Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- आचरण विपरीतका गतिविधि गरेको भन्दै ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा परेकाहरू सेवाबाटै बर्खास्तमा परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरू मध्येमा मादक पदार्थ सेवन गर्ने, अरूलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टीकाटिप्पणी गर्दै हिँड्ने र कुटपिट गर्ने काम गरेको बताए । कारबाहीमा परेकामध्ये एक जना भने बलात्कार आरोपमा प्रहरी हिरासतमा छन् । उनी काठमाडौंमा उपत्यकामा खटिएका थिए । केसीका अनुसार म्यादी प्रहरीले पनि ४० दिनसम्म नेपाल प्रहरीले जसरी ‘व्यावसायिक आचरण’ पालना गर्नुपर्छ । तर, ४६ जनाबाट भने गैर व्यावसायिक आचरण प्रदर्शन भएको र उनीहरूलाई…

Read More

सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाबाट गठबन्धनबाट उपमेयर पदका लागि उम्मेदवारी दिएकी शान्ति ढकालले प्रयोग गरेको गाडीमा आगजनी भएको छ । माओवादी केन्द्रबाट गठबन्धनकी उपमेयर उम्मेदवारी बनेकी ढकालले चुनावका लागि प्रयोग गरेको बा१४च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटल अगाडि पार्किङ गरी राखेको गाडीमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । साथै वीरेन्द्रनगरस्थित जुम्ला रोडमा राखिएको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा पनि शुक्रबार राति आगजनी गरिएको जनाइएको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई पक्राउ गरेको जनाएको छ ।

Read More

काठमाडौं – वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा खटिने रोल्पाका ३४५ मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । दुई दिनसम्म चलेको तालिममा मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतपेटिका राख्ने ठाउँ, रुजु गर्ने तथा मतदान केन्द्र निर्माण गर्ने तरिका, कर्मचारी आचारसंहितालगायतका विषयमा तालिम दिइएको थियो । जिल्लाका ८१ मतदानस्थल गरी १७३ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको हो । निर्वाचनमा खटिएर गइसकेपछि निष्पक्ष तरिकाले कसरी काम गर्ने वातावरण मिलाउने भन्ने विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत दिलीपराज पन्तले बताउनुभयो । नमूना मतदान अभ्यास पेटिकाअनुसार मतदान…

Read More

काठमाडौं – राजसंस्था र हिन्दु धर्मको एजेन्डा बोकेर चुनावी अभियानमा निस्किएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आज कास्कीको पोखरा जाँदैछन् । पोखरामा दिउँसो हुने चुनावी सभालाई लिङ्देनले सम्बोधन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । लिङ्देन पोखराको कार्यक्रमपछि भने नेपालगञ्ज जानेछन् । स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा माहोल बनाउन उनी आफैं चुनावी कमान्डर बनेर खटिएका हुन् । उनले राप्रपाको शक्ति निर्वाचनमार्फत प्रकट हुने बताउँदै आएका छन् । पार्टीको पक्षमा जनमत देखिएको भन्दै एक्लै निर्वाचन लडेर २०७४ सालमा भन्दा धेरै स्थानीय तहमा निर्वाचन जितिने पनि उनको दाबी छ । तर, उनको पार्टी विभाजित छ । गएको माघमा पार्टीको…

Read More

गोरखा – जनता समाजवादी पार्टी (जसपा)का सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्थानीय तह निर्वाचनमा गृह जिल्ला गोरखामा केन्द्रित भएका छन् । आज बिहानैदेखि उनी पालुङटार नगरपालिकाको वडा नम्बर–६ मा घरदैलो अभियानमा जुटेका छन् । ‘जसपा दलित नेता लालबहादुर विकको घरमा बिहानको चियापान गरेर पानपा–६ को घरदैलो अभियानतिर लागियो’, भट्टराईले ट्‍वीटरमा लेखेका छन् ।उनले ठूलो सभाभन्दा गाउँ टोलका अन्तरक्रियात्मक भेटघाट बढी रोचक र उपयोगी लागेको पनि बताए । यसअघि हिजो सोही नगरपालिकाको बाह्रपिर्के, एअरपोर्टलगायत स्थानमा भट्टराई घरदैलो अभियानमा सरिक भएका थिए । उनीसँगै पत्नी हिसिला यमी पनि अभियानमा छिन् । पार्टी अध्यक्ष उपेन्द्र यादव पनि गृह जिल्ला मोरङसहित मधेस प्रदेशका…

