Author: महेन्द्रनगर पोष्ट

दमौली – प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताएका छन् । नेपाली काँग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनलाई सफल बनाइने बताए । काँग्रेसको नेतृत्वमा रहेको गठबन्धन स्थानीय तह निर्वाचनका लागि मात्रै नभई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म कायम रहने प्रधानमन्त्री देउवाले दाबी गरे । गठबन्धनलाई असफल बनाउने षड्यन्त्र भइरहेको भन्दै प्रधानमन्त्री देउवाले त्यस्ता तत्त्वलाई चुनावको मैदानबाट परास्त गर्ने जिकिर गरे । गठबन्धन सफल बनाउने काँग्रेसको एउटै मात्र लक्ष्य भएको देउवाको भनाइ थियो । प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव हुन्छ भन्ने कुरा कमैले पत्याएको भन्दै देश चुनावमा…

Read More

काठमाडौं – चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली सेनाको हेलिकप्टर चढेर तनहुँको सदरमुकाम दमौली आएका छन् । शनिबार सत्तारुढ गठबन्धनले बुटवलमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर देउवा नेपाली कांग्रेसले आयोजना गरेको सभामा सहभागी हुन तनहुँ आएका हुन् । देउवासंगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महत पनि तनहुँ आएका छन् । हेलिकप्टरबाट झरेर उनी तनहुँ जिल्ला उपसभापति देवकुमार श्रेष्ठको निजी सवारी साधन चढेर कार्यक्रमस्थलमा पुगेका छन् ।

Read More

रुकुम(पूर्व) – रुकुम(पूर्व) मा यहीँ वैशाख २५ गतेबाट मादकपदार्थ सेवन र बिक्री वितरणमा रोक लगाइने भएको छ । स्थानीय तहको चुनावलाई लक्षित गरेर जिल्लाभरी नै २५ गतेदेखि मत परिणाम घोषणा नहुँदासम्म पूर्णरुपमा मादकपदार्थ सेवन एवं बिक्री वितरणमा रोक लगाउने निर्णय आज जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले गरेको हो । बैठकले मतदानका दिन सबै मतदानस्थलमा तोकिएको क्षेत्र भित्र मोबाइल प्रयोग नगर्न र साथमा लिइ नआउन अनुरोध गर्नाका साथै अत्यावश्यक वस्तु एवं सेवाको आपूर्ति व्यवस्था सहज बनाइराख्न पनि भनेकोे छ । स्वास्थ्य, खानेपानी, टेलिफोन, विद्युत्, अस्पतालबाट दिइने अत्यावश्यक सेवाहरु निरन्तररुपमा उपलब्ध हुने व्यवस्था मिलाउन र कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका…

Read More

काठमाडौं – नेपाल टेलिकमले स्थानीय निर्वाचनको अवसरमा विभिन्न अफरहरु उपलब्ध गराउने भएको छ । टेलिकमले बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर (Election Offer) उपलब्ध गराउने भएको हो । अफरहरु आगामी बैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २७१६ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । त्यस्तै नेपालमा थप २१ जना कोरोनामुक्त भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेको अवस्थामा देशभर २०५ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशभर ६९ हजार ६५६ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोही पनि संक्रमितले ज्यान नगुमाएको पनि मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडाैं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बाँडीचुडी खान नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलले गठबन्धन गरेको टिप्पणी गरेका छन् । वडामासमेत एमालेसँग एक्लै चुनाव लड्न नसकेर सत्तारुढ ५ दलले गठबन्धन गरेको ओलीले बताए । शनिवार इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सत्तारुढ दलको गठबन्धनलाई टालाटुली बटुली बनाएको पुतलीजस्तो भनी टिप्पणी गरेका छन् । बाँडेर खाने उद्देश्यले बनाएको गठबन्धनलाई मत दिन नहुने ओलीको भनाइ छ । उनले भने, ‘गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा निर्भर गर्छ । म इटहरी विकासको जिम्मा लिन्छु । तपाईँहरू याम सुब्बा र…

Read More

बुटवल – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी)ले सबैभन्दा बढी फाइदा बुटवलका बासिन्दालाई हुने बताएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले शनिवार बुटवलमा गरेको चुनावी सभामा प्रधानमन्त्री देउवाले एमसीसी परियोजना अन्तर्गत बुटवलदेखि दाङसम्मको सडक विस्तार हुने र विद्युत् प्रसारण लाइन बन्ने भएकाले त्यसबाट सबैभन्दा बढी फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुने बताएका हुन् । प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओली सरकारमा हुँदा अरू दल र जनतामाथि अत्याचार गरेका र प्रतिनिधि सभा दुई पटकसम्म विघटन गरेकाले अहिलेको गठबन्धन बनेको बताए ।

Read More

काठमाडौं – शनिबार कीर्तिपुरस्थित त्रिभुनव विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपालले जिम्बाबेविरुद्धको दोस्रो एकदिवसीय खेलमा शानदार जित हात पारेको छ । जिम्बाबेलाई ९ विकेटले पराजित गरेको हो । नेपालका लागि ओपनरद्वय आशिफ शेख र सुनिल धमलाले उत्कृष्ट खेल खेल्दै नेपाललाई जित दिलाएका हुन् । शेख ३४ रनमा अविजित रहे भने धमला ३८ रन बनाउँदै आउट भए । धमला आउट भएपछि मैदानमा आएका विनोद भण्डारीले ४ रन बनाए । ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा हात पारेको हो । जिम्बाबेका लागि ब्राडनले १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बाबेले ३१.५ ओभरमा ८७ रन बनाउँदा सबै विकेट बनायो ।…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले मधेशमा भ्रम छर्ने प्रयास गरिरहेको टिप्पणी गरेका छन् । शनिबार धनुषामा आयोजित चुनावी सभामा उनले मधेशी जनताको माग अनुसार विगतमा आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्दा एमालेकै कारण असफल भएको बताए । अहिले एमालेले सामन्ती र राजावादी तत्वसँग गठबन्धन गरेको भन्दै प्रचण्डले एमालेले समानुपातिक, समावेशी सिद्धान्त र संघीयता विरोधीसँग गठबन्धन बनाएको टिप्पणी गरे । धनुषामा एमालेले आफू पराजित हुने डरले हिन्दू मुस्लिमबीचको सामाजिक सद्भाव खल्बल्याउन लागेको पनि उनले आरोप लगाए ।

Read More

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार जगन्नाथ पौडेलले आफ्नो उम्मेदवारीप्रति सत्ता गठबन्धनका नेताहरूले स्तरहीन टिप्पणी गरेको भन्दै यसविरुदुध प्रश्न गरेका छन् । आफू मेयरमा उठ्दा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेताले देश बर्बाद हुने टिप्पणी गरेको भन्दै उनले आफूलाई ग्लानी भएको बताए । शनिबार भरतपुरमा समर्थकहरूलाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले भने, ‘‘प्रजातन्त्र आएको छ, कुनै व्यक्तिले चुनाव लड्छु भन्दैमा आकाश खस्छ ? कुनै व्यक्तिले चुनाव लड्छ जित्ला, कसैले हार्छ । यो त लाखौं मान्छेले सहभागिता जनाउने कार्यक्रम हो । प्रधानमन्त्री भएका व्यक्तिले यस्तो टिप्पणी गर्दा मलाई आत्मग्लानी भयो । ‘ उनले गठबन्धनसँग आफ्नो सम्बन्ध नभएको भन्दै उनले भने, ‘मेयर उठ्दा देशै बर्बाद…

Read More