काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले मधेशमा भ्रम छर्ने प्रयास गरिरहेको टिप्पणी गरेका छन् ।
शनिबार धनुषामा आयोजित चुनावी सभामा उनले मधेशी जनताको माग अनुसार विगतमा आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्दा एमालेकै कारण असफल भएको बताए ।
अहिले एमालेले सामन्ती र राजावादी तत्वसँग गठबन्धन गरेको भन्दै प्रचण्डले एमालेले समानुपातिक, समावेशी सिद्धान्त र संघीयता विरोधीसँग गठबन्धन बनाएको टिप्पणी गरे ।
धनुषामा एमालेले आफू पराजित हुने डरले हिन्दू मुस्लिमबीचको सामाजिक सद्भाव खल्बल्याउन लागेको पनि उनले आरोप लगाए ।
Facebook Comments Box