Author: महेन्द्रनगर पोष्ट

दार्चुला – दार्चुलामा निर्वाचन अवधिभर मदिरा पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको छ। आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जिल्लामा मादकपदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार यही वैशाख २५ गते आज राति १२ बजेदेखि मतगणनाको अन्तिम मत परिणाम घोषणा नभएसम्म मादकपदार्थको बिक्री वितरण तथा सेवन गर्न नपाइने बताएका छन । उक्त कार्यलाई बेवास्ता गरी बिक्री वितरण, सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । मादक पदार्थ बिक्री वितरण…

Read More

काठमाडौं – वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ । निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् । सङ्घले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

Read More

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०७८’ को उल्लंघन गरेको भन्दै २३ वटा वेब पोर्टललाई कारवाही गरेको छ । उनीहरुले आचारसंहिताको गम्भीर उल्लंघन गरेको कारण नेपालभित्र सञ्चालन हुन नसक्ने गरी कारवाही गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई कारवाही गरेको हो । दर्ता नभई सञ्चालन भएका वेब पोर्टलले आचारसंहिता उल्लंघन गरेका कारण नेपालबाट सञ्चालन हुन नसक्ने गरी कारवाही गरिएको आयोगले बताएको छ । आयोगका अनुसार हालसम्म निर्वाचन आचारसंहित उल्लंघन गर्ने १३७ सञ्चार माध्यमलाई सचेत तथा सजग गराइएको छ । यस्तै, चैत २५ गतेदेखि वैशाख २२ गतेसम्मको अवधिमा २७ वटा मिडिया तथा…

Read More

काठमाडौं – हिमालयन हाइड्रोपावर लिमिटेडको ९ करोड मूल्य बराबरको ९ लाख कित्ता आईपीओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्कीका स्थानीय बासिन्दाहरुका लागि आईपीओ खुलाएको हो । कम्पनीको जारी पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत अर्थात् ९ लाख कित्ता सेयरको प्राथमिक बिक्री खुला भएको कम्पनीले जनाएको छ । आईपीओमा कम्तीमा १० देखि अधिकतममा एक लाख कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र कास्की मादी गाउँपालिका वडा नम्बर १, २, ३, ४, ६ र ७ का स्थानीय बासिन्दाहरुले जेठ ८ गते आवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र सबै सेयर खरिदमा…

Read More

मोरङ- विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनी रहेकी छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी इलाका प्रहरी कार्यालय रानी (सिमा) कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।

Read More

पोखरा – अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले एक प्रहरी नायब निरीक्षक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले गण्डकी प्रदेश प्रहरी कार्यालय विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महताविरुद्ध भ्रष्टाचार मुद्दा बिशेष अदालत काठमाडौंमा दायर गरेको हो । महतोले लेनदेन केस मिलाई दिने भनी सेवाग्राहीसँग ३८ हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी अख्तियारमा परेको थियो । सोहि उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट टोली खटिएको थियो । सोहि टोलीले महतोलाई सेवाग्राहीसँग ३८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बैशाख ६ गते नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा महतोले आफ्नो कार्यक्षेत्र र जिम्मेवारी तथा कार्यरत…

Read More

काठमाडौं– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले महिलाहरुलाई सार्वजनिक ठाउँमा बुर्का लगाउन उर्दी जारी गरेको छ । तालिबानले सार्वजनिक स्थानमा सबै महिलाहरूलाई अनुहार ढाक्ने पहिरन लगाउन निर्देशन दिएको बेलायती पत्रिका द गार्जियनले जनाएको छ । यसबाहेक तालिबानले महिलाहरूलाई लामो दूरीको एक्लै यात्रा गर्ने अधिकारबाट समेत बञ्चित गरेको जनाइएको छ । यस्तै, तालिबानले महिलाहरूलाई स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा काम गर्न पनि बन्देज लगाएको गार्जियनको अनलाइन संस्करणले जनाएको छ । महिलाहरूले बुर्का लगाउने नियम कार्यान्वयनको जिम्मा भने उनै महिलाका अभिभावक, नातेदार वा रोजगारदातालाई दिइएको बताइएको छ । कोही महिलाले सार्वजनिक स्थानमा अनुहार नछोपेको खण्डमा ती महिलाका ‘अभिभावक’ लाई सजाय हुने व्यवस्था राखिएको छ । महिलाहरू घरबाट बाहिर ननिस्किऊन् भन्नाका लागि यस्तो नियम ल्याइएको हो । ‘अफगानिस्तानका सबै…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारलाई मतदातालाई आह्वान गरेका छन् । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा आज (आइतबार) च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिशेषअपील गर्दै अध्यक्ष ओलीले समृद्धिका लागि एमालेको जित अनिवार्य रहेको तथ्य राखे । अध्यक्ष ओलीले ६७ बुँदामा आफ्नो धारणा राखेका छन् । अपीलको पूर्णपाठ नेकपा (एमाले) को आम मतदातामा अपील आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ! हार्दिक अभिवादन ! १. हामी सम्पूर्ण नेपालीहरू यही २०७९ साल वैशाख ३० गते शुक्रबारका दिन स्थानीय सरकार निर्माणका लागि जनप्रतिनिधिहरूको निर्वाचन सम्पन्न गर्न गइरहेका छौं । यो निर्वाचन स्थानीय तहको सरकार…

Read More

काठमाडौं – सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आज (आइतबार) बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो । ‘निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने’ मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ । बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लागेको खर्च पनि सरकारले…

Read More

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसले एमालेका नीति तथा कार्यक्रमलाई मजाक ठानेको आरोप लगाएका छन् । एमाले अध्यक्ष ओलीले आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसले नेपाल र नेपालीको हितविपरित लागेको बताउँदै एमालेको नीति तथा कार्यक्रमलाई मजाक ठानेको बताएका छन् । सम्बोधनका क्रममा ओलीले राणा, राजा र कांग्रेस मुलुकप्रति कुनै पनि बखत उत्तरदायी नभएको बताए । देशलाई संसारकै गरिब, अस्थिरता भएको मुलुक बनाउनका लागि रहेको बताएका छन् । ओलीले एमालेको नेतृत्वमा मुलुकले विकास र समृद्धिको गती लिइरहेको बेला कांग्रेसले त्यसलाई रोक्न षड्यन्त्र गरेको आरोप लगाएका हुन् । हालै जारी भएको कांग्रेसको…

Read More