काठमाडौं – नेपाल टेलिकमले स्थानीय निर्वाचनको अवसरमा विभिन्न अफरहरु उपलब्ध गराउने भएको छ ।
टेलिकमले बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर (Election Offer) उपलब्ध गराउने भएको हो ।
अफरहरु आगामी बैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
Facebook Comments Box