सबै प्रकारका भौतिक सम्पत्तिहरु युक्रेन राज्यको मातहतमा आएका छन्, मंगलबारको मन्त्रिपरिषदको बैठकले सो कानुन बनाएको छ । युक्रेनले रुसको आक्रमणबाट ध्वस्त बनाएका संरचनाहरुको पुननिर्माणका लागि एक कोषको स्थापना गरेको जनाएको छ । रुसको सो सबै सम्पत्ति…

Read More

काठमाडौं – आज बुधबार नेपाली बजार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले घट्दै ९७ हजार रुपैयाँमा झरेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै घट्दै ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ३० रुपैयाँले घट्दै आज एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार…

Read More

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयनका लागि आजको समय तोकिएको छ । एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताउनुभयो ।        बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यसपछि मौन अवधि सुरु हुनेछ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । कलेजो, मिर्गौला रोगका कारण चौधरीको मृत्यु भएको हो । वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।

Read More

काठमाडौं – नयाँ मतदाताहरूका लागि निर्वाचन आयोगले आज बुधबार र भोलि बिहीबार मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो । आयेगले सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने जनाएको छ । आसन्न स्थानीय तहको निर्वाचनको मतदान यही वैशाख ३० गते शुक्रवार देशभर हुँदैछ । मंगलबार रातिदेखि नै मौनावधि सुरु भइसकेको छ । यो अवधि वैशाख ३० स्थानीय तहको निर्वाचन नसकिउन्जेलसम्मका लागि लागू हुनेछ ।

Read More