Read More

सुर्खेत- सुर्खेतमा दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको छ । वीरेन्द्रनगर–६ स्थित मुख्य राजमार्गमा रोकर राखेका दुई वटा गाडीमा अज्ञात समूहले शुक्रबार राति आगजनी गरेका हुन्। जुम्ला रोडस्थित सत्कार होटल अगाडि रोकेर राखेको बा १४ च ६८३१ नम्बरको स्कर्पियो र सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२(००१ ख ००६१ नम्बरको मिनी बसमा आगजनी भएको हो। स्कार्पियो नेपाली कांग्रेसले चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो भने मिनी बस नेकपा एमालेले प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो । आगलागीबाट स्कर्पियोको टायर र बाहिरी बडीमा क्षति भएको छ भने मिनीबसको सिसा र भित्र सिटहरुमा क्षति भएको कर्णाली प्रदेश प्रहरीले कार्यालयले जनाएको छ ।…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशमा पहिलो केबलकार परियोजना बन्ने भएको छ । जलपादेवी केबलकार प्रालिले कैलालीको लम्कीचुहा नगरपालिका १३ चिसापानीमा तल्लो स्टेसन र मोहन्याल गाउँपालिका ७, राजकाँडामा माथिल्लो स्टेसन रहने गरी केवलकार बनाउन लागेको हो । कम्पनीले सुदरपश्चिम प्रदेशकै पहिलो केबलकार परियोजनाका रुपमा रहेको यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम पुरा गरी प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । माथिल्लो स्टेसनबाट २५० मिटरको दूरीमा जालपादेवी मन्दिर रहेका कारण यो भेगमा पर्यटकीय सम्भावना रहेको भन्दै आयोजना अगाडि बढाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार जालपादेवी मन्दिर, कालभैरव मन्दिर, कालिका देवी मन्दिर, कैलाशधाम तिर्थस्थल, हात्तिढुंगालगायत क्षेत्र यस आयोजनाको आसपास छन् । आयोजनाले…

Read More

कैलाली- कैलालीको धनगढीमा किशोर किशोरी मृत फेला परेका छन् । शनिबार धनगढी उपमहानगरपालिका–१० का दुई जना किशोर किशोरी मृत फेला परेका हुन् । १७ वर्षीय अनुप राना र १६ वर्षीया आकृती राना रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । एउटै दोपट्टाले सँगै पासो लगाएको अवस्थामा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Read More

दार्चुला- महाकाली नदीमा तुइन विस्थापन गर्न सरकारले बनाएका दुई झोलुङ्गे पुल निर्माण सम्पन्न भएको तीन महिनासम्म पनि सञ्चालनमा आउन सकेको छैन । हस्तान्तरण हुन बाँकी भन्दै तालाबन्दी गरिएपछि स्थानीय समस्यामा परेका छन् । पुलमा हिँड्न नपाएपछि स्थानीयले तुइनकै भरमा नदी वारपार गर्न बाध्य छन् । स्थानीय दिपक भट्टले पुल सञ्चालन नहुँदा तुइनको साहारामा नदी वारपार गर्नुपरेको बताए । भारतीय सीमा सुरक्षा बलले बेलाबेला तुइन हटाएपछि दुहुँ र व्यास गाउँपालिकाका बासीन्दाको दैनिकी कष्टकर बनेको छ । व्यास गाउँपालिका–४ मल्घट्टेमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल माघ तेस्रो साता निर्माण सम्पन्न भएको थियो । व्यासकै वडा नम्बर ६ बडूगाउँस्थित महाकाली नदीमा पनि गत फागुनमै…

Read More

काठमाडौँ : हाल नेपालमा स्थानीय वायु, पश्‍चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। देशको थोरै स्थानमा मेघ गर्जनर चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो मधेश, बागमती, गण्डकी र प्रदेश १ मा मेघ गर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। आज राति देशको पहाडी भूभागमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ।

Read More