Author: महेन्द्रनगर पोष्ट

कैलाली- आसन्न स्थानीय तहको निर्वाचन गराउने प्रयोजनका लागि कैलाली जिल्लाका सबै १३ पालिका तहमा चार हजारभन्दा बढी कर्मचारी खटाउन लागिएको छ । आवश्यक निर्वाचन सामग्रीसहित जिल्लाका सबै २३६ मतदानस्थलका ६१९ मतदान केन्द्रका लागि मतदान अधिकृत र त्यत्तिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाउन लागिएको छ । ५०० मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र ५०० भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुई सहायक कर्मचारी खटाउन लागिएको छ । सबै मतदान केन्द्रमा एक कार्यालय सहयोगी खटाउन लागिएको छ । खटिनेहरूमा निजामती कर्मचारी, सरकारी स्वामित्वका संस्थानका कर्मचारी रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले बताए। निर्वाचनमा खटिने कर्मचारीका लागि आवश्यक तालिम…

Read More

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएको छ । चितवनको पर्सामा तीन दिनसम्म चलेको इतर पक्षको राष्ट्रिय भेलाले नेकपा (बहुमत) पार्टी गठन गरेको छ । यससँगै नेकपा पार्टी दुई भागमा विभाजित भएको हो । पार्टी महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले चुनावविरुद्ध उत्रिएका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीबाट निष्कासन गरेपछि चुलिएको विवाद अन्ततः पार्टी फुटमा परिणत भएको हो । कारबाहीपछि सुदर्शन र बास्तोलाले बुधबार चितवनमा भेला डाकेर विप्लव र प्रकाण्डलाई पार्टीबाटै निष्कासन गरेको छ । साथै, तीन दिनसम्म चलेको भेलाले आगामी फागुनमा महाधिवेशन गर्ने गरि नेता धमेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन…

Read More

डडेल्धुरा- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । हरिशप्रसाद अवस्थी नामका मतदाताले आरजुविरुद्ध उजुरी दिएका हुन् । हिजो (विहीबार) स्थानीय तह निर्वाचनको प्रचारको क्रममा ‘कांग्रेसको मेयर भएको ठाउँमा मात्र पैसा पठाउने’ भनी दिएकी अभिब्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको भन्दै अवस्थीले उजुरी दिएका हुन् । उजुरीमा भनिएको छ, ‘नेपाली कांग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले स्थानीय तह निर्वाचनको प्रचारका क्रममा कांग्रेसको मेयर भएको ठाउँमा मात्र पैसा पठाउने भनी दिएको अभिब्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको छ ।’ जनताको करबाट सृजित राज्यको साधनस्रोत राणाले आफ्नो इच्छानुसार परिचालन गर्न नपाउने उल्लेख गर्दै…

Read More

बाजुरा- बाजुराको बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजबादीका कार्यकर्ताबीच भएको झडप नियन्त्रणमा आएको छ । जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको टोली घटनास्थलमा पुगेको केही बेरमा नै स्थिति नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला सदरमुकाम मार्तडीबाट प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, सशस्त्र प्रहरी र थप प्रहरीको टोली घटनास्थलमा पुगेपछि स्थिति नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले जानकारी दिए । उनले घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका बताए । पक्राउ परेका नरेन्द्र कार्की र केशव कार्कीलाई सदरमुकाम मार्तडी ल्याइँदैछ । नेकपा एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच…

Read More

काठमाडौं– निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ जारी गरेको छ । यही वैशाख २२ गते स्वीकृत भएको सो मापदण्डमा उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन चलाउनका लागि तोकिएबमोजिमको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनु पर्नेछ । यसरी निवेदन परेमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले उम्मेदवारको विवरण यकिन गरी सोही निवेदनमा सिफारिस गर्नुपर्ने उल्लेख छ । उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटरप्याडमा सवारी साधन नम्बर, सवारी साधनको किसिम, सवारी साधन प्रयोगकर्ताको नामसमेत उल्लेख गरी अनुसूची २ बमोजिमको सिफारिस…

Read More

दार्चुला- सात महिनापछि व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको नेपाल टेलिकमको स्काई फोन सेवा पुनः सञ्चालन भएको छ। नेपाल टेलिकमका प्रमुख कृष्णबहादुर गुरुङ आफैँ छाङ्गरु पुगेर टेलिफोन सेवा पुनः सञ्चालनमा ल्याएका हुन् । मङ्गलबार कार्यालय प्रमुख गुरुङसहितको टोली भारतको बाटो भएर छाङगरु गएको थियो। व्यासमा स्काई टेलिफोन टावर सञ्चालन भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए। “स्काई फोन सञ्चालन गरिएको छ, अझै पूर्ण रुपमा सुचारु गर्ने प्रयास भइरहेको छ, स्थानीय तह निर्वाचनका लागि भए पनि प्रभावकारी टावर सञ्चालनमा ल्याउनुपर्ने बाध्यता छ, यसअघि सशस्त्र प्रहरीको भिस्याटमार्फत दुई वटा ल्याण्डलाइन प्रयोगमा आएका थिए”, उनले भने। सो स्थामा टावर…

Read More

दार्चुला- व्यास गाउँपालिका–१ का शङ्करसिंह ऐतवाल ९४ वर्षको भए। विगतमा गाउँ पञ्चायतको सदस्यसमेत रहेका उनी तिङ्करको डोकाङ खम्पा काण्डका जिउँदा सहिद पनि हुन्। नेपाल प्रहरीको जागिर छोडेर आएका ऐतवाल खम्पाकाण्डमा एक्लै मैदानमा खटिनुभएको थियो। विसं २०७४ को निर्वाचनसम्म निरन्तर मतदानमा सहभागी भएका उनी यो पटक भने मतदान गर्नबाट वञ्चित हुँदैछन्। महिलो पटक आफूहरुले निर्वाचनमा मतदान गर्नबाट वञ्चित हुनुपरेकामा उनको गुनासो छ। मतदान गर्ने इच्छा हुँदाहुँदै पनि मतदान केन्द्र पायक पर्ने ठाउँमा नहुँदा निर्वाचनबाट वञ्चित हुनुपर्ने अवस्था आएको ऐतवालको भनाइ छ। भोट हाल्ने हाम्रो अधिकार हो तर बसाइँसराइका कारण हामी गाउँ जान नसक्ने भएकाले मतदान केन्द्र खलङ्गामा पनि राखिए सहज हुने…

Read More

काठमाडौँ- यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागबाहेक अन्य क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ। ती क्षेत्रहरुमा बढी वर्षा हुने सम्भावना (३४ देखि ६५ प्रतिशत) रहेको छ। विभागबाट प्राप्त विवरणअनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागमा भने सरदर वर्षा हुने आकलन छ। त्यसको सम्भावना ९३५ देखि ४५ प्रतिशत० अनुमान गरिएको छ। आगामी जेठ १८ देखि असोज १४ सम्म चार महिनाको मनसुन अवधिको समयलाई…

Read More

बैतडी- बैतडीमा कोदालो प्रहार गरेर एक युवकको हत्या भएको छ । शुक्रबार जिल्लाको डिलाशैनी गाँउपालिका–७ स्थित मनेकुडामा २८ वर्षीय श्याम ऐरमाथि ३० वर्षीय विरेन्द्र ऐरले कोदालो प्रहार गरेर हत्या गरेका हुन् । दिउँसो करिव साढे १ बजेतिर पानीको विषयमा विवाद हुँदा विरेन्द्रले कोदालो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा प्रवक्ता लोकराज जोशीले बताए । मृतक ऐरकी श्रीमतीले लुगा धुने बेलामा विरेन्द्रले पानी बन्द गरेपछि विवाद भएको थियो । विवाद बढेपछि विरेन्द्रले श्यामको छातीमा कोदालो प्रहार गरेका थिए । अहिले मृतक श्यामको शव पोस्टमार्टमका लागि स्थानीय गोकुलेश्वर अस्पतालमा लगिएको प्रहरीले बताएको छ । यस्तै कोदालो प्रहार गर्ने विरेन्द्रलाई…

Read More

डोटी- यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि डोटीमा दुई हजार ५ सय सुरक्षाकर्मी परिचालन हुने भएका छन् । जिल्ला सुरक्षा समितिले यहाँका नौवटै स्थानीय तहमा रहेका निर्वाचन केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाएको हो । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि रणनीतिक सुरक्षा योजनासहित जिल्लाको निर्वाचन सुरक्षा मजबुद बनाउने तयारी गरिएको बताए । उनले भने, “यस पटकको निर्वाचन भएरहित वातावरणमा सम्पन्न गराउन हामीले सुरक्षा रणनीति निकै बलियो बनाएका छौँ, निर्वाचन बिथोल्ने खालका गतिविधि भए तत्काल कारबाही गर्छौं ।” निर्वाचनका…

Read